Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • डडेल्धुरा, बझाङ र बैतडी संकटग्रस्त जिल्ला घोषणा गरिने
डडेल्धुरा, बझाङ र बैतडी संकटग्रस्त जिल्ला घोषणा गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १८, २०७८
Hardik health
बझाङ– गृहमन्त्री बालकृष्ण खाँणले बझाङ, बैतडी र डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री खाँणले बाढीपहिराका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङ आएको बेला सो प्रतिबद्धता जनाएका हुन् । जिल्लाको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भएको बाढीपहिराबाट भएको क्षतिबारे मन्त्री खाँणले निरीक्षण तथा अवलोकन गरेका थिए । उनले बाढीपहिरापीडित नागरिकका लागि सरकारले तत्काल राहतका कार्यक्रम ल्याउने जनाउँदै सरकार नागरिकसँगै रहेकाले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवार र घरसमेत नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रतिपरिवार ५० हजार दिने निर्णयसमेत गरिसकेको जनाए । उनले खप्तड छान्नाको ऐचेली बगरमा बाढीपहिराबाट प्रभावित स्थानीय नागरिकसँग क्षतिबारे छलफल गरेका थिए । उनले प्रभावित परिवारलाई प्रक्रिया पु¥याएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल राहत उपलब्ध गराउने पनि जनाए । उनले विशेष गरी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई तत्कालै संकटग्रस्त जिल्ला घोषणा गरेर पूर्वाधार निर्माणमा जोड दिने बताए । उनले प्रधानमन्त्री विदेशबाट फर्किसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट बझाङ, बैतडी र डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने बताए । कार्यक्रममा खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतिका बारेमा जानकारी गराएका थिए । त्यस्तै गृहमन्त्री खाँणले बुधबारै डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणसमेत गरे । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षणको अवसरमा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए । सोही अवसरमा उनले बाढीपहिरो पीडितलाई चाँडै राहतको व्यवस्था गरिने अश्वासन दिलाए । उनले पीडित जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पु¥याउने बताए । गन्यापधुरा–१ मा मात्रै एक अर्बभन्दा बढीको क्षति भएकोे विवरण पेश गरिएको छ । पर्तोल गाउँमा मात्रै दर्जन बढी घर पहिरोको जोखिममा छन् । जोखिममा रहेका स्थानीयवासीले आफूहरूका बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन् । उक्त गाउँपालिकामा मात्रै बाढीपहिराबाट २५० घरधुरी जोखिममा रहेको बताइएको छ । गृहमन्त्री खाँणले स्थानीय सिगास गाउँपालिका–५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गरेका छन् । गत असोजको अन्तिम साता र यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुङ्गारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो । ढुङ्गार पश्चिम सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्र पनि हो । निरीक्षणपछि गृहमन्त्री खाँणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले सम्पूर्ण रूपमा मद्दत गर्ने बताए । उनले ढुङ्गार क्षेत्रस्थित सेती नदीमा बलियो तटबन्ध बनाएर डुबान प्रभावित क्षेत्रलाई पर्यटकीयस्थल बनाउने लक्ष्य रहेको बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP