Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सर्‍यो कांग्रेस महाधिवेशन
सर्‍यो कांग्रेस महाधिवेशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ११, २०७८
Hardik health
काठमाडौं– यसअघि तीनपटक मिति सारिसकेको सत्तारुढ दल नेपाली कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी २७ देखि २९ मंसिरसम्म गर्ने गरी महाधिवेशनको मिति चौँथोेपटक सारेको हो । कांग्रेस निर्वाचन समितिका सदस्य एकराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा २७ कात्तिकमा वडा अधिवेशन हुने छ । उनका अनुसार ३० कात्तिकमा पालिका अधिवेशन हुने छ । यसअघि नै कांग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझैं वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा बारा र रौतहटको क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । पोखरेलका अनुसार ३ मंसिरमा अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ । ६ मंसिरमा संघीय निर्वाचन क्षेत्र अधिवेशन र १० मंसिरमा जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । १६ र १७ मंसिरमा सात वटै प्रदेशको अधिवेशन हुने छ । मंगलबार पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोहीअनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको छ । यसअघि कांग्रेसले तीनपटक महाधिवेशन सारेको थियो । कांग्रेसले पहिलोपटक ७ देखि १० फागुनमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा देखिएको समस्याका कारण ७ देखि १० भदौसम्मका लागि महाधिवेशन सारिएको थियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो । तर, उक्त मितिमा पनि क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको महाधिवेशनको मिति अन्ततः २७ देखि २९ मंसिरका लागि सारिएको छ । ‘सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार’ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनस्र्थापनाको आदेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् । मंगलबार देशभर एकसाथ पार्टीको पालिका अधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटनको मुद्दाको सुनुवाई गरेर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । उक्त धारणाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले ओलीको अभिव्यक्तिलाई गैर जिम्मेवारको संज्ञा दिँदै परमादेशले देश र संविधान बचाएको तर्क पनि गरेका छन् । बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा देउवाले भने, परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको भन्दै उनले त्यसको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत गराएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अदालतसँग जोडिएका अरु सवालमा सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने बताएका छन् । उनले भने, ‘न्यायालय सम्बन्धमा जे उठेका सवालहरू छन्, त्यसबारे सरसल्लाह, छलफल गर्नेछौँ । यसमा धेरै कुरा छैन ।’ प्रधानमन्त्री देउवाले गजेन्द्र हमाल कांग्रेसको मान्छे भएको र बस्न नसक्ने भएपछि राजीनामा दिएको समेत दाबी गरेका छन् । ‘यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन्,’ उनले भने, ‘अदालतबारे हामीले धेरै बोल्ने कुरा छैन ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP