Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सही तथ्यांकले सरकारी योजना बनाउन सजिलो हुन्छ : मुख्यमन्त्री राउत
सही तथ्यांकले सरकारी योजना बनाउन सजिलो हुन्छ : मुख्यमन्त्री राउत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २६, २०७८
Lalbabu-Raut
Hardik health
जनकपुरधाम– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले १२औँ राष्ट्रिय जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्न सबै प्रदेशवासीमा अनुरोध गरेका छन् । उनले आफूले टिपाएको सही तथ्यांकले आफ्नै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने हुनाले सही विवरण टिपाउन आग्रह गरेका हुन् । मुख्यमन्त्री राउतले सन्देश जारी गर्दै जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरूलाई सही विवरण टिपाउन आग्रह गरे । तथ्यांक संकलन गर्न घरमा आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि उनले आग्रह गरेका छन् । ‘गणकहरूले सोधेको सबै प्रश्नहरू धैर्यतापूर्वक सुनेर सही जवाफ दिन प्रदेश सरकार सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछ ।’ सन्देशमा भनिएको छ । यस्तै यसपटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचाको अवस्था, सरकारी अनुदान प्राप्त गरे÷नगरेको, वडा तहसम्म सामुदायिक भवनहरूको अवस्था के कस्तो छ ? जस्ता मसिना तर नागरिकका लागि अति नै महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएकोले धैर्यपूर्वक जवाफ दिन सन्देशमार्फत मुख्यमन्त्रीले आग्रह गरेका छन् । उनले प्रदेशवासीले टिपाएको सही तथ्यांकले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने भन्दै सबैसँग सही तथ्यांक लेखाउन सन्देशमार्फत आग्रह गरेका छन् । केन्द्रीय तथ्यांक विभागले यस जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण’ प्रदेशवासी दाजुभाइ दिदीबहिनीले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्नु हुन प्रदेश सरकार पुनःसम्पूर्ण प्रदेशवासीलाई हार्दिक अनुरोध गर्दछ, उनले सन्देशमा उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘जनगणना तथ्यांक संकलनको पहिलो चरणअन्तर्गत भदौदेखि असोज १८ सम्म तपाई हाम्रो घरदैलोमा आई घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न गरेको हामी सबैलाई जानकारी नै छ । यसैगरी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणक पारिवारिक र व्यक्तिगत विवरण लिन घर–घरमा आउँदै हुनुहुन्छ । जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिउँ ।’ उनले सन्देशमा तपाईले टिपाएका तथ्यांक गोप्य रहन्छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भंग गर्ने जोकोहीलाई कानुनबमोजिम कारबाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनीयता नरहने हो कि भनेर कसैले द्विविधा लिनुपर्दैन भनेका छन् । राज्यको पुनर्संरचनापछि अर्थात देशले संघीय शासन प्रणाली अंगालेपछिको यो पहिलो जनगणना हो । त्यस कारण पनि यसपटकको जनगणनाको खास महत्व छ । अझ प्रदेश भनेको संघीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । विसं ०७२ मा संविधान जारी भएसँगै प्रदेशको स्थापना भए पनि हाम्रो आफ्नै तथ्यांक थिएन । ०६८ सालमा राज्यको पुरानो संरचना अन्तर्गत गरिएको जनगणनाका तथ्यांकलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छांैँ । तर यसपाली जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक मोडलमा आधारित जनसंख्या तथ्यांक उपलब्ध गराउनेछ जुनखुशीको कुरा हो,’ उनले सन्देशमा उल्लेख गरेका छन् । हाम्रो प्रदेशको जनसंख्या कति छ ? कुनकुन जात जातिका मानिको बसोबास छ ? कुनधर्म र संस्कृतिका मानिस कति छन् ? कुन भाषा बोल्ने मानिसको बाहुल्यता छ ? सामाजिक वहिष्करणमा परेका समूह दलित, जनजाति, अल्पसंख्यक, लोपोन्मुख, महिला, अपांगता भएका व्यक्ति आदिको जनसंख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लङ्ग पार्दछ । जनगणनाबाट आउने यही तथ्यांकलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक समुदाय, महिला वा अपांगता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ, सन्देशमा उनले भनेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP