

हुम्ला– व्यबस्थापिका संसद विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा कर्णाली सुदूरपश्चिम पुगेको संसदहरूको टोलीले कर्णाली कोरिडोर सडक आयोजना र दार्चुलामा सेनामार्फत भएका कामहरू तथा त्यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिको अवस्थाबारे स्थलगत निरीक्षण सम्पन्न गरेको छ । निरीक्षण लगत्तै सभापति खड्काले राजनीतिक दलका जिल्ला नेता सडक निर्माण कार्यमा लागेका सरोकारवालाहरू प्रमुख जिल्ला अधिकारी सबैलाई सम्बोधन गर्दै विगतको तुलनामा कामहरू अगाडि बढेको भए पनि सोचेजस्तो सन्तोषजनक नरहेको बताउँदै समितिको तर्फबाट सरकारलाई कर्णालीवासी र दार्चुलासँग जोडिएका समस्याहरू सम्बोधन गर्न र कार्यान्वयन गर्नका लागि आफू लागिपर्ने सुर्खेतमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताईन् ।
आफ्नो नेतृत्वमा रहेको विकास समितिको सांसदहरूको टोली हुम्लाको सिमिकोट पुगि त्यहाँ जम्मा भएका जिल्लाका सबै राजनीतिक दलका नेताहरूमार्फत समस्याहरू बुझ्ने काम समेत समितिले गरेको थियो । समितिले सेनाको सहयोगमा अगाडि बढाएको हिल्सादेखि बाँदरखोला अनि दार्चुलासम्मको निर्माणाधीन सडकको अवलोकन मात्रै गरेन बझाङमा समेत गएको विकास समितिले बाढीबाट पुगेका क्षतिग्रस्त सडक तत्कालै निर्माण गर्न टोलीसँगै रहेका सडक विभागका उपमहानिर्देशक शिव नेपाललाई सभापति खड्काले निर्देशन दिइन् ।
अपार सम्भावना बोकेको कर्णालीको भाग्य जोडिएको कर्णाली कोरिडोर चाँडो सम्पन्न गर्न कर्णालीका समग्र समस्या सम्बोधन गर्न टोलीले सरोकारवालाहरूलाई निर्देशन दिएको उनले बताइन् । यसैगरी सिमिकोटमा आयोजना गरिएको कार्यक्रममा हिल्सा सिमिकोट सडक खण्डका प्रमुख विष्णुदास लामा सडक विभागका उपमहानिर्देशक नेपाल हुम्ला कि सांसद रंगमती शाहीले आफ्नो धारणा राखेकी थिइन् । यसबीच जिल्लामा भोग्नुपरेको समस्याका बारेमा एमाले जिल्ला अध्यक्ष दल रावलले सभापति खड्कासमक्ष राजनीनिक दलले संयुक्त रूपमा तयार गरेको ज्ञापनपत्रसमेत बुझाएका थिए । नेपालको प्रायः सबै जिल्ला सदरमुकामलाई सडक संजालले जोडे पनि हुम्लाको सिमिकोटलाई अझै जोड्न सकेको छैन । हुम्लाको दुलिगुना–लाली बगर खण्डको करिब ११ किलोमिटर सडक निर्माण गर्न अझै बाकी छ ।
अभियानमा हुम्लाको सिमिकोट सुदूरपश्चिम प्रदेशको बाजुरा अनि दार्चुलासम्मका परियोजनाको स्थलगत निरीक्षण पश्चात् व्यबस्थापिका संसद विकास तथा प्रबिधि समितिका सभापति खड्काले जनता सामु उभिएर दिएको निर्देशनले त्यस भेगका नागरिकमा थप आसा जगाएको छ ।
यसअघि सभापति खड्काको पटक–पटकको निर्देशनमा समेत काम हुन नसकेपछि आफ्नो समितिका जिम्मेवार सदस्यहरूलाई साथमै लिई कर्णाली र सुदूरपश्चिमका बाढी पहिरोबाट क्षति भएका स्थलहरूमा पुगी जनताको पिरमर्का बुझ्न पगेकी थिइन् । अनुगमन टोलीसित सभापतिसहित सांसद संजय गौतम, रंगमती शाही यज्ञराज सुनुवार रामबहादुर बिष्ट राजेन्द्र गुरुङ लगायतका थिए भने सेना विकास निर्देशनालयका प्रमुख प्राविधिक साहायक रथी कमल बिक्रम शाह र सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपाल थिए ।