Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रेस विरोधी कानुनमा महासंघको असहमति
प्रेस विरोधी कानुनमा महासंघको असहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १७, २०७८
IMG_5404
Hardik health
काठमाडौं– नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसँग अन्तक्र्रिया गरेको छ । पछिल्लो समय संघ, प्रदेश एवं स्थानीय सरकारले प्रेस स्वतन्त्रता विरोधी कानुन निर्माण गर्न थालेपछि त्यसप्रति असहमति राख्दै महासंघले विरोध गर्दै आएको छ । महासंघमा मंगलबार भएको अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय तथा संसदीय मामिला मन्त्री बडुले प्रेस स्वतन्त्रताबिना कुनै पनि संस्थाको स्थायित्व नहुने भन्दै त्यसतर्फ सरकार सचेत रहेको बताए । उनले मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी कानुनमा रहेको प्रेस स्वतन्त्रता विरोध प्रावधान सरोकारवालासँग छलफल गर्ने र त्यसलाई प्रेसमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने पत्रकारलाई हार्दिक बधाइ दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विगतका सरकारसँग पनि नेपाल पत्रकार महासंघले प्रेसमैत्री कानुन निर्माण गर्न आग्रह गरेको भन्दै प्रेस विरोध कानुनप्रति महासंघको सधैँ असहमति रहने बताए । उनले प्रजातान्त्रिक मूल्यमान्यताका आधारमा कानुन निर्माण हुनुपर्ने भन्दै सरोकारवालासँगको छलफलबिना नै सरकारले कानुन निर्माण गरिरहेको बताए । ‘अघिल्लो सरकारले बनाएका कानुनका मस्यौदाहरूको अध्ययन गर्न उच्चस्तरीय आयोग बनाउन पत्रकार महासंघ माग गर्दछ,’ पोख्रेलले भने । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाइ नेजाले नेजा ग्रामीण सामुदायिधक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दैआएको बताए । उनले भौतिक रूपमा आफूहरू अमेरिकामा भए तापनि नेपालको पत्रकारिताको विकासका लागि योगदान दिन इच्छुक रहेको बताए । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको उपस्थितिबिना नै सरकारले प्रेस सम्बन्धी कानुन बनाउन लागेको भन्दै त्यसो नगर्न सरकारलाइ आग्रह गरे । उनले आमसञ्चार सम्बन्धी छाता कानुन निर्माण गर्न आवश्यक रहेको भन्दै सरोकारवालासँग छलफल गरी कानुन निर्माण गर्न सरकारलाई आग्रह गरे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाँउलले समाचार लेखेकै आधारमा लाखौँ जरिवाना र वर्षौँ जेल हाल्न सक्कने गरी कानुनहरू निर्माण भइरहेको भन्दै त्यस्ता प्रेस स्वतन्त्रता विरोधी कानुन सच्याउन सरकारलाई आग्रह गरे । उनले नेजासँग महासंघको सहकार्य सन् २०११ देखि नै रहेको भन्दै प्रशंसा गरे । सोही कार्यक्रममा ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकार अनु आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौती रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेशाप्रति क्रियाशिल हुन हौसला प्रदान गरेको बताए । कार्यक्रमको सहजता महासंघका महासचिव रोसन पुरीले गरेका थिए । ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित पत्रकार आचार्यलाई दुई लाख २२ हजार दुईसय २२ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०३:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP