Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मधेसमै आएर चुनाव लड्छु : अध्यक्ष दाहाल
मधेसमै आएर चुनाव लड्छु : अध्यक्ष दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १४, २०७८
Hardik health
जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको साथ पाए मधेसमै आएर चुनाव लड्ने र प्रधानमन्त्री बनेर संविधान संशोधन गर्ने बताएका छन् । सर्लाहीको मलंगवामा शनिबार आयोजित शिक्षक संगठनको एकता कार्यक्रममा अध्यक्ष दाहालले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव पनि गरेका छन् । कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’ दाहालले भने, ‘गठबन्धन त हामीले गरेकै छाँ । अब पार्टी एकता गरौँ । ढिलो नगरौँ, तपाईंहरूलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौँ ।’ उनले मधेसी जनताको पक्षमा सधैँ माओवादी रहेको भन्दै उनले आगामी निर्वाचनमा मधेसमै आएर चुनाव लड्ने बताए । मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने उनको भनाइ थियो । नेपालमा गणतन्त्र माओवादीकै कारणले आएको बताउँदै उनले मधेसलाई सम्मान दिने, पहिचान दिने र मधेसीलाई राष्ट्रको सर्वोच्च निकायमा नेतृत्वमा पु¥याउने पहल माओवादीले गरेको बताए । अध्यक्ष दाहालले जुन बेला मधेसमा अधिकारको लडाइँ चलिरहेको थियो त्यो लडाइँको बेलामा आफ्नो ध्यान मधेसमै रहेको बताए । उनले मधेसी, उत्पीडितलाई अधिकार प्राप्त नभएसम्म यो राष्ट्र स्वतन्त्र पनि हुन नसक्ने भन्दै त्यसका लागि सबभन्दा पहिला मधेसी राष्ट्रिय मुक्ति मोर्चा बनाएर सामन्त, दलाल, भ्रष्टको विरुद्ध आन्दोलन छेडिएको स्मरण गराए । ‘मधेसमा यति ठूलो बलिदान नभएको भए अहिले देशमा संघीय गणतन्त्र, समानुपातिक समावेशी हुँदैनथ्यो,’ उनले भने । अध्यक्ष दाहालले भने, ‘जुन पार्टी र नेतृत्वले मधेस र मधेसी जनताको अधिकार र आत्मसमानका लागि लड्यो, जुन पार्टीले मधेसका व्यक्तिलाई राष्ट्रको सबभन्दा ठूलो राष्ट्रपतिको पदसम्म पु¥यायो त्यो पार्टी विदेशीको दलाल, मधेसविरोधी भनियो । त्योभन्दा बढी दुःखको कुरा के हुन सक्छ ।’ ‘संविधानविरोधी, संघीयताविरोधी केपी ओलीलाई आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर, राजेन्द्र महतो उसैलाई साथ दिएर उसको सरकारमा सहभागी भएको हो कि होइन,’ दाहालले अगाडि भने, ‘यो कुरा तपाईं हामी बिर्सन सक्छौँ । को मधेसको मित्र हो, को शत्रु हो । मधेसविरोधी केपी ओलीलाई साथ दिने ।’ उनले देशमा ठूलो बलिदानपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्र अहिले पनि कार्यान्वयन हुन नसकेको बताए । उनले संघीयताविरोधी, संविधानविरोधीहरू, समावेशी समानुपातिकका विरोधीले अहिले पनि यो संविधान लागू नहोस्, संविधान परिमार्जन भएर लागू नहोस्, त्यसलाई रोक्न अनेकौँ षड्यन्त्र गरिरहेको आरोप लगाए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०३:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP