Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ: गृहमन्त्री खाँण
पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ: गृहमन्त्री खाँण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २५, २०७८
BKC_Butwal-HomeMinesterBhwsammanProgrammeKartik24-1jpg
Hardik health
बुटवल– नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने बताएका छन् । नेपाल महिला संघ रूपन्देहीले भैरहवामा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले गठबन्धनको सरकार बचाउँदै आउने निर्वाचन सफल बनाउनका लागि प्रधानमन्त्री देउवा नै पार्टी सभापतिमा निर्वाचित हुनुपर्ने बताए नेपाली कांग्रेसलाई सक्षम र जिम्मेवार पार्टीको रूपमा अगाडि लैजान र पहिलो पार्टी बनाउन सत्ता गठबन्धन बचाँउदै अगाडि बढ्नु पर्ने खाँणको भनाई थियो । लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउन खाँणले कार्यकर्तालाई आग्रह गरे । त्यस्तै नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिले भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा गृहमन्त्री खाँणले वर्तमान सरकारले सबैलाई साथमा लिएर देश बनाउने दृढ विश्वासका साथ अगाडि बढेको बताए । उनले मुलुकका उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उद्योगी व्यवसायीको पूर्ण सुरक्षाको व्यवस्था गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशनसमेत दिए । गृहमन्त्री खाँणले प्रहरी, प्रशासनले जनतालाई शान्ति सुरक्षालगायत नागरिकको दैनिकी सहज बनाउन साथ दियो कि दिएन यसको आमनागरिकले पनि समुचित मूल्यांकन गर्नुपर्ने बताए । गृहमन्त्री खाँणले कोभिड महामारीबाट अहिले केही सहजताजस्तो भए पनि पूर्ण जोखिम अन्त्य नभएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्णरूपले पालना गर्न अनुरोध गरे । उनले वर्तमान सरकारले सबैले समानरूपले राज्यको सेवा सुविधा पाउनुपर्ने मान्यता राखेरै वर्तमान सरकार बनेपछि प्रहरीको रासनमा सबै तहका प्रहरी सदस्यलाई समानरूपले लागू हुने गरी १५ प्रतिशत वृद्धि गरिएको जानकारी दिए । मन्त्री खाँणले कांग्रेसका नेता कार्यकर्ता जनताको सेवक भएकाले जनताको सेवामा पूर्णरूपले लाग्न अनुरोध गरे । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा भए पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो । कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी जिल्ला सभापति अब्दुुल रज्जाकले मुलुकमा हरेक संकटको समाधानमा कांग्रेस अगाडि आएको बताए । सो अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष दिलीपकुमार कान्दु, सदस्य सञ्जय वेरिवाल, पूर्ववडाअध्यक्ष भरतसिंह विजुक्छे, रूपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्तासहित विभिन्न पार्टी परित्याग नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांगे्रस सिद्धार्थनगरका सभापति कोसिसबहादुर खड्काले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP