Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सर्वोच्च परिसरमा प्रहरी र वकिलहरुबीच घम्साघम्सी : प्रधानन्यायाधीशलाई सर्वोच्चमा रोक !
सर्वोच्च परिसरमा प्रहरी र वकिलहरुबीच घम्साघम्सी : प्रधानन्यायाधीशलाई सर्वोच्चमा रोक !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २६, २०७८
Bar-Association
Hardik health
काठमाडौं– मुलुकको न्याय निरूपण गर्ने सर्वोच्च निकाय सर्वोच्च अदालत बिहीबार एकाएक तनावग्रस्त बन्यो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले सर्वोच्च परिसरमा कोणसभा गर्न खोज्दा प्रहरीले रोकेपछि दुई पक्षबीच घम्साघम्सी परेको हो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसन आन्दोलनमा छ । केही कानुन व्यवसायीहरू जबराको पक्षमा पनि देखिएका छन् । यद्यपि, जबराविरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूकै संख्या केही ठूलो देखिन्छ । बिहीबार बारले सर्वोच्च परिसरमै कोणसभा गर्ने कार्यक्रम तय गरेको थिया । तर, प्रहरीले निषेधित क्षेत्रमा कोणसभा गर्न नमिल्ने बताएपछि दुई पक्षबीच झडपको स्थिति बनेको हो । प्रहरीले हस्तक्षेप गरेर लाठीचार्ज गर्दा केही कानुन व्यवसायी सामान्य घाइते पनि भएका छन् । त्यसको विरोधमा कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराविरुद्ध चर्को नाराबाजी गरे । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गरेर घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत कानुन व्यवसायीले दुई हप्तायता सर्वोच्च अदालत परिसरको एक छेउमा धर्ना दिइरहेका थिए । बारको कार्यालयबाट क्यान्टिन छेउको ढोका प्रयोग गरेर सर्वोच्च अदालत परिसरमा प्रवेश गरी कानुन व्यवसायीले एक घन्टा धर्ना दिन्थे र, त्यसपछि बारकै प्रांगणमा फर्किएर प्रदर्शन र कोणसभा गर्ने गर्थे । पछिल्ला दिनहरूमा सर्वोच्च अदालत परिसरमा प्रदर्शन हुन थालेपछि सुरक्षाकर्मीको संख्यासमेत बढाइएको थियो । बिहीबार सर्वोच्च परिसरमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो । कानुन व्यवसायीहरूले सुरक्षाकर्मी बढाएकामा विरोध जनाउँदै बार परिसरबाट सशस्त्र प्रहरी हटाउन माग गरेका थिए । बिहीबार बिहान पनि कानुन व्यवसायीले सर्वोच्च परिसरमा धर्ना दिए । धर्ना सकिएपछि त्यहीँ कोणसभाको तयारी भयो । सर्वोच्च परिसरभित्र क्यान्टिन नजिक माइक अड्याउने पोडियम मिलाएर राखियो । माइक मिलाउन थालेपछि भने त्यहाँ खटिएका प्रहरी अधिकारीले माइक र पोडियम हटाउन आग्रह गरे । कानुन व्यवसायीले पोडियम हटाउन इन्कार गरेपछि कानुन व्यवसायी र प्रहरीबीच करिब १० मिनेट यही विषयमा गलफत्ती चलेको थियो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेलले छेउमा कोणसभा गर्ने भन्दै सहयोग गर्न प्रहरीलाई आग्रह गरिरहेका थिए । केही कानुन व्यावसायीहरू शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको नाराबाजीमा उत्रिएका थिए । त्यसपछि भने प्रहरीले कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप गर्दै पोडियम र माइक हटाउन तम्सिएको थियो । त्यसपछि दुई पक्षबीच केहीबेर ठेलाठेला भएको थियो । केही समयपछि प्रहरीले लाठीचार्ज गर्दै काुनन व्यवसायीलाई तितरवितर पारेको थियो । प्रहरील लाठीचार्ज गर्ने क्रममा ६ जना कानुन व्यवसायी घाइते भएको र केहीलाई लछारपछार गरिएको बार महासचिव पौडेलले बताएका छन् । सर्वोच्च परिसरको बीचमा कानुन व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध चर्को नाराबाजी गरे । प्रधानन्यायाधीश जबरालाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाए । सर्वोच्च अदालतको मूल भवनबाट एनेक्स भवनतर्फ ओहोरदोहोर गर्ने क्रममा केही न्यायाधीशले आन्दोलनको दृश्य हेरेका थिए । यसअघि सर्वोच्च बार परिसरमा प्रधानन्यायाधीश जबराका समर्थक र विरोधकर्ता कानुन व्यवसायीहरूबीच कुटाकुट भएको थियो । १२ कात्तिकमा प्रधानन्यायाधीश जबराका समर्थक कानुन व्यावसायी भूमिनन्द चुँडाल र विरोधी विराट न्यौपानेबीच कुटाकुट भएको थियो । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक कानुन व्यवसायीहरूले शुक्रबारदेखि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने बताएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनको टोलीले बिहीबार सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराएका हुन् । नेपाल बारका अध्यक्ष श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार आफूहरूमाथि धरपकड गरेको विरोधमा शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्चको मूल गेटमा रोक्ने जानकारी गराएका सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीले जानकारी दिएका छन् । त्यस्तै, कानुन व्यवसायीहरूले शुक्रबारदेखि सर्वोच्च अदालतका सम्पूर्ण इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एसोसिएसनले यस्तो घोषणा गरेको हो । बिहीबार पनि सुनुवाइ प्रभावित सर्वोच्च अदालतमा बिहीबार पनि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश जबराको एकल इजलासले भने ६ वटा निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरेर कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ । प्रधानन्यायाधीश जबराले आफूबाहेक १० वटा इजलास तोकेका थिए । त्यसमा बन्दी प्रत्यक्षीकरणको रिट पेशी तोकिएको इजलासले मात्र मुद्दाको सुनुवाइ गरेको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र डा. कुमार चुडालको इजलासले एउटा सवारी ज्यानको मुद्दामा पनि आदेश गर्‍यो । सर्वोच्च अदालत स्रोतका अनुसार बन्दीप्रत्यक्षीकरणको निवेदन भन्दा अगाडि सवारी ज्यानको मुद्दाको पेशी राखिएकाले सो इजलासले अर्को प्रकृतिको मुद्दा पनि हेरेको हो । त्यो इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदनपछिका मुद्दाको भने सुनुवाइ गरेन ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP