Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मोर्चाले बृहत आन्दोलन गर्ने
मोर्चाले बृहत आन्दोलन गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १६, २०७८
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ (1)
Hardik health
काठमाडौं– संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ ले मंगलबार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन तथा आन्दोलन गर्ने भएको छ । पछिल्लो समय ‘न्यायालयभित्रको बेथिति, विसंगति, नेपाल बार एशोसिएशनले सुरु गरेको आन्दोलन’ लगायतका विषयका विरुद्धमा मोर्चाले मंगलबार काठमाडौंमा बृहत्त आन्दोलन गर्न लागेको जनाएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै जनतालाई न्याय पाउने अधिकारबाट बञ्चित गरिनुहुँदैन भन्दै बारको आन्दोलन र न्यायाधीशहरूले गरेको बेञ्च बहिष्कारको विरुद्धमा भोलि प्रदर्शन गर्न लागिएको र उक्त प्रदर्शनमा सहभागी हुनको लागि पनि जनसमूदायलाई अपिल गरेको छ । मोर्चाले अहिलेको सन्दर्भमा नेपालका राजनीतिक दलहरू नै असफल भएको पनि निश्कर्ष निकालेको छ । सरकार चलाउन असफल भए हात हठाउन र देश चलाउन आफूहरू सक्षम रहेको पनि मोर्चाको भनाई छ । कार्यक्रममा मोर्चाका सह–अध्यक्ष तथा बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले अदालतमा भ्रष्टाचार छ भने भनेर न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले नै प्रतिवेदन सार्वजनिक गरिसकेकोले अब नेपालको न्यायालय कुन अवस्थामा रहेको छ ? भन्ने कुरा प्रष्ट भएको बताए । उनले भने, ‘न्यायापालिकामा भ्रष्टाचार छ भनेर प्रतिवेदन आएपछि न्यायाधीशहरू भ्रष्ट रहेछन भन्ने कुरा प्रमाणित भएन र ? अनि अदालतमा विधिको शासन, स्वतन्त्र र स्वच्छता कहाँ पाईन्छ ?’ उनले न्यायाधीशहरूले इजलास बहिष्कार गर्नु गलत भएको पनि टिप्पणी गरे । उनले देशको संकट, भ्रष्टाचारको विरुद्धमा आफूहरू प्रतिकारको रूपमा सशक्त जनआन्दोलन तय गरेको भन्दै त्यसमा सहभागी हुन सबै न्यायप्रेमी जनतालाई अपिल गरेका छन् । त्यस्तै, कार्यक्रममा मोर्चाका राष्ट्रिय अध्यक्ष शेखरजंग रायमाझीले आफूहरूले दलगत स्वार्थमा लागेका न्यायाधीशहरूको राजीनामा माग्ने बताए । अभियन्ता शोभराम थापाले अहिले न्यायालयमा पार्टीको जस्तो अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘हाम्रो न्यायालयमा पार्टीको अवस्था देखियो । पार्टीबाट सिफारिश भएर आएकाहरू न्यायाधीशहरू भएकोले पनि यो अवस्था देखियो । यो देश र जनताको लागि दुर्भाग्यपूर्ण छ ।’ अहिले न्यायालयमा कहीँ नभएको जात्रा भएको पनि उनको आरोप थियो । मोर्चाका वरिष्ठ उपाध्यक्ष दिनेश कँडेलले पनि मुलुक अनिर्णयको बन्दी बनिरहेको भन्दै आफूहरू मुलुकलाई अनिर्णयको बन्दी हुन नदिनको लागि संघर्षका कार्यक्रम अघि सारेको बताए । उनले न्यायाधीशहरूले बेन्च बहिष्कार गर्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘अधिकांश मानिसहरू न्यायको लागि भौतारिएका छन्, तर न्यायाधीशहरू इजलास बहिष्कार गरेर बसेका छन् ।’ उनले अहिले कसैले पनि देश चलाउन नसक्ने हो भने जनताले देश चलाउने बताए । त्यस्तै, विक्रम बमले बार एशोसिएशनले आन्दोलन फिर्ता गर्नुपर्ने धारणा राखे । उनले वर्तमान संविधान २०७२ बाट नै अहिले मुलुकमा समस्या सुरु भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई देशमा यस्तो अवस्था हुँदापनि बोल्न नसक्ने हो भने राजीनामा दिन भनेका छन् । पत्रकार सम्मेलन भने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ का बरिष्ठ उपाध्यक्ष श्रीराम कँडेलले सञ्चालन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०२:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP