Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वैकल्पिकको पनि उही पारा !
वैकल्पिकको पनि उही पारा !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक १२, २०७८
Hardik health
काठमाडौं– मूलधारका पराम्परागत पार्टीहरूले मुलुक निर्माण गर्न नसक्ने निष्कर्षसहित वैकल्पिक राजनीतिको बाटो अँगालेको दाबी गर्ने विवेकशील साझा पार्टी दोस्रोपटक फुटको संघारमा पुगेको छ । एकपटक फुटेर जुटेको विवेकशील साझा फेरि फुटको नजिक पुगेको हो । सोही पार्टीको नेताहरूले उक्त पार्टी फुटिसकेको तर, औपचारिक घोषणा मात्र हुन बाँकी रहेको बताउन थालेका छन् । आफूलाई प्रगतिशील पार्टी दाबी गर्ने दलहरूको हविगत पनि अन्य परम्परागत दलहरूको जस्तै बन्न पुगेको छ । पछिल्लोपटक अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव ‘मार्ग परिवर्तन’ दस्तावेज अघि सारेपछि सिर्जना भएको विवाद अहिले समानान्तर गतिविधि सञ्चालनसम्म पुगेको छ । सुरुवातमा मिश्रले ल्याएको प्रस्तावको विपक्षमा उभिएको समूह बलियो देखिए पनि पछिल्ला गतिविधिहरूले पार्टीभित्र मिश्र पक्ष हाबी हुँदै गएको देखिएको छ । बिहीबार मिश्रले आफूले पेस गरेको प्रस्ताव केन्द्रीय समितिमा दुई तिहाई मतले पारित भएको दाबी गरेका छन् भने अर्का संयोजक मिलन पाण्डेले मिश्रको गतिविधिले पार्टी सग्लै रूपमा रहने संभावना सकिएको प्रतिक्रिया दिएका छन् । मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेज केन्द्रीय समितिको दुई–तिहाइ बहुमतबाट पारित भएको दाबी गरेको छ । संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्ने अध्यक्ष मिश्रको प्रस्ताव पारित भएको प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन् । मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेजमाथि छलफल गर्न भन्दै बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको थियो । बैठकमा संयोजक पाण्डे पक्षका सदस्यहरू उपस्थित थिएनन् । पाण्डे पक्षले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रवक्ता पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्मनिरपेक्षतामाथि जनमत संग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन् ।’ बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी पार्टीको विधान पनि संशोधन गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि अध्यक्ष र संयोजकको सहमतिमा एजेन्डा तय गरेर केन्द्रीय कमिटी बैठक बोलाउने प्रावधान थियो । विज्ञप्तिमा ‘पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको’ निष्कर्ष निकालिएको भनिएको छ । बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको पनि पाठकले जानकारी दिएका छन् । अब निर्वाचन आयोगमा भेटः पाण्डे यता संयोजक पाण्डेले अध्यक्ष मिश्रबाट पार्टी फुटाइएको आरोप लगाएका छन् । एकलौटी रूपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए । ‘मैले बिहान केन्द्रीय कमिटीमा चिठीसमेत पठाएर पार्टी फुटाउनुभयो, बधाइ छ भनेर भनेको पनि छु,’ उनले भने, ‘आजको निर्णयबाट उहाँले पार्टी दोस्रोपटक फुटाउनुभयो ।’ उनले मिश्र पक्षले बिहीबार बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको पनि उनले दाबी गरेका छन् । उनले बिहीबारको बैठक गुटको बैठक मात्र भएको दाबी गर्दै पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचन आयोगले निक्र्यौल गर्ने प्रतिक्रिया दिएका छन् । पाण्डेले मिश्रसँग बैठक बोलाउने कुनै अधिकार नभएको पनि दाबी गरेका छन् । उनले पार्टीको विधानले अध्यक्षलाई ‘सेरेमोनियल’ र संयोजकलाई कार्यकारी भूमिका दिएको बताए । यसको छिट्टै कानुनी रूपमा टुंगो लाग्ने भन्दै उनले मिश्रले राजनीतिक रूपमा पश्चगमनको बाटो समातेको आरोप लगाए । विवादको बिजारोपणः मिश्रको प्रस्ताव अध्यक्ष मिश्रले २१ साउन ०७८ मा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्तावेज सार्वजनिक गरेसँगै पार्टीमा वैचारिक ध्रुवीकरण देखिएको थियो । मिश्रको दस्तावेज आएको ८ दिनपछि संयोजक पाण्डे, सचिवालय सदस्य केशव दाहाल, डा.राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले अध्यक्ष ‘उल्टो बाटो हिँडेको’ भन्दै काउन्टर प्रस्ताव अघि सारेका थिए । मिश्रले १७ भदौमा बोलाएको केन्द्रीय कमिटी बैठकमा १०१ जनाको उपस्थिति देखिएपछि उनी उत्साहित छन् । भलै यसमा पाण्डे पक्षका केन्द्रीय सदस्यहरू पनि सहभागी थिए । मिश्रले बहुमत सदस्यबाट कारबाहीको निर्णय गर्ने तयारी गरेपछि त्यसलाई रोक्न बैठकमा सहभागी भएको पाण्डे पक्षको जिकिर छ । तर, मिश्रले भने सोही उपस्थितिलाई देखाएर आफू बलियो बनेको सन्देश दिइरहेका छन् । मिश्र पक्ष पार्टीभित्र बलियो बन्दै गएको आइतबारको सचिवालय बैठकले पनि देखाउँछ । उनले आइतबार बोलाएको सचिवालय बैठकमा १५ जना सदस्य सहभागी थिए । विवकेशील र साझाबीच एकीकरण हुँदा दुवै पक्षबाट १३÷१३ जना रहने गरी २६ सदस्यीय सचिवालय समिति बनाइएको थियो । प्रदेश कमिटीमा पनि मिश्र पक्ष बलियो रहेको पाण्डे पक्षका नेताहरूको बुझाइ छ । पार्टीभित्र समानान्तर गतिविधि हुन थालेपछि अब विवेकशील साझा फुटको नजिक पुगेको विश्लेषण गर्न थालिएको छ । पार्टीमा एकता पक्षधर केही नेताहरू पनि छन् । तर, उनीहरूको भूमिका हस्तक्ष्ँेपकारी देखिँदैन । त्यसैले पार्टी फुटलाई टार्न निकै सकस हुने अनुमान गर्न सकिन्छ । मिश्र पक्षले बिहीबार छुट्टै बैठक राखेपछि अब यो मुद्दा निर्वाचन आयोगमा पुगेर मात्र टुंगिने बताइन थालेको छ । बिहीबार नै संयोजक पाण्डेले मिश्र पक्षसँग आयोगमा भेट हुने चेतावनी दिएर पार्टी फुटको संभावनालाई स्वीकार गरिसकेका छन् । यदि आयोगमा केन्द्रीय कमिटीको ६६ सदस्यको सनाखत गराउन सके मिश्र पक्षले आधिकारिता पाउनेछ । त्यो अवस्थामा पार्टीको चुनाव चिह्न र नाम मिश्र पक्षसँग रहनेछ भने संयोजक पाण्डे संकटमा पर्ने देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ०४:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP