Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘अर्ली इलेक्सन’ असम्भवः दाहाल
‘अर्ली इलेक्सन’ असम्भवः दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १४, २०७८
Hardik health
जनकपुरधाम– अर्ली इलेक्सन असम्भव भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । शनिबार जनकपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अहिलेको प्रतिनिधिसभाले पूरा कार्यकाल काम गर्ने बताउँदै दाहालले अर्ली इलेक्सनको सम्भावना नरहेको बताए । अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको भन्दै गठनबन्धनकै सरकार पूरा कार्यकाल रहने उनले बताएका छन् । सुरुका दिनदेखि संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि रिस पनि फेरेका छन् । प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद अवरुद्ध गरेको पनि उनले बताए । लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेयक अगाडि बढाइने उनले बताएका छन् । कुराकानीकै क्रममा दाहालले न्यायालयमा देखिएको विवादका बारेमा पनि बोल्न भ्याएका छन् । मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरूले संयुक्त धारणा नबनाइसकेको पनि बताए । दाहालले अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रोसँग चलिरहेको जनाउँदै न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौंमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेको बताए । अध्यक्ष दाहालले अहिले गठबन्धनका नेताहरू काठमाडौंभन्दा बाहिर भएकाले साझा धारणा बनाउन ढिलो भएको पनि बताए । शनिबार नै नेपाल लोकतान्त्रिक शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनको एकता सभालाई सर्लाहीमा सम्बोधन गर्दै दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको भन्दै उनले नागरिकता विधेयकका लागि राष्ट्रिय सहमतिबाटै जान चाहेको बताएका छन् । राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान बाध्य हुने उनले बताए । तर, यस विषयमा प्रधानमन्त्री बेलायत भ्रमणबाट फर्किएलगत्तै निर्णय हुने बताएका छन् । उनका अनुसार प्रधानमन्त्री फर्कनेबित्तिकै नागरिकता ऐन जारी हुने छ । उनले नागरिकताको विषय टुंग्याउन खोजे पनि केपी ओलीको पालामा नसकिएको बताएका छन् । प्रधानमन्त्री फर्केपछि नागरिकता ऐन पारित गर्ने काम सरकारले गर्ने बताउँदै यहि सरकारले नागरिकताको समस्याको हल गर्ने बताए । अध्यक्ष दाहालले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् । उनले राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादव र जनता समाजवादीका नेता उपेन्द्र यादवसँग पार्टी एकताको आह्वान गरेका हुन् । ढिलो नगरी यही ठाउँमा आएर पार्टी एकता गर्न आग्रह गर्दै जबसम्म तराई माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार स्थापित नहुने हुनाले पार्टी एकतामा जोड दिए । कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’ जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै दाहालले भने, ‘गठबन्धन त हामीले गरेकै छौँ । अब पार्टी एकता गरौँ । ढिला नगरौँ, तपाईंहरूलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौँ ।’ दाहालले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताएका छन् । एकता मन परेन भने भन्यो भने भित्र केही न केही पल्क्यो भन्ने बुझे हुने भन्दै भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न नसकिने बताए । मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने दाहालले दाबी गरेका छन् । उनले आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी ओली नेतृत्वमा सहभागी भएको टिप्पणी गरे । कार्यक्रममा उनले यो गठबन्धन सरकारले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्छ भन्ने प्रमाणित गर्ने बताएका छन् । तीन पार्टीबीच एकता भए मधेसीमा लहर आउने र आगामी निर्वाचनबाट एकलौटी सरकार बनाउन सकिने दाहालले बताए । सबै प्राविधिक कुरा अहिले भन्न नहुने तर प्रधानमन्त्री फर्केर आएपछि नागरिकता ऐन पारित गरिने र यहि गठबन्धनले नै मधेसी जनताको नागरिकताको समस्या हल ग¥यो भन्ने प्रमाणित गरिने उनले वाचा गरेका छन् । हाल प्रधानमन्त्री शेरबहादुर देउवा १८ कात्तिकमा स्वदेश फर्किँदै छन् । नागरिकता ऐन पारित हुन नसक्दा संविधान अनुसार जन्मका आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउन नसकेको भन्दै मधेस केन्द्रित दलहरूको जिकिर छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०३:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP