Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्य मुद्दाको पनि सुनुवाइ : आन्दोलनरत न्यायाधीशहरूमा फुट
अन्य मुद्दाको पनि सुनुवाइ : आन्दोलनरत न्यायाधीशहरूमा फुट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ३०, २०७८
Hardik health
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कार्यपालिकासँग अपवित्र गठबन्धन गरेको विरोधमा सर्र्वोच्च अदालतका न्यायाधीशहरू र कानुन व्यवसायीहरू समेत आन्दोलनमा उत्रिएपछि न्याय सम्पादन प्रक्रिया अवरुद्ध छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चमा आन्दोलन सुरु भएपछि ८ कात्तिकदेखि नियमित मुद्दाको सुनुवाइ हुन सकेको छैन । २२औँ दिनसम्म पनि न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । त्यसयता प्रधानन्यायाधीश जबरा आफैँले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्र्दै आए पनि अन्य न्यायाधीशहरूले इजलास बहिष्कारको आन्दोलन जारी राखिरहेकामा सोमबार भने अन्य न्यायाधीशले पनि सुनुवाइ थालेका छन् । यसअघि २५ कात्तिकमा आन्दालनरत न्यायाधीशहरूबीच गोलाप्रथाद्वारा पेसी तोकिएमा इजलासमा बस्ने सहमति भएको थियो । तर, त्यसपछि पनि उनीहरू बेन्चमा बसेका थिएनन् । तर, सोमबार भने सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । न्यायाधीशद्वय तेजबहादुर केसी र डा.कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरेको छ । त्यस्तै, न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले पनि बन्दीको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरेको छ । प्रधानन्यायाधीश राणाको एकल इजलासमा भने सबै खालका मुद्दाको सुनुवाइ भएको छ । अरु न्यायाधीशको इजलासमा भने हेर्न नभ्याइने र बेन्च नबसेको जनाइको छ । प्रधानन्यायाधीश राणाले सोमबार लागि १० वटा इजलासमा पेसी तोकेका थिए । तीमध्ये आठ संयुक्त र दुई एकल इजलास रहेको थियो । आठमध्ये दुई संयुक्त र एउटा एकल इजलासमा सुनुवाइ भएको सर्वोच्चले जनाएको छ । सर्वोच्च ८ कात्तिकदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । २० दिनयता बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ हुन नसकेकोमा सोमबार प्रधानन्यायाधीश जबराले एकल इजलासमा अन्य प्रकृतिका मुद्दाको पनि सुनुवाइ गरेका हुन् । न्यायाधीशहरू विभाजित प्रधानन्यायाधीशको बहिर्गमन माग गर्दै इजलास बहिष्कार गरेर अघोषित हड्तालमा उत्रिएका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच विभाजन देखिएको छ । यसअघि जबराविरुद्धको आन्दोलनमा एक देखिएका उनीहरू सोमबार भने विभाजित भएका हुन् । उनीहरूले संयुक्त रूपमा बेन्च बहिष्कारदेखि प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टसम्म बहिष्कार गरे पनि सोमबार बारले बोलाएको छलफलमा १९ न्यायाधीशमध्ये पाँच न्यायाधीशले बहिष्कार गर्दै विद्रोह गरेका हुन् । संविधानबाहिरबाट प्रधानन्यायाधीश हटाउन खोज्ने र जनताको न्यायको हकविपरीत इजलास बहिष्कार गर्ने कुरामा सुरूदेखि नै असहमत रहेका उनीहरू सोमबारबाट सामूहिक छलफलमा सहभागी भएनन् । न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल सामूहिक छलफलमा सहभागी नभएका हुन् । प्रधानन्यायाधीश जबराको प्रेस विज्ञप्तिपछि उत्पन्न परिस्थितिबारे असन्तुष्ट न्यायाधीशहरूले बार एसोसियसनसँग अबको कदमबारे छलफल कार्यक्रम आयोजना गरेका थिए । तर, न्यायाधीशहरूले नै आह्वान गरेको उक्त छलफल पाँच न्यायाधीशले भने बहिष्कार गरेका हुन् । स्रोतका अनुसार नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरू सर्वोच्चका असन्तुष्ट न्यायाधीशलाई भेट्न सर्वोच्च अदालत पुगे । तर, ५ जना न्यायाधीश भने बारसँगको छलफलमा नबस्ने भन्दै बाहिरिएका थिए । बारसँग छलफलमा नबस्ने भन्दै निस्किएका उनीहरू त्यसपछि छुट्टै छलफलमा बसेका थिए । विद्रोह गरेका पाँच न्यायाधीशमध्ये एक न्यायाधीशका अनुसार फुलकोर्ट बसेर गोलाप्रथामा जाने सहमति कार्यान्वयनमा अन्य न्यायाधीशहरू उदासीन देखिएको र गोलामा भन्दा पनि गोल चक्करका अड्किएको कारण वैकल्पिक बाटो खोज्न केही न्यायाधीश ‘बाध्य’ बनेका छन् । सोमबार विद्रोह गरेका पाँच न्यायाधीशहरू अब मंगलबार पुनः छलफल गरेर अगाडि बढ्ने र आफ्नो पक्षमा बहुमत पु¥याएर सर्वोच्चको पूर्णबैठक डाक्ने र त्यसैबाट नियमावली संशोधन गरी गोलाप्रथाबाट पेसी तोक्ने कामको सुरुवात गराउने पक्षमा छन् । यदि आफूहरूको पक्षमा बहुमत नजुटेमा र तत्कालै निकास ननिस्किने अवस्था भएमा प्रधानन्यायाधीशसँगै इजलासमा नबस्ने तर मुद्दा हेर्ने तयारीमा छन् । प्रधानन्यायाधीश जबराले मार्गप्रसस्त गर्नुपर्ने कुरामा आफूहरूको सहमति भए पनि न्यायाधीशहरूले त्यस विषयभन्दा फरक गोलाप्रथाबाट पेसी तोक्ने कुरामा उदासिन भएकाले विद्रोह गर्नु परेको उनीहरूको तर्क छ । अन्य ६ जना न्यायाधीश पनि अन्तहीन रूपमा इजलास बहिष्कार गर्ने कुराको विपक्षमा रहेको बताएको छ । उनीहरू पनि अब सम्भवतः नियमित मुद्दाको सुनुवाइ गर्न इजलासमा फर्किने सर्वोच्च स्रोतले जनाएको छ । त्यो भएको अवस्थामा विद्रोही समूह अल्पमतमा पर्नेछ । १९ जना न्यायाधीश एकैठाउँमा रहेर भद्र आन्दोलन गरिरहँदा सोमबार एकाएक पाँचजना न्यायाधीशले विद्रोह गरेपछि बाँकी न्यायाधीशले पनि फेरि छलफल गरेका छन् । यद्यपि उक्त छलफलमा पनि कुनै निर्णय भने नभएको बताइएको छ । वार्ता नगर्ने बारको अडान प्रधानन्यायाधीश जबराले गरेका वार्ता आह्वानलाई बारले अस्वीकार गरेको छ । दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वोच्चका न्यायाधीशहरू आन्दोलनमा छन् । वार्ता र संवादबाट समाधान खोज्न सोमबार प्रधान्यायाधीश जबराले विज्ञप्तिमार्फत आह्वान गरेका थिए । तर, प्रधानन्यायाधीशको आह्वानलाई अस्वीकार गर्दै बारले जबरासँग वार्ता नगर्ने अडान लिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले राजीनामा दिएर नियुक्त हुने नयाँ प्रधानन्यायाधीशसँग मात्र वार्ता गर्ने बताएका छन् । ‘न्यायको गरिमा जोगाउन नसक्ने प्रधान्यायाधीशले राजीनामा दिनुपर्छ । बिचौलिया, विकृति विसंगतिको प्रवक्ता, पक्षपोषकको रूपमा उभिएका जबरासँग वार्ता हुँदैन,’ श्रेष्ठले भने, ‘जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौँ । नयाँ नेतृत्वसँग वार्ता हुन्छ ।’ यस्तै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले जबरासँग वार्ता नहुने बताएका छन् । ‘वक्तव्यबाट वार्ता आह्वान गरेको वक्तव्यको जवाफ वक्तव्यबाट दिन्छौँ,’ उनले भने, ‘जबराको नेतृत्व नमान्ने भनेपछि उहाँसँग वार्ता हुँदैन । न्यायको शुद्वीकरणका लागि नयाँ आउने नेतृत्वसँग वार्ता हुन्छ । यो नेतृत्वसँग हुँदैन ।’
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०३:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP