Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस १४औँ महाधिवेशन : नेतृत्व मात्र चयन
कांग्रेस १४औँ महाधिवेशन : नेतृत्व मात्र चयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २९, २०७८
Hardik health
काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेतृत्व मात्र चयन गर्ने भएको छ । आइतबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले नेतृत्व चयन र नीति निर्माणका लागि छुट्टाछुट्टै अधिवेशन गर्ने निर्णय गरेपछि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले नेतृत्व चयन मात्र गर्ने भएको हो । कांग्रेसले पार्टीको नीति तथा कार्यक्रम तय गर्न छुट्टै विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेसमा महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित भएको र विचारमा छलफल ओझेलमा परेको आरोप लाग्ने गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २४ देखि २६ गतेसम्म हुने महाधिवेशनले नेतृत्व चयन गर्ने र नयाँ कार्यसमितिले विधान अधिवेशन बोलाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस भएको छ । महाधिवेशनले नेतृत्व मात्रै चयन ग¥यो, नीति तथा कार्यक्रममाथि बहस नै भएन भनेर आलोचना हुन थालेपछि त्यसलाई मध्यनजर गरेर अब यो महाधिवेशनले नेतृत्व चयन गर्ने र महाधिवेशनबाट आउने नयाँ कार्यसमितिले विधान अधिवेशन तय गर्ने समझदारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भएको प्रवक्ता शर्माले बताए । यस महाधिवेशनले नेतृत्व मात्र चयन गर्ने भएपछि उद्घाटनअघि नै उम्मदेवारी दर्ता प्रक्रिया सुरु हुने भएको छ । १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया २१ मंसिरदेखि प्रारम्भ हुने भएको छ । पार्टीको महाधिवेशन उद्घाटन मंसिर २४ गते हुने भए पनि उम्मेदवारी दर्ता २१ गतेदेखि नै सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले समय कम भएकाले महाधिवेशन उद्घाटन हुनुअघि नै निर्वाचन प्रक्रियाका कार्यक्रम सुरु हुने जानकारी दिए । करिव ४५ सय महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ कार्यसमिति चयन गर्नेछन् । कांग्रेस विधानमा केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुने उल्लेख छ । १३४ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ३३ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सातै प्रदेशमा संयोजक कांग्रेसले महाधिवेशनअन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो । हाल पार्टीको प्रदेश समिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०२:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP