Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन : अधिकारी
एमालेले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन : अधिकारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २५, २०७८
All
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको टिप्पणी गरेका छन् । बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रूपमा आउने पनि स्पष्ट पारे । उनले आफ्नो पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा ध्यान खिचेको पनि स्मरण गराए । उनले समाजवादको पूर्वाधार बनाउनको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई मूल कार्यभार बनाएर अघि बढ्ने पनि विश्वास दिलाए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकत्ता महशुस गरे नै उच्चस्तरीय समन्वय समिति गठन गरिएको स्पष्ट पारेकी छिन् । उनले गठबन्धन सरकारभित्र फेरि कुनै विग्रह नहोस भनेर नै सबै कुरा सहमति र समझदारीअनुसार गर्नको लागि नै समन्वय समिति गठन गरिएको स्पष्ट पारिन् । मन्त्री रेग्मीले न्यायालयलाई एकदम स्वतन्त्र र स्वच्छ रूपमा लैजानुपर्ने पनि बताईन् । उनले न्यायालयलाई विवादमा तान्न नहुने जिकिर गरिन् । उनले वर्तमान सरकारले प्रभावकारी रूपमा काम गरिरहेको सुनाईन् । उनले वर्तमान सरकारले खोपलाई प्राथमिकता दिएको र प्रधानमन्त्री देउवाले पनि प्रधानमन्त्री हुनेबित्तिकै आफ्नो प्राथमिकता ‘खोप, खोप र खोप’ भनेको स्मरण गराईन् । उनले पार्टीको आगामी महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवा पूनः उठ्ने र जित्नेमा आफू विश्वस्त रहेको पनि बताईन् । उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बन्यो भने राम्रो हुने पनि प्रतिक्रिया दिईन् । मन्त्री रेग्मीले एमसीसी प्रधानमन्त्री देउवाले पारित गरेर मात्रै नहुने भन्दै गठबन्धन र प्रतिपक्षी दल सबैको सरसल्लाह र सहमतिले पास हुने कुरा भएको बताईन् । उनले गणेशमान सिंहको १०७औं जन्मजयन्ती भएको उल्लेख गर्दै सिंहले देखाएको बाटोमा हिँडन सकेको भए मुलुकमा अहिलेको जस्तो बेथिति आउने थिएन भन्ने धारणा राखिन् । त्यस्तै, सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले अहिले अदालतभित्र देखिएको विवाद अदालत आँफैले समाधान गरोस भन्ने धारणा राखेका छन् । गुरुङ ले अहिले मुलुक संक्रमणकालिन अवस्थामा रहेको सुनाए । उनले न्यायालयभित्रको समस्या समाधान गर्ने विषय अहिले दलहरूको एजेण्डा नबनेको पनि दाबी गरे । उनले समन्वय समिति बनाईएको विषय सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिए । त्यस्तै, नेता गुरुङले एमसीसी सम्झौताको अन्तरवस्तु राष्ट्रिय हितविपरित भएको भन्दै ती प्रावधान संशोधन नगरिकन संसद्बाट अनुमोदन गर्न नहुने स्पष्ट पारेका छन् । उनले एमसीसी आर्थिक अनुदान हो भने सरकारले एग्रिमेन्ट गरेर कार्यान्वयन गर्ने विषय हुने र यो सदनमा अनुमोदन गर्न जरुरी नभएको बताए । उनले एमसीसी सम्झौता आवरणमा आर्थिक आयोजना भनिएपनि कन्टेन्टमा सैन्य सम्झौताजस्तो देखिएको टिप्पणी गरे ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०३:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP