Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मधेसमै आएर चुनाव लड्छु : अध्यक्ष दाहाल
मधेसमै आएर चुनाव लड्छु : अध्यक्ष दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १४, २०७८
Hardik health
जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको साथ पाए मधेसमै आएर चुनाव लड्ने र प्रधानमन्त्री बनेर संविधान संशोधन गर्ने बताएका छन् । सर्लाहीको मलंगवामा शनिबार आयोजित शिक्षक संगठनको एकता कार्यक्रममा अध्यक्ष दाहालले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव पनि गरेका छन् । कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’ दाहालले भने, ‘गठबन्धन त हामीले गरेकै छाँ । अब पार्टी एकता गरौँ । ढिलो नगरौँ, तपाईंहरूलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौँ ।’ उनले मधेसी जनताको पक्षमा सधैँ माओवादी रहेको भन्दै उनले आगामी निर्वाचनमा मधेसमै आएर चुनाव लड्ने बताए । मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने उनको भनाइ थियो । नेपालमा गणतन्त्र माओवादीकै कारणले आएको बताउँदै उनले मधेसलाई सम्मान दिने, पहिचान दिने र मधेसीलाई राष्ट्रको सर्वोच्च निकायमा नेतृत्वमा पु¥याउने पहल माओवादीले गरेको बताए । अध्यक्ष दाहालले जुन बेला मधेसमा अधिकारको लडाइँ चलिरहेको थियो त्यो लडाइँको बेलामा आफ्नो ध्यान मधेसमै रहेको बताए । उनले मधेसी, उत्पीडितलाई अधिकार प्राप्त नभएसम्म यो राष्ट्र स्वतन्त्र पनि हुन नसक्ने भन्दै त्यसका लागि सबभन्दा पहिला मधेसी राष्ट्रिय मुक्ति मोर्चा बनाएर सामन्त, दलाल, भ्रष्टको विरुद्ध आन्दोलन छेडिएको स्मरण गराए । ‘मधेसमा यति ठूलो बलिदान नभएको भए अहिले देशमा संघीय गणतन्त्र, समानुपातिक समावेशी हुँदैनथ्यो,’ उनले भने । अध्यक्ष दाहालले भने, ‘जुन पार्टी र नेतृत्वले मधेस र मधेसी जनताको अधिकार र आत्मसमानका लागि लड्यो, जुन पार्टीले मधेसका व्यक्तिलाई राष्ट्रको सबभन्दा ठूलो राष्ट्रपतिको पदसम्म पु¥यायो त्यो पार्टी विदेशीको दलाल, मधेसविरोधी भनियो । त्योभन्दा बढी दुःखको कुरा के हुन सक्छ ।’ ‘संविधानविरोधी, संघीयताविरोधी केपी ओलीलाई आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर, राजेन्द्र महतो उसैलाई साथ दिएर उसको सरकारमा सहभागी भएको हो कि होइन,’ दाहालले अगाडि भने, ‘यो कुरा तपाईं हामी बिर्सन सक्छौँ । को मधेसको मित्र हो, को शत्रु हो । मधेसविरोधी केपी ओलीलाई साथ दिने ।’ उनले देशमा ठूलो बलिदानपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्र अहिले पनि कार्यान्वयन हुन नसकेको बताए । उनले संघीयताविरोधी, संविधानविरोधीहरू, समावेशी समानुपातिकका विरोधीले अहिले पनि यो संविधान लागू नहोस्, संविधान परिमार्जन भएर लागू नहोस्, त्यसलाई रोक्न अनेकौँ षड्यन्त्र गरिरहेको आरोप लगाए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०३:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP