Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी केन्द्रको निर्णय : यथास्थितिमा एमसिसी पास हुँदैन
माओवादी केन्द्रको निर्णय : यथास्थितिमा एमसिसी पास हुँदैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २४, २०७८
Hardik health
काठमाडौं– बेलायत भ्रमणबाट स्वदेश फर्कने क्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोसन (एमसिसी) पास गर्छौँ भनेर अमेरिकालाई पत्र पठाएको खुलासा गरेका थिए । उनले एमसिसी पारित गर्ने भनेर अर्को सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग हस्ताक्षर गरेर पत्र पठाएको भनेपछि नेपाली राजनीतिमा अर्को तरंग पैदा भएको थियो । प्रधानमन्त्री देउवाको उक्त अभिव्यक्तिपछि दाहालको पार्टीभित्रै पनि चर्को आलोचना भएको थियो । त्यसलगत्तै दाहालले आफूले त्यस्तो पत्र नपठाएको प्रष्टीकरण दिएका थिए । एमसिसीका सम्बन्धमा माओवादी केन्द्रले दोहोरो नीति अख्तियार गरेको भन्दै आलोचना भइरहेका बेला उसले यथास्थितिमा एमसिसी सम्झैता संसदबाट पास नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरूले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री देउवा र दाहालले एमसिसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए । एमसिसीबारे उठेका प्रश्नहरूलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले अर्को पत्र पठाएका थिए । लामो समयसम्म गोप्य रहेको उक्त विषय हालै मात्र प्रधानमन्त्री देउवाले खुलासा गरेका थिए । उनले एमसिसी पास गर्छौँ भनेर आफू र दाहालले पत्र पठाएको बताएपछि यो विषय सार्वजनिक भएको थियो । यसलाई लिएर माओवादी केन्द्रका नेताहरूले मंगलबारको बैठकमा प्रश्न उठाएका हुन् । नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेललगायतले पत्र पठाउनु गम्भीर त्रुटि भएको बताएका थिए । उनीहरूले बैठकमा अध्यक्ष दाहालको चर्को आलोचना गरेका थिए । लगत्तै अध्यक्ष दाहालले स्पष्टीकरण दिएका छन् । बाहिर चर्चा भएजस्तो एमसिसी पास गर्छौँ भनेर पत्र नलेखेको दाबी उनले दोहोर्‍याए । ‘अध्यक्षले यथास्थितिमा पास गर्ने केही लेखिएको छैन भन्नुभएको छ,’ एक स्थायी समिति सदस्यले भने, ‘राष्ट्रिय सहमति चाहिन्छ, त्यसका लागि समय चाहिन्छ भनेका छौँ भन्नुभयो ।’ सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक प्रयास भइरहेकाले पनि सम्झौतामा संशोधन भए सहयोग लिन्छौँ भनेर पत्र लेख्नु परेको अध्यक्ष दाहालले बाध्यता सुनाएका थिए । एक नेताअनुसार बैठकमा पार्टी अध्यक्ष दाहालले नै राष्ट्रिय संवेदशनीलतासँग जोडिएकाले एमसिसी सम्झौता यथास्थितिमा संसदबाट पास नगर्ने निर्णय गर्ने प्रस्ताव राखेका थिए, जसलाई स्थायी समितिले अनुमोदन गरेको छ । बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि राष्ट्रिय सहमति र सम्झौतामा संशोधन तथा परिमार्जन नभई एमसिसी अगाडि नबढ्ने बताएका छन् । ‘हाम्रो पार्टीमा केही कुरा राष्ट्रिय सहमति कायम नभई र केही संशोधन, परिमार्जन नभई अगाडि नबढाउने भन्ने भएको छ,’ उनले भने, ‘एमसिसीको कतिपय कुराहरू आपत्तिजनक छन् । त्यसमा परिमार्जन नभई अगाडि बढ्दैन ।’ पत्रले माओवादीमा खैलाबैला प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले दुई पार्टीका तर्फबाट एमसिसीलाई पठाएको पत्र अहिलेसम्म गोप्य राखिएको छ । प्रधानमन्त्री देउवाले बेलायत भ्रमणबाट फर्कँदा गएको बिहीबार यो पत्रबारे खुलासा गरेका हुन् । तर, दुई नेताले एमसिसीलाई सुटुक्क लेखेको पत्र अहिलेसम्म सार्वजनिक गरिएको छैन । पत्रमा के छ भन्ने विषयमा देउवा र दाहालका विरोधाभाषपूर्ण भनाइले झन् अन्योल बढेको थियो । मंगलबारको बैठकमा नेताहरूले अध्यक्ष दाहाललाई पत्रबारे जिज्ञासा राखेका थिए । यसअघि देउवा र दाहालको भनाइप्रति अनभिज्ञता प्रकट गर्दै माओवादी केन्द्रका नेताहरूले यसबारे केही थाहा नभएको प्रतिक्रिया दिएका थिए । दुवै नेताहरूले उक्त पत्र दुई पार्टीको तर्फबाट लेखिएको प्रष्टीकरण दिएपछि माओवादी बैठकमा पार्टीका तर्फबाट लेखिने पत्रहरूका बारेमा सबैलाई थाहा हुनुपर्ने माग गरेका थिए । सत्ता गठबन्धनमा सहभागी दलहरूमध्ये कांग्रेस एमसिसी यथास्थितिमै पारित गर्नुपर्ने पक्षमा छ । माओवादी पार्टीले भने यथास्थितिमा एमसिसी पारित गर्न नहुने अडान राख्दै आएको छ । यस्तो अवस्थामा माओवादी अध्यक्ष दाहालले पार्टीभित्र कुनै छलफल नै नगरी देउवासँग मिलेर गोप्य रूपमा एमसिसीलाई पत्र लेखेको भन्दै माओवादी पार्टीभित्र असन्तुष्टि चुलिएको हो । अन्य नेताहरूको दबाबपछि अध्यक्ष दाहालले यथास्थितिमा एमसिसी सम्झौता पारित गर्न नसकिने बैठकबाट निर्णय गराएका हुन् । यो विवादले माओवादी केन्द्रमा खैलाबेला मच्चिएको थियो । राष्ट्रिय सम्मेलन काठमाडौंमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको ११ देखि १३ पुससम्म हुने तय भएको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ भने प्रदेश पदाधिकारीहरूको सम्बन्धमा अध्यक्ष दाहालको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरी टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिएका छन् । बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट अध्यक्ष दाहाल र नेता श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुई÷दुई जनाले प्रतिनिधित्व गर्ने सहमति भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP