Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ठूला दलहरुको एकसाथ महाधिवेशन : बजारमा चन्दा आतंक
ठूला दलहरुको एकसाथ महाधिवेशन : बजारमा चन्दा आतंक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २५, २०७८
chanda-aatanka (1)
Hardik health
काठमाडौं– नेपालका सबै राजनीतिक दलहरूले आफ्ना गतिविधि सञ्चालन गर्नका लागि उद्योगी, व्यापारी, कर्मचारी, शुभेच्छुक तथा अन्य सहयोगीहरूबाट चन्दा संकलन गर्ने गर्दछन् । विशेष गरेर पार्टीका महाधिवेशन र निर्वाचनका बेला राजनीतिक दलहरूको चन्दा आतंकले उनीहरू हैरान नै हुने गरेको कतिपय भक्तभोगीहरूले बताउँदै आएका छन् । त्यसो त चन्दा दिएबापत चन्दादाताले पनि राजनीतिक दलका नेताहरूलाई प्रभावमा पारेर अनुचित लाभ लिने गरेको आरोप पनि लाग्ने गरेको छ । अहिले मुलुकका अधिकांश प्रमुख राजनीतिक दलहरू महाधिवेशनका तयारीमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरू महाधिवेशनको तयारीमा छन् । एमाले, कांग्रेस र राप्रपाको महाधिवेशन मंसिरभित्रै सम्पन्न हुँदै छ । माओवादी केन्द्रले पुसमा महाधिवेशनको मिति तय गरेको छ । दलहरूको महाधिवेशन सम्पन्न भएलगत्तै स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पनि हुनेवाला छ । आगामी चैतभित्रै स्थानीय तहको र एकवर्ष अगावै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएकाले विषेश गरेर उद्योगी तथा व्यापारीहरू चन्दा दिनुपर्ने भएकाले आतंकित छन् । एकातिर कोरोना भाइरसको महामारीका कारण व्यापार व्यवसाय ठप्प हुनाका साथै आर्थिक गतिविधि प्रभावित भइरहेको बेला दलहरूलाई चन्दा दिनुपर्ने भएकाले अहिलेदेखि नै तनाव सुरु भएको व्यापारीहरूको गुनासो छ । ठूला मात्र होइन, साना राजनीतिक दलहरू, विभिन संघसंसस्थाहरूले पनि विभिन्न बाहनामा चन्दा मागेर हैरान बनाएको व्यापारीहरूको गुनासो छ । कतिपय दल तथा तिनका नेताहरूले त चन्दा संकलन गर्नैका लागि मात्र भए पनि निर्वाचनमा भाग लिने गरेको उनीहरूको ठम्याइ छ । एक व्यापारीले भने, ‘कुनै राजनीतिक कार्यक्रम, कार्यदिशा छैन, खाली चन्दा संकलनको अवसरका रूपमा प्रयोग गर्न मात्र केही दल र नेताले निर्वाचनलाई उपयोग गर्ने गरेका छन् ।’ ती व्यापारीका अनुसार तत्कालीन नेकपाभित्रको आन्तरिक विवादका कारण उत्पन्न राजनीतिक अन्योलका बेला पनि दलहरूले चन्दा मागेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहिलोपटक ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि उनको विरोध र समर्थनमा देशव्यापी रूपमा दलहरूले कार्यक्रम गरेका थिए । त्यसबखत दलहरूले ठूलो मात्रामा चन्दा रकम संकलन गरेको स्रोतको भनाइ छ । राजनीतिक दलहरूले महाधिवेशन र निर्वाचनको बाहनामा फेरि चन्दा आतंक सुरु गर्न लागेको उनले बताए । एमालेले चन्दा संकलन नगर्ने नेकपा एमालेले १०औँ महाधिवेशन आयोजना गर्न चन्दा संकलन नगर्ने भएको छ । १० देखि १३ मंसिरसम्म चितवनमा हुने महाधिवशेनमा लाग्ने खर्च उठाउन प्रत्येक पार्टी सदस्यबाट अनिर्वायरूपमा एक सय रूपैयाँ उठाउने भएको हो । एमालेको करिब ८ लाख संगठित सदस्यबाट उठ्ने कुल रकम झण्डै रु. ८ करोड हुनेछ । एमालेले महाधिवेशन संचालन गर्न लाग्ने खर्च उठाउन चन्दा नलिने घोषणा गरेको हो । बुधबार बसेको महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकले चल्ती खाता खोल्ने र त्यसमा सबै पार्टी सदस्यले जम्मा गनुपर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । एमालेले महाधिवेशन प्रतिनिधिबाट पनि रकम उठाउने छ । केन्द्रीय कमिटी सदस्य र केन्द्रीय निकायबाट स्वतः महाधिवेशन प्रतिनिधि बन्नेबाट प्रतिव्यक्ति तीन हजार उठाउने छ । एमालेको १०औँ महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि हुनेछ । जसमध्ये २ सय ६२ जना स्वतः प्रतिनिधि हुनेछन् । उनीहरूबाट रु. ७ लाख ८६ हजार उठ्नेछ । त्यस्तै अन्य निर्वाचित भएर आउने १ हजार ७ सय ३७ महाधिवेशन प्रतिनिधिले प्रतिव्यक्ति दुई हजार शुल्क तिनुपर्ने छ । जसबाट रु. ३४ लाख ७४ हजार उठ्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए । राजनीतिक दलले महाधिवेशन सम्पन्न गर्न चन्दा संकलन नगरेको यो संभवत पहिलो घटना भएको भट्टराईको दाबी छ । अन्य धेरै राजनीतिक दलको पनि महाधिवेशनको कार्यक्रम भएको, निर्वाचन पनि नजिकै भएकाले चन्दा उठाएर उद्योगी व्यापारीलाई आर्थिक भार नथोपर्नका लागि यो निर्णय गरिएको उनले बताए । मूल कार्यक्रम गर्न चन्दा नलिने निर्णय गरिए पनि जिल्लाबाट महाधिवेशनमा आउनका लागि चाहिने व्यवस्थापकीय कार्यका लागि स्थानीय स्तरमा केही सहयोग लिन सकिने एमालेले जनाएको छ । तर, स्थानीय स्तरमा त्यसरी सहयोग लिनुपूर्व पार्टीको केन्द्रीय कमिटीको अनिवार्य रूपमा सहमति लिनुपर्ने प्रावधान बनाइएको छ । एमालेले १०औँ महाधिवशेनमा दक्षिण एसियाका सबै सत्तारुढ र प्रमुख विपक्षी पार्टीलाई आमन्त्रण गर्ने भएको छ । प्रचार विभाग प्रमुख भट्टराईले विश्वका सबै भाइचारा संगठनहरूलाई महाधिवेशनका लागि निम्तो पठाएको जानकारी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०३:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP