Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन खर्चप्रति चिन्ता व्यक्त
निर्वाचन खर्चप्रति चिन्ता व्यक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २८, २०७८
Makune
Hardik health
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय निर्वाचनको खर्च डरलाग्दो गरी बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबारबाट सुरु भएको एकीकृत समाजवादीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष नेपालले निर्वाचन खर्च डरलाग्दो गरी बढ्दा इमानदार एवं प्रतिबद्ध कार्यकर्ता बाहिरिने भन्दै चिन्ता व्यक्त गरेका हुन् । अध्यक्ष नेपालले बैठकमा राजनीतिक वक्तव्य पेस गर्दै अहिलेको निर्वाचन खर्च प्रणाली नसच्चाउने हो भने नेपालको राजनीति गलत मानिसको कब्जामा पुग्ने बताएका छन् । उनले भने, ‘यसलाई सच्याउन सकिएन भने राजनीति गलत मानिसको हातमा जाने सम्भावना छ ।’ उनले खर्चिलो निर्वाचन प्रणाली सुधार्न तथा कम खर्चमा हरेक तहका निर्वाचन सञ्चालन गर्ने प्रणाली विकसित गर्न कटिबद्ध रहेको पनि बताएका छन् । पार्टीले देशको निर्वाचन कानुनमा आवश्यक सुधार गरेर निर्वाचनलाई कम खर्चिलो, स्वस्थ र पारदर्शी बनाउन चाहेकाले कानुन सुधार्न नसकेको अवस्थामा पनि आफ्नो तर्फबाट नमुना प्रस्तुत गर्ने बताए । उनले एकीकृत समाजवादीका हरेक तहका उम्मेदवारले कमभन्दा कम खर्चमा निर्वाचन परिचालन गरेर नमुना प्रदर्शन गर्ने बताएका छन् । यो सन्देशलाई गाउँ गाउँमा पु¥याउनका लागि कार्यकर्ताहरूलाई आह्वान पनि गरे । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा ५ दलीय गठबन्धन अझ प्रभावशाली बन्दै गएको दाबीसमेत गरेका छन् । उनले आगामी निर्वाचनसम्म कायम राखेर अघि बढ्ने गठबन्धनमा संलग्न राजनीतिक दलहरू बीचमा आपसी समझदारी बनेको खुलासासमेत गरेका छन् । गठबन्धनमा ४ महत्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारीका साथ ५ जना मन्त्रीमण्डलमा सहभागी भएको भन्दै यसले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिकामा रहने बताए । वागमती प्रदेश र प्रदेश नं. १ मा मुख्यमन्त्रीको जिम्मेवारीका साथ प्रदेश सरकार सञ्चालनमा एकीकृत समाजवादीले नेतृत्व गरिरहेको भन्दै यसरी नै स्थानीय सरकार सञ्चालनमा पनि पार्टीको भूमिका महत्वपूर्ण र प्रभावकारी बन्दै गएको उनले बताएका छन् । एमालेको ओली नेतृत्व आफ्नै गलत नीति, विचार र प्रवृत्तिका कारण संघीय सरकार सञ्चालनमा रहेको नेतृत्वकारी भूमिका गुमाउन पुगेको भन्दै त्यसरी नै लुम्बिनी प्रदेश सरकार सञ्चालनमा मुख्यमन्त्रीसहित नेतृत्व गरिरहेकोमा त्यहाँबाट विस्थापित हुन पुगेको जनाएका छन् । गण्डकी, वागमती प्रदेश, प्रदेश नं. १ को सरकार सञ्चालनमा मुख्यमन्त्रीसहित प्रदेश सरकारको नेतृत्वदायी भूमिकाबाट क्रमशः गर्दै जानुको कारण एमालेको ओली नेतृत्व गुटको गलत नीति, विचार र प्रवृत्ति तथा स्वेच्छाचारी, सर्वसत्तावादी अहं र दम्भ नै मुख्य कारण बन्न पुगेको उनले वक्तव्यमा भनेका छन् । त्यस्तै, अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन टुट्ने हो कि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आसन्न राष्ट्रियसभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारूढ दलबीच सहमति भएको र त्यसले गठबन्धनलाई टुटाउने खोज्नेहरूको सपनालाई चकनाचुर पारेको दाबीसमेत गरे । उनले सत्तारूढ गठबन्धनको आयु लामो छैन भन्नेहरूलाई जवाफ दिनेगरी आफूहरूले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमति गरिसकेको पनि स्पष्ट पारेका छन् । पाँच दलीय राजनीतिक गठबन्धनले आउने चुनावलाई फोकसमा राखेर मिलेर नै उम्मेदवारी दिने र जिताउने अभियानमा जुट्ने सहमति गरेको अध्यक्ष नेपालले बताए । आगामी माघमा हुने राष्ट्रिय सभाको चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेको उपनिर्वाचनमा पनि मिलेर उम्मेदवारी तय गर्ने र मिलेर नै जिताउने सहमति भइसकेको उनले बताएका छन् । यो सहमतिले गठबन्धनको आयु लामो छैन र यिनीहरूबीचको एकतालाई तोड्न सकिन्छ कि भन्ने सोच र चाहना सबै चकनाचुर भएको उनले बताए । अध्यक्ष नेपालले दुइ निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्कसमेत गरेका छन् । कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सत्तारूढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिए । उनले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री एवं पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र प्रदेश १ का मुख्यमन्त्री एवं पार्टीका सचिव राजेन्द्र राईले आ–आफ्नो प्रदेश सरकारको योजनाबारे बिफ्रिङ गरेका थिए । शनिबारको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइएको छ । बैठकमा सम्मानित नेता झलनाथ खनालले वैचारिक राजनीतिक प्रतिवेदन पेस गरे । सो क्रममा नेता खनालले जनताको बहुदलीय जनवाद (जबज) अब पार्टीको मार्गदर्शन सिद्धान्त बन्न नसक्ने बताए । उनले नेकपा (एमाले)बाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने भएपछि आफूहरूले नयाँ पार्टी खोलेको तर्क गरे । आफूहरू फुटेको नभई व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेको दाबी गर्दै खनालले समाजवादी क्रान्तिको नेतृत्व एकीकृत समाजवादीले मात्रै गर्न सक्ने धारणा राखे । उनले एमालेका एक पंक्ति अझै पनि अन्योलमा रहेकाले आफ्नो पार्टीमा आउने सम्भावना देखेको बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ०३:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP