Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले महाधिवेशनमा २ हजार प्रतिनिधि
एमाले महाधिवेशनमा २ हजार प्रतिनिधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १६, २०७८
uml_1615514462
Hardik health
काठमाडौं– आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले प्रतिनिधिको संख्या र छनोट विधि टुंगो लगाएको छ । केन्द्रीय समिति निर्वाचित गर्ने महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुँदै छन् । एमालेको सात लाख संगठित सदस्यबाट उक्त संख्यामा प्रतिनिधि सहभागी हुने तय गरिएको हो । प्र्रतिनिधिको संख्या एमालेको १३औँ केन्द्रीय कमिटी बैठकले अन्तिम टुंगो लगाएको हो । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहित १५ पदाधिकारीका साथै २२५ केन्द्रीय सदस्य चयन गर्नेछ । देशभर ७ लाख २८ हजार सक्रिय सदस्य रहेको एमालेले महाधिवेशनका प्रतिनिधि तीन प्रकारबाट छान्ने छ । जसमा पदेन, निर्वाचित र मनोनित गरी तीन प्रकारबाट छानिएका प्रतिनिधिले मात्रै महाधिवेशनमा मतदान गर्न पाउने एमाले दसौँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङले जनकारी दिए । पार्टीको भूगोल कमिटीबाट १ हजार १ सय ९६ प्रतिनिधि निर्वाचित भएर आउनेछन् भने पदेन प्रतिनिधि २६२ र यसको ५ प्रतिशत मनोनित हुनेछन् । केन्द्रीय कार्यालय र विभागसहित ३, पार्टीका जनसंगठनहरूबाट ५–५, समग्र प्रवास कमिटीबाट २०, प्रत्येक प्रदेश कमिटीबाट मजदुर प्रतिनिधि १ र प्रत्येक जिल्लाबाट १ दलित प्रतिनिधि हुनेछन् । पदेन प्रतिनिधिमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू तथा केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू रहनेछन् । पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य रहने र आयोजकसमेत हुने हुँदा सल्लाहकार परिषद्का अन्य पदाधिकारी सदस्यहरू मध्येबाट १५ जना महाधिवेशन प्रतिनिधि बन्ने छन् । सल्लाहकार परिषद्का अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने भए पनि उनीहरूलाई मताधिकार भने नहुने भएको छ । प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तीमा २ महिलासहित ५ जना दरले महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा १ महिला सहित ३ जनाका दरले महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन क्षेत्रमा १२ सय भन्दा बढी सदस्य भए प्रत्येक ८०० मा थप १/१ जना तर हरेक दोस्रो ८०० मा महिला अनिवार्य गर्नुपर्नेछ । यस्तै देशभित्रका विशेष जिल्लाअन्तर्गतका १२०० सम्म पार्टी सदस्यबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले प्रतिनिधि निर्वाचित हुनेछन् भने जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५०० सम्म दलित सदस्यबाट १ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् यो संख्यामा थप ५०० सम्म सदस्य भए १ जना महिला अनिवार्य र सो पछि प्रत्येक ५०० मा महिलाको एकतिहाइ हुने गरी १÷१ जनाको दरले प्रतिनिधि निर्वाचित हुनेछन् । भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्य मध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले महाधिवेशन निर्वाचित निर्वाचित हुनेछन् । भारत, अमेरिका युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिला सहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरेको एमालेले जनाएको छ । मूल व्यवस्थापन समितिका सदस्य तामाङले महाधिवेशन प्रतिनिधि छान्न पार्टी केन्द्रीय कमिटीले तय गरेको मापदण्ड लागू हुने बताए । ‘कात्तिक २७ गते सम्बन्धित जिल्लाले सबै पार्टी सदस्यहरूलाई एकै ठाउँ वा अलग अलग भेला गराएर निर्वाचन गराउन सक्छन् । त्यसका लागि प्रत्येक संघीय निर्वाचन क्षेत्रको अलग–अलग मतदान केन्द्रको व्यवस्था गरिन्छ’ उनले भने । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि २७ कात्तिक ०७८ मा स्वदेश तथा प्रवासमा एकैसाथ प्रतिनिधि निर्वाचन गर्नेछ । एउटा पार्टी सदस्यले एउटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधि चुन्ने चुनिने अधिकार प्रयोग गर्न पाउनेछन् । यसरी निर्वाचित प्रतिनिधिको केन्द्रीय संगठन विभागले ३० कात्तिकभित्र प्रमाणित गरेर दर्ता गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०२:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP