Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गठबन्धनको बैठक : प्रधानन्यायाधीशबारे मौन
सत्ता गठबन्धनको बैठक : प्रधानन्यायाधीशबारे मौन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २३, २०७८
5 Party meeting
Hardik health
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकार विस्तारमा भाग खोजेको भन्दै विभाजित भएको न्यायपालिकामा अझै नियमित काम सुरु हुन सकेको छैन । सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले आन्दोलन गरिरहेको छ । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटबाहेक अन्य मुद्दाको सुनुवाइ प्रभावित भएको दुई हप्ताभन्दा लामो समय भइसकेको छ । सर्वोच्चको समस्याका विषयमा सत्तारुढ दलका नेताहरूले केही आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेका छैनन् । तिहारअघि सत्तागठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा गएकाले छलफल गर्न नपाएको नेताहरूले बताउने गरेका थिए । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङलगायतले प्रधानमन्त्री देउवा स्वदेश फर्केपछि गठबन्धनले अदालतको विषयमा धारणा सार्वजनिक गर्ने भनेका थिए । तर, देउवा स्वदेश फर्केको एक हप्तासम्म गठबन्धन मौन बसेको छ । सोमबार सत्तारुढ दल गठबन्धनभित्रका पाँच दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । उक्त बैठकले अदालतको विषयमा सत्तारुढ दलहरूको धारणा सार्वजनिक हुने धेरैले अपेक्षा गरेका थिए । तर, सोमबारको बैठकमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरूबीच प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनको विषयले प्रवेश नै नपाएको नेताहरूले बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् भने नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ । दलहरूको मौनताबारे प्रश्न उठेपछि सत्तारुढ दलका नेताहरूले गठबन्धनको आगामी बैठकमा छलफल गर्ने बताएका थिए । तर, सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलको बैठकमा यो विषयले प्रवेश नै नपाएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । सोमबारको बैठकमा अन्य विषयको छलफल गरिएकाले यसबारेमा विषय प्रवेश नभएको उनको भनाइ छ । न्यायाधीशहरू र बारले प्रधानन्यायाधीश जबराले आफैँले राजीनामा दिनुपर्ने माग गरिरहेको छ । यदी प्रधानन्याधीश जबराले राजीनामा नदिएमा संसदमा महाअभियोग लगाउनुपर्ने धारणा राख्दै आएको छ । उनलाई महाअभियोग लगाउनका लागि मूलतः सत्तारुढ दल तयार हुनुपर्छ । एमालेले जबराविरुद्ध संसदमा महाअभियोग दर्ता नगर्ने प्रष्ट पारिसकेको छ । एमाले अध्यक्ष ओलीले संसद विघटनको निर्णय उल्ट्याउने र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने संवैधानिक इजलासमा बसेको सबै न्यायाधीशले राजीनामा दिनुपर्ने वा उनीहरू सबैलाई महाअभियोग लगाउनुपर्ने धारणा राखेका छन् । उनको धारणाले घुमाउरो पारामा प्रधानन्यायाधीश जबराको बचाउ गरिरहेको छ । प्रधानन्यायाधीश जबरा आफैँले राजीनामा नदिएको अवस्थामा उनको बहिर्गमनका लागि संवैधानिक बाटो भनेको महाअभियोग नै हो । उनी आफैले पनि आङ्खनो नियुक्ति संविधानसम्मत भएको भन्दै संवैधानिक बाटोबाट मात्र बाहिरने प्रष्ट पारिसकेका छन् । उनको मतलव उनी राजीनामा दिन सकारात्मक छैनन् बरु महाअभियोग सामना गर्ने मनस्थितिमा रहेका छन् । अझ एमालेले महाअभियोग दर्ता नगराउने भएपछि महाअभियोग दर्ता गर्ने सत्तारुढ दलहरूले नै हो । उनीहरूको मतले मात्र महाअभियोग पारित हुँदैन । महाअभियोग पारित गर्न संसद्मा दुई तिहाइ मत आवश्यक हुन्छ । जुन एमालेले साथ नदिँदासम्म संभव छैन । एमालेले साथ नदिने बुझेका जबरा अझ जब्बर बनेका छन् । एमालेले जबराविरुद्ध महाभियोग आए अन्य चार न्यायाधीशविरुद्ध काउन्टर प्रस्ताव दर्ता गराउने चर्चाले राणालाई थप बल मिलेको छ । यस्तो अवस्थामा सत्तारुढ दलहरूले निकासको बाटो नबनाएसम्म सर्वोच्चको विवाद साम्य हुने देखिँदैन । मुलुकको न्याय प्रणाली ध्वस्त भइसकेको अवस्थामा पनि सरकारले मौन बस्दा अन्योल देखिएको भन्दै आलोचना पनि भइरहेको छ । निर्णायक आन्दोलन गर्ने चेतावनी सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश जबरामाथि ९ बुँदे मागपत्र अघि सार्दै राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल बार एशोसिएसनले आइतबारदेखि सुरु गरेको देशव्यापी बार इकाइहरूको छलफल कार्यक्रममा सर्वोच्च बार एसोसिएसनले ९ बुँदे अवधारणापत्र अघि सारेको हो । ‘सर्वोच्च अदालत बार एशोसिएसनले कार्यसमितिबाट निर्णय गरेर नै प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुका कारण र आधारहरू प्रस्तुत गरेको हो’ सर्वोच्च अदालत बार एसोसिनएसनका सचिव ऋषिराज घिमिरेले भने, ‘उहाँले तत्काल राजीनामा दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । राजीनामा नआए कडा आन्दोलनमा जानुपर्छ भन्ने सर्वोच्च अदालत बार एसोसिएसनको सुझाव हो ।’ सर्वोच्च बारले प्रधानन्यायाधीश जबरामाथि तीन वर्ष न्यायपालिकाको नेतृत्व गर्दा पनि सार्वजनिक रूपमा व्यक्त प्रतिवद्धता कार्यान्वयन नगरेको आरोप लगाएको छ । न्यायाधीशहरूबीच गुटबन्दी सिर्जना गरी आपसी कलक र बैमनष्यता उत्पन्न गराएको आरोप सर्वोच्च अदालत बार एशोसिएसनको छ । मागपत्रमा भनिएको छ, ‘कनिष्ठ र वरिष्ठ न्यायाकर्मीका बीचमा मतभेद, द्वन्द्व र विभाजन सिर्जजना गरी न्यायालयलाई कमजोर बनाएको र न्यायालयको हुर्मत लिने काम गरेको ।’ नेपालको न्यायिक इतिहासमा न्याय प्रशासनलाई अहिलेसम्मकै सबैभन्दा विवादित, अपारदर्शी र विकृत बनाएको भन्दै सर्वोच्च अदालत बारले न्यायकि नेतृत्वले राजनीतिक सत्तासँग सौदावाजी गरेको आरोप पनि लगाएको छ । मागपत्रमा भनिएको छ, ‘आङ्खना निहित स्वार्थको सौदावाजी गरी संविधानको आत्माका रूपमा रहेको स्वतन्त्र न्यायपालिका, संविधानवाद, शक्तिपृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्त, मूल्य र मान्यतालाई क्षतविक्षत बनाएको ।’ सर्वोच्च अदालत बारले आफँैले गठन गरेको समितिको प्रतिवेदन कार्यान्वयन गर्नुको साटो त्यसैको उपहास भएको आरोप पनि लगाएको छ । अनि सरोकारबाला पक्षबाट उठाएको जायज माग सम्बोधन नगरेको आरोप पनि प्रधानन्यायाधीश जबरामाथि छ । मागपत्रमा भनिएको छ, ‘ न्यायिक नेतृत्वका लागि आवश्यक न्यायिक गुण तथा कार्य क्षमता, असल आचरण, व्यवहार र चरित्रको अभाव रहेको ।’
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP