Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेले गुमायो प्रदेश एक, ठूलो पार्टी अब पूर्ण प्रतिपक्षमा
एमालेले गुमायो प्रदेश एक, ठूलो पार्टी अब पूर्ण प्रतिपक्षमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १६, २०७८
Bhim-Acharya-and-Somnath-Pyasi
Hardik health
काठमाडौं– संघीय संसदसहित अधिकांश प्रदेशमा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले अन्ततः पूर्ण प्रतिपक्षको बेन्चमा पुगेको छ । संसदको सबैभन्दा ठूलो दलले सबै प्रदेश सरकारको नेतृत्व गुमाएर अब पूर्ण रूपमा प्रतिपक्ष दल बनेको हो । पछिल्लोपटक एमाले सोमबार प्रदेश १ को नेतृत्व पनि गुमाएको छ । प्रदेशसभामा विश्वासको मत लिनुपूर्व एमालेका सचिव एवं मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै स्थानीयबाहेकका सबै सरकारमा नेतृत्व गुमाएको हो । ०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संघीय सरकार र चारवटा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर एमालेले पाएको थियो । सोही अनुसार संघीय सरकार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको थियो । त्यस्तै, प्रदेश १ मा एमाले नेता शेरधन राई, वाग्मतीमा डोरमणि पौडेल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेलको नेतृत्वमा प्रदेश सरकार बनेको थियो । अझै पनि प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले सबैभन्दा ठूलो दलको रूपमा छ । तर, एमालेविरुद्ध अन्य दलको गठबन्धन बनेपछि एमाले प्रतिपक्षी दलमा परिणत भएको हो । सुरुमा कणाली प्रदेशमा एमालेले गरेको सरकार गठनको प्रयास आफ्नै दलका चारजना सांसदले फ्लोर क्रस गरेपछि सफल हुन सकेन । त्यसपछि एमालेले क्रमशः गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको नेतृत्व गुमाएको थियो । अन्तिम समयसम्म टिकेको प्रदेश १ सरकार सोमबारदेखि भने ढलेको छ । तत्कालीन नेकपा माओवादी केन्द्रसँगको एकता भंग हुनाका साथै पार्टीभित्र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसमूहले पार्टी विभाजन गरेपछि एमाले कमजोर बन्दै गएको थियो । यसबीचमा एमालेले फुटको असर कम गराउन वाग्मतीमा पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा शेरधन राईको ठाउँमा आचार्यलाई मुख्यमन्त्री बनाएको थियो । नेपाल खेमामा रहेको दुवै मुख्यमन्त्रीले विश्वासको मतमाथि मत विभाजनपूर्व राजीनामा दिँदै सत्ताबाट बाहिरिएका हुन् । एमालेले आन्तरिक विवादका कारण सुरुमा गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाएको थियो । २७ जेठ ०७८ मा गण्डकीमा एमाले सरकार ढलेको थियो । त्यसपछि गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको छ । गण्डकीमा सरकार ढलेको ठीक दुई महिनापछि २८ साउन ०७८ मा एमाले नेतृत्वमै रहेको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । हाल लुम्बिनीमा ५ दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलबहादुर केसी बनेका मुख्य मन्त्री बनेका छन् । त्यस्तै, १० कात्तिक ०७८ मा वाग्मतीमा एमाले सरकारको बहिर्गमनपछि गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । प्रदेश १ मा पनि समाजवादीकै राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्ने छन् । मुख्यमन्त्रीमा राईको दाबी प्रदेश १ को मुख्यमन्त्रीमा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले दाबी पेस गरेका छन् । सोमबार प्रदेश प्रमुख समक्ष उनले ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेका थिए । प्रदेश प्रमुखबाट दाबी पेस गर्न आह्वान भएलगत्तै राईले गठबन्धनमा आवद्ध पाँच दलका प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ जना सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेकपा एमालेको ४१ सांसद मात्र छन् । उता विपक्षी गठबन्धनमा नेपाली कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १० र जनता समाजवादी पार्टीका तीन सांसद र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । शाहीको पनि राजीनामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि राजीनामा दिएका छन् । ०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतका दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ । सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गरे र राजीनामा घोषणा गरे । मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको बताए । आफूले दलहरूबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको पनि दाबी गरे । अब सहमतिअनुसार कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०२:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP