Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘अर्ली इलेक्सन’ असम्भवः दाहाल
‘अर्ली इलेक्सन’ असम्भवः दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १४, २०७८
Hardik health
जनकपुरधाम– अर्ली इलेक्सन असम्भव भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । शनिबार जनकपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अहिलेको प्रतिनिधिसभाले पूरा कार्यकाल काम गर्ने बताउँदै दाहालले अर्ली इलेक्सनको सम्भावना नरहेको बताए । अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको भन्दै गठनबन्धनकै सरकार पूरा कार्यकाल रहने उनले बताएका छन् । सुरुका दिनदेखि संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि रिस पनि फेरेका छन् । प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद अवरुद्ध गरेको पनि उनले बताए । लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेयक अगाडि बढाइने उनले बताएका छन् । कुराकानीकै क्रममा दाहालले न्यायालयमा देखिएको विवादका बारेमा पनि बोल्न भ्याएका छन् । मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरूले संयुक्त धारणा नबनाइसकेको पनि बताए । दाहालले अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रोसँग चलिरहेको जनाउँदै न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौंमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेको बताए । अध्यक्ष दाहालले अहिले गठबन्धनका नेताहरू काठमाडौंभन्दा बाहिर भएकाले साझा धारणा बनाउन ढिलो भएको पनि बताए । शनिबार नै नेपाल लोकतान्त्रिक शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनको एकता सभालाई सर्लाहीमा सम्बोधन गर्दै दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको भन्दै उनले नागरिकता विधेयकका लागि राष्ट्रिय सहमतिबाटै जान चाहेको बताएका छन् । राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान बाध्य हुने उनले बताए । तर, यस विषयमा प्रधानमन्त्री बेलायत भ्रमणबाट फर्किएलगत्तै निर्णय हुने बताएका छन् । उनका अनुसार प्रधानमन्त्री फर्कनेबित्तिकै नागरिकता ऐन जारी हुने छ । उनले नागरिकताको विषय टुंग्याउन खोजे पनि केपी ओलीको पालामा नसकिएको बताएका छन् । प्रधानमन्त्री फर्केपछि नागरिकता ऐन पारित गर्ने काम सरकारले गर्ने बताउँदै यहि सरकारले नागरिकताको समस्याको हल गर्ने बताए । अध्यक्ष दाहालले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् । उनले राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादव र जनता समाजवादीका नेता उपेन्द्र यादवसँग पार्टी एकताको आह्वान गरेका हुन् । ढिलो नगरी यही ठाउँमा आएर पार्टी एकता गर्न आग्रह गर्दै जबसम्म तराई माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार स्थापित नहुने हुनाले पार्टी एकतामा जोड दिए । कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’ जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै दाहालले भने, ‘गठबन्धन त हामीले गरेकै छौँ । अब पार्टी एकता गरौँ । ढिला नगरौँ, तपाईंहरूलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौँ ।’ दाहालले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताएका छन् । एकता मन परेन भने भन्यो भने भित्र केही न केही पल्क्यो भन्ने बुझे हुने भन्दै भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न नसकिने बताए । मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने दाहालले दाबी गरेका छन् । उनले आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी ओली नेतृत्वमा सहभागी भएको टिप्पणी गरे । कार्यक्रममा उनले यो गठबन्धन सरकारले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्छ भन्ने प्रमाणित गर्ने बताएका छन् । तीन पार्टीबीच एकता भए मधेसीमा लहर आउने र आगामी निर्वाचनबाट एकलौटी सरकार बनाउन सकिने दाहालले बताए । सबै प्राविधिक कुरा अहिले भन्न नहुने तर प्रधानमन्त्री फर्केर आएपछि नागरिकता ऐन पारित गरिने र यहि गठबन्धनले नै मधेसी जनताको नागरिकताको समस्या हल ग¥यो भन्ने प्रमाणित गरिने उनले वाचा गरेका छन् । हाल प्रधानमन्त्री शेरबहादुर देउवा १८ कात्तिकमा स्वदेश फर्किँदै छन् । नागरिकता ऐन पारित हुन नसक्दा संविधान अनुसार जन्मका आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउन नसकेको भन्दै मधेस केन्द्रित दलहरूको जिकिर छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०३:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP