Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जबरा एक्लो बृहस्पति !
जबरा एक्लो बृहस्पति !
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १५, २०७८
Hardik health
काठमाडौं– अघिल्लो सातादेखि सर्वोच्च अदालतका न्यायाधीशहरूले बहिष्कार गर्दै आएको इजलास आइतबार पनि चल्न सकेन । अघिल्लो हप्ताको शुक्रबार दोस्रो सत्रदेखि सर्वोच्चका सबै न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको इजलास बहिष्कार गर्दै आएका छन् । आइतबार पनि न्यायाधीशहरू इजालासमा नबसेपछि इजलास प्रभावित भएको थियो । उनले सर्वोच्चमा एकल र संयुक्त इजलास तोक्दै आए पनि न्यायाधीशहरू सहभागी भइरहेका छैनन् । यद्यपि आइतबार अपराह्न प्रधानन्यायाधीश जबराले दुईवटा मुद्दा एकल इजलासमा सुनुवाइ गर्दै आदेशसमेत दिएका छन् । जबराले आइतबारको एकल इजलासबाट जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको मुद्दा फेरि जिल्ला अदालतमै फर्काउने आदेश दिएका हुन् । महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको हो । नियमित अदालतले सुनुवाइ गर्नुपर्ने मुद्दा जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतमा पठाउने आदेश गरेपछि उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दिएको थियो । जबराले मुद्दामा अन्तरिम आदेश जारी गर्नुका साथै विपक्षीसँग लिखित जवाफ पनि माग गरेका छन् । आइतबारको इजलासमा सरकारी वकिलबाहेक अन्य कानुनव्यवसायीले बहस गरेका थिएनन् । प्रधानन्यायाधीश जबराले सहकर्मी न्यायाधीशहरूको तर्फबाट मात्रै होइन, नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन र कानुन व्यवसायीहरूको तर्फबाट पनि राजीनामा दिनुपर्ने दबाब खेपिरहेका छन् । तर, उनले आफूले राजीनामा नदिने, आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएकाले सोही प्रक्रियाबाट अर्थात् संसदमा महाअभियोग पारित भएमात्र सर्वोच्चबाट हट्ने प्रष्ट पारिसकेका छन् । अझ केहीदिन एउटा सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा प्रधानन्यायाधीश जबराले आफू एक्लो ‘बृहस्पति’ भएको भन्दै बृहस्पतिको चर्चा र पूजा हुन स्वाभाविक भएको टिप्पणी गरेका थिए । उनको आशय आफूले गरेको न्यायपालिका सुधारको कदमका कारण अरुले देखिनसहेको थियो । उनले आफूलाई एक्लो बृहस्पति सावित गर्ने कसरत पनि थालेका छन् कि एकल इजलास सुरु गरेर । न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहँदा न्यायलयप्रति जनताको विश्वास कमजोर हुने, नागरिकको न्याय पाउने अधिकारमाथि कुठाराघात भएको भन्दै न्यायाधीशहरूको आलोचना गर्ने समूह पनि ठूलै छ । न्यायलयभित्र गुटबन्दी गरेको भन्दै आलोचना भइरहँदा प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाइ थालेका हुन् । सहकर्मी न्यायाधीशहरू र कानुन व्यवसायीहरूले आन्दोलन गरिरहँदा पनि उनी सबैलाई पेलेरै एक्लो ‘बृहस्पति’ बन्ने बाटोमा लागेको टिप्पणी हुन थालेको छ । बारमा कुटाकुटदेखि कालो भर्सेस सेतोपट्टीसम्म न्यायलयमा चरम गुटबन्दी देखिँदा आइतबार थप अनौठो दृष्य देखिए । केही कानुन व्यवसायीहरू प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कालोपट्टी हातमा बाँधेर विरोधमा उत्रिए । त्यसको प्रतिकारमा केही कानुन व्यवसायीले भने हातमा सेतो पट्टी बाँधेर कामलाई निरन्तरता दिनुपर्ने बताए । नेपाल बारका एक समूह प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित भएको छ भने अर्को समूह प्रधानन्यायाधीशले राजीनामा दिनुनपर्ने अडानमा छ । यस्तैमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका अधिकांश वकिलहरूले कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिँदै गर्दा केही वकिलहरू भने सेतो पट्टी बाँधेर प्रधानन्यायाधीशको पक्षमा उत्रिएका हुन् । अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलहरूको नेतृत्वमा कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको हो । कालो पट्टीधारी कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराले न्यायलयको गरिमा कायम गर्न नसकेको, कार्यपालिकासँग राजनीतिक नियुक्तिमा भागबन्डा खोजेर शक्ति पृथकिकरणको सिद्धान्तलाई धुलिसात पारेको आरोप लगाउँदै राजीनामा दिनैपर्ने अडान राखेको छ । वरिष्ठ अधिवक्त शम्भु थापाले भने, ‘प्रधानन्यायाधीशलाई सम्मानसाथ भनेका छौँ, भ्रष्टाचार, बेथिति र सक्षमताको जिम्मा तपाईंले लिनुपर्छ । तपाईंलाई नै दोष लगाएका छैनौँ । न्यायालय पवित्र संस्था हो । न्यायालय मन्दिरजस्तै हो र त्योभित्रको तपाईं मुल भट्ट हो । मुल भट्टले पूजा गर्नुपर्ने जुन विधि र प्रक्रिया छ, त्योअनुसार भएन । त्यसैले तपाईंले पदबाट राजीनामा दिनुपर्छ भनेका छौँ ।’ उनले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन नरोकिने पनि प्रष्ट पारेका छन् । ‘कसैलाई राज सिंहासनमा बसाउनु मन भए बसाए हुन्छ । हामीले प्रधानन्यायाधीशको व्यक्तित्वको कुरा गरिराखेका छैनौँ, हामीले न्यायालयलाई पूजा गरिराखेका छौँ । हामी निरन्तर राजीनामा माग्छौँ । नेपाल बार पछि फर्किँदैन ।’ सेतो पट्टीधारी कानुन व्यवसायी स्वागत नेपालले भने न्यायाधीशहरूले इजलास बहिष्कार गरेर मानवता विरोधी अपराध गरेको आरोप लगाएका छन् । आपत्कालीन सेवा रोक्ने कार्य मानवताविरोधी कार्य भएको जिकिर गर्दै उनले त्यसको विरोध सेतो पट्टी बाँधेर गरिने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको भन्दै आफूहरूले पनि त्यही गरेको बताएका छन् । उनले भने, ‘वकिल हो भने जनताको काम गर्नुपर्छ । हामीले सर्वोच्चमा दारुण चित्र देख्यौँ । मुद्दा लिएर आएका वास्तविक पीडितको कुरा पनि सुनुवाइ भएन । न्याय माग्नेहरूलाई पनि उहाँहरूको स्वार्थले लखेट्ने काम भयो ।’ यसअघि कानुन व्यवसायीहरू प्रधानन्यायाधीश जबराका विरोधी विराट न्यौपाने र समर्थक भूमिनन्द चुँडालबीच नेपाल बार परिसरभित्रै कुटाकुट भएको थियो । चुँडालले बन्द इजसाल खोल्नुपर्ने, न्यायाधीशहरूले इजलासमा बस्नुपर्ने भन्दै सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै गर्दा न्यापाने आइपुगेपछि दुई कानुन व्यवसायीबीच विवाद सुरु भएको थियो । उक्त विवाद केहीबेरमै हात हालाहालमा परिणत भएको थियो । जबराको चाहना : सम्माजनक निकास आइतबार प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान, र डा. मनोजकुमार शर्माबीच छलफल भएको छ । तीन न्यायाधीशहरूसँगको छलफलमा उनले सम्माजनक निकासबारेमा प्रस्ताव अघि बढाएका छन् । उनको प्रस्तावको आशय आफू केहीसमय प्रधानन्यायाधीशमा कायम रहने र केही समय बाँकी छँदै राजीनामा दिने रहेको स्रोतको भनाइ छ । उनले आफ्नो बाँकी रहेको १४ महिने कार्यकालमध्ये यो वर्षभरि प्रधानध न्यायधीश कायम रहने र ०७९ को सुरुआतमै राजीनामा दिएर बिदाइ हुने चाहना व्यक्त गरेका हुन् । ‘उहाँको कार्यकाल अझैं १३/१४ महिना बाँकी छ । यो वर्षभरि काम गर्ने र करिब ९ महिना बाँकी रहँदा राजीनामा दिएर हिँड्ने भनी मौखिक प्रस्ताव ल्याउनुभएको हो’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘मैले संसदमा प्रतिवद्धता जनाएका सुधारका एजेण्डा छन्, कतिपय सुधारका काम गर्न पाएको छैन । ती कार्यान्वयन गरेर बिदा हुन्छु भन्ने उहाँको अप्रत्यक्ष प्रस्ताव रहेछ ।’ तर, छलफलमा पुगेको न्यायाधीशहरूले भने यसबारेमा सोमबार थप छलफल गरेर जबरालाई जवाफ दिने तयारी गरेका छन् । प्रधानन्यायाधीश राणा २७ मंसिर ०७९ मा ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएर बिदा हुँदैछन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP