Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सर्‍यो कांग्रेस महाधिवेशन
सर्‍यो कांग्रेस महाधिवेशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ११, २०७८
Hardik health
काठमाडौं– यसअघि तीनपटक मिति सारिसकेको सत्तारुढ दल नेपाली कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी २७ देखि २९ मंसिरसम्म गर्ने गरी महाधिवेशनको मिति चौँथोेपटक सारेको हो । कांग्रेस निर्वाचन समितिका सदस्य एकराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा २७ कात्तिकमा वडा अधिवेशन हुने छ । उनका अनुसार ३० कात्तिकमा पालिका अधिवेशन हुने छ । यसअघि नै कांग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझैं वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा बारा र रौतहटको क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । पोखरेलका अनुसार ३ मंसिरमा अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ । ६ मंसिरमा संघीय निर्वाचन क्षेत्र अधिवेशन र १० मंसिरमा जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । १६ र १७ मंसिरमा सात वटै प्रदेशको अधिवेशन हुने छ । मंगलबार पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोहीअनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको छ । यसअघि कांग्रेसले तीनपटक महाधिवेशन सारेको थियो । कांग्रेसले पहिलोपटक ७ देखि १० फागुनमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा देखिएको समस्याका कारण ७ देखि १० भदौसम्मका लागि महाधिवेशन सारिएको थियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो । तर, उक्त मितिमा पनि क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको महाधिवेशनको मिति अन्ततः २७ देखि २९ मंसिरका लागि सारिएको छ । ‘सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार’ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनस्र्थापनाको आदेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् । मंगलबार देशभर एकसाथ पार्टीको पालिका अधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटनको मुद्दाको सुनुवाई गरेर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । उक्त धारणाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले ओलीको अभिव्यक्तिलाई गैर जिम्मेवारको संज्ञा दिँदै परमादेशले देश र संविधान बचाएको तर्क पनि गरेका छन् । बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा देउवाले भने, परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको भन्दै उनले त्यसको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत गराएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अदालतसँग जोडिएका अरु सवालमा सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने बताएका छन् । उनले भने, ‘न्यायालय सम्बन्धमा जे उठेका सवालहरू छन्, त्यसबारे सरसल्लाह, छलफल गर्नेछौँ । यसमा धेरै कुरा छैन ।’ प्रधानमन्त्री देउवाले गजेन्द्र हमाल कांग्रेसको मान्छे भएको र बस्न नसक्ने भएपछि राजीनामा दिएको समेत दाबी गरेका छन् । ‘यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन्,’ उनले भने, ‘अदालतबारे हामीले धेरै बोल्ने कुरा छैन ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP