Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पार्टीभित्रको कलहले विपक्षीलाई फाइदा पुग्छ : नेता डा.महत
पार्टीभित्रको कलहले विपक्षीलाई फाइदा पुग्छ : नेता डा.महत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १७, २०७८
Dr.Mahat
Hardik health
ककनी (नुवाकोट)– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले पार्टीभित्रको आन्तरिक कलहको फाइदा विपक्षीले लिने भएकाले कांग्रेर मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस ककनी गाउँपालीका ४ नम्बर वडा समितिले मंगलबार आयोजना गरेको दीपावली, छठलगायत चाडबाडको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता डा.महतले पार्टीभित्रको शक्ति संघर्ष धेरै हुँदा पार्टी बाहिरकाले फाइदा लिने बताएका हुन् । लोकतान्त्रिक पार्टी भएकाले प्रतिपर्धा हुनु राम्रो भए पनि पार्टीलाई हानी हुने गरी हुने शक्ति संघर्षले विपक्षीलाई फाइदा पुग्ने उनले बताए । कम्युनिस्ट पार्टीको उदाहरण दिँदै नेता डा.महतले कांग्रेसमा त्यस्तो अवस्था आउन नहुने बताएका छन् । नेपाली कांग्रेस अगुवा पार्टी भएकाले सबै परिवर्तनमा ठूलो योगदान रहेको भन्दै अब पनि देशलाई निकास दिनका लागि कांग्रेसको विकल्प नरहेको उनको दाबी छ । ‘कांग्रेस राजनितीक परिवर्तनको सम्वाहक हो, राजनीतिक स्थायित्व कायम गर्ने पार्टी हो र आर्थिक समन्तवको नीति लिएको पार्टी भएकाले देशको विकास र निकासका लागि कांग्रेसको विकल्प छैन,’ नेता डा.महतले भने । देशलाई निकास दिनका लागि जुझारु र मजबुत संगठन निर्माणमा लाग्नु पर्ने आजको आवश्यकता रहेको उनले बताएका छन् । बलियो संगठन विना देशको नेतृत्व गर्न नसकिने र नेतृत्व गर्न नसक्दा भनेजस्तो विकास गर्न नसकिने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले अब आउने महाधिवेशनबाट स्वच्छ छवि र विचार भएको व्यक्ति नेतृत्वमा आउनु पर्ने बताएका छन् । सबै प्रतिनिधिले विवेक प्रयोग गरेर क्षमतावान् नेतृत्व चयन गर्न पनि उनले आग्रह गरे । पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको भन्दै यसलाई मर्यादित बनाउनु पर्ने उनको तर्क थियो । साथै अहिलेसम्म कांग्रेसको महाधिवेशन कहिलै पनि निर्धारित समयमा नभएको भन्दै यो पटक कोभिड–१९ का कारण केही ढिलाइ हुन पुगेको उनको भनाइ थियो । त्यस्तै नेपाली कांग्रेस नुवाकोटका सभापनि जगदीश्वरनरसिंह केसीले पछिल्लोपटक तोकिएको महाधिवेशनको कार्यतालिका परिवर्तन नहुने भन्दै नवीन विचारका साथ अगाडि बढ्दा पार्टी चलायमान हुने धारणा व्यक्त गरे । अहिलेसम्म कसरी चल्यो भन्दा पनि अब कसरी चलाउने भन्नेमा सोच्नु पर्ने बेला आएको उनले बताएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सबै नेताहरू एक ठाउँमा बसेर छलफल गर्नु पर्ने उनले बताए । सबै मिलेर आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि लाग्न पनि उनले सबै कार्यकर्तालाई निर्देशन दिए । साथै अब आफू जिल्ला सभापति नहुने भन्दै अब आउने नेतृत्वले सबैलाई समेट्न सक्नु पर्ने उनले बताए । त्यस्तै नुवाकोट कांग्रेसका पूर्वसभापति धुव्र अधिकारीले सकेसम्म सर्वसम्मत रूपमा नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्नु पर्ने बताएका छन् । तर पछिल्लो समय देखिएको समस्या समाधान गर्नका लागि सर्वसम्मत नेतृत्व चयन गरेर गुटबन्दीको अन्त्य गर्नु पर्ने आजको आवश्यकता रहेको उनले बताए । पार्टीलाई जिल्लामा पहिलो बनाउन अब आउने नेतृत्वको पहिलो प्राथमिकता हुनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा महासमिति सदस्य रमेश महत, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर लामा, जिल्ला कार्यसमिति सदस्य बिष्णु गुरुङ, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठ , प्रदेश ख का सभापति अर्जुनप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, सदस्य सम्झना सेढाईँ, शिवपुरी गाउँपालिका उपाध्यक्ष मञ्जु केसी, नेपाल तरुण दल क्षेत्र नम्बर १ का सभापति यदुमान लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गायिका सुनिता दुलाल, मोडल अन्जली अधिकारी, गायक सरोज लामिछाने र आलीफ खानलगायत विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुतसमेत दिएका थिए । कार्यक्रममा पार्टीका वडा समिति सभापति नवीन थिङ तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०३:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP