Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीसँग असमझदारी नभएको दाबी
प्रधानमन्त्रीसँग असमझदारी नभएको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १४, २०७८
Hardik health
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र आफूबीच कुनै असमझदारी नभएको गृहमन्त्री बालकृष्ण खाणले बताएका छ्न् । पछिल्लो समय प्रहरीमा सरुवा तथा बढुवाका क्रममा भएका निर्णयलाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच सम्बन्ध बिग्रिएको भन्ने समाचार बाहिर आएपछि शनिबार गृह मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीबाट जे निर्देशन हुन्छ, आफहरूले त्यहि गरिरहेकाले प्रधानमन्त्री र आफूबीच असमझदारी नभएको बताए । मन्त्री खाणले आफ्नो, सोच र दृष्टिकोणअनुसार सहज रूपमै गृह मन्त्रालय चलाउने चाहना रहेको बताएका छन् । अहिले प्रहरीमा दरबन्दी थपको प्रक्रियाबारे पनि सार्थक बहस चलिरहेको उनले बताए । शान्ति सुरक्षा कायम राख्न प्रधानमन्त्रीको निर्देशन रहेको भन्दै त्यसका लागि चुनौतीसमेत मूल्यांकन गरेर एआइजी–डिआइजीको दरबन्दी थप गर्ने विषयमा सार्थक बहस भइरहेको मन्त्री खाणले बताएका छन् । उनले कार्यक्षमताको मापदण्ड बनाएर सरूवा–बढुवाको टुंगो लगाइने बताए । प्रहरीहरूमा नियमबमोजिम नै सरूवा–बढुवा हुने भन्दै आफूले असल मनसायले नै काम गर्न खोजेको दाबी गरेका छन् । उनले कार्यसम्पादन मूल्यांकनको समय रहेको र नयाँ वर्षको अंक नदिइकन बढुवा अघि बढाउन नसकिने भएकाले कतिपय विभाग तथा कार्यालयमा दरबन्दी रिक्त भएको बताए । मन्त्री खाणले प्रहरीमा लेखापालहरूको सरूवाका विषय पनि मापदण्ड बनाएरै टुंग्याउन खोजेको बताएका छन् । प्रहरीमा सबैभन्दा बढी विवादित शाखाका रूपमा चिनिने लेखा शाखामा सबैको आँखा गड्दा मन्त्री र आइजिपीलाई बढुवामा विघ्न÷ बाधा उत्पन्न भएको प्रहरी स्रोत नै बताउँछ । तर, गृहमन्त्रीले भने यो कुरालाई लुकाउन खोजेकोजस्तो देखिन्थ्यो । मन्त्री खाणले पदभार ग्रहण गरेपछि पहिलोपटक पत्रकारहरूसँग सामूहिक छलफल गरेका हुन् । छलफलका क्रममा सूचना–आदानप्रदानमा गृहप्रशासन अनुदार रहेको भन्दै पत्रकारले गुनासो राखेका थिए । यसैबीच, गृहमन्त्री खाणले अघिल्लो सरकारसँग तीन बुँदे सहमति गरेको विप्लव समूहसँग छलफल भइरहेको बताएका छन् । उनले विप्लव समूहको मुद्दा फिर्ता तथा बन्दीलाई मुक्त गर्ने विषयमा कुराकानी भइरहेको बताए । कानुन मन्त्रालय र महान्यायाधीवक्ता कार्यालयहरूले मुद्दा फिर्ता र बन्दीलाई मुक्त गर्ने विषयमा छलफल गरिरहेको बताउँदै विप्लव समूहका बन्दीभन्दा धेरै मुद्दा रहेकाले समस्या उत्पन्न भएको बताए । उनका अनुसार एउटै मानिसका पाँच–सात वटा मुद्दा छन् । सबै राजनीतिक पार्टीका नेतासँग यसबारे कुराकानी छलफल र संवाद चलिरहेको र विप्लवले प्रधानमन्त्रीसँग आफैँ पनि कुरा गरेको खाणले बताएका छन् । सो समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग आफूले निवासमै तीनपटक बैठक गरेको, मन्त्रालयमा पनि कुराकानी गरेको भएको उनले बताए । सरकारले मुलुकमा शान्ति चाहेको बताउँदै सबै राजनीतिक दल संवाद र वार्तामा आएर राष्ट्रिय राजनीतिको मूलधारमा आउन्, संवैधानिक प्रक्रियामा आउन्, संविधानको अपनत्व ग्रहण गरून् भन्ने चाहना रहेको बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०३:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP