Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस १४औँ महाधिवेशन : अझै मिति अनिश्चित
कांग्रेस १४औँ महाधिवेशन : अझै मिति अनिश्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १०, २०७८
Hardik health
काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका पटक–पटक सरिसकेको छ । अन्तिमपटक आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने भनिएमा उक्त मितिमा पनि महाधिवेशन नहुने निश्चितजस्तै छ । पछिल्लोपटक तोकिएको महाधिवेशनको मिति पनि प्रभावित हुने भएपछि अब कांग्रेसको महाधिवेशन कहिले हुन्छ भन्ने चासो बढिरहेको छ । क्रियाशील सदस्यता विवादका केही जिल्लामा अझै पनि मिल्न नसकेकाले तोकिएको मितिमा महाधिवेशन नहुने देखिएको हो । कांग्रेसको महाधिवेशन पछिल्लोपटक तोएिका मितिमा पनि नहुने भएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको निर्वाचन समितिसँग छलफल गरेका छन् । छलफलमा कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधनबारे छलफल भएको थियो । निर्वाचन समितिले सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने निष्कर्ष सुनाउँदै नयाँ कार्यतालिका तोक्न सुझाव दिएको छ । निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताएका छन् । निर्वाचन समितिले पार्टीले निर्वाचन कार्यतालिकाअनुसार काम नगरेको गुनासो गरेको थियो । सभापति देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘पार्टी सभापतिले स्पष्ट रूपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईंहरूले यो प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढाउनुहोस् । र मंसिरभित्र महाधिवेशन गरी सक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रीय महाधिवेशन जुन छ, यो मंसिरभित्र हुनुपर्छ । र त्यही अनुरूप तपाईंहरूले कार्यतालिका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनुभएको छ’ डा. महतले भने । निर्वाचन समितिका सदस्य घिमिरेले पार्टीले सहयोग गरेमा मंसिरभित्रै महाधिवेशन गर्न सकिने भन्दै आफूहरूले दुई दिनमा नयाँ कार्यतालिका ल्याउने बताए । छलफलका क्रममा वरिठ नेता पौडेलले मंसिर ९ देखि १३ गतेकै मितिमा महाधिवेशन गर्नुपर्ने बताएका थिए । तर, निर्वाचन समितिले सो समितिमा महाधिवेशन गर्न नसकिने बताएको छ । कतिपय जिल्लामा वडा अधिवेशन पनि नभएको अवस्थामा अबको एक महिनाको अवधिमा सबै महाधिवेशन गर्न नसकिने निर्वाचन समितिले बताएको छ । त्यसपछि पौडेलले महाधिवेशन मंसिरभित्र सम्पन्न गर्ने गरी केन्द्रीय समितिबाट निर्णय गराउन सभापति देउवालाई आग्रह गरेका छन् । ‘महाधिवेशनको कार्यतालिकामा केही सानोतिनो हेरफेर गर्नुप¥यो भने कार्य समितिले बनाएको कार्यतालिका हो । र त्यसलाई हेरफेर गर्न पनि केन्द्रीय कार्य समिति बैठक बोलाउनुपर्छ । त्यसलाई फर्मल बनाउन पनि केन्द्रीय कार्य समितिको बैठक बोलाइयोस् भनेर मैले माग गरेको छु’ वरिष्ठ नेता पौडेलले भने । कांग्रेसले पछिल्लोपटक संशोधन गरेको कार्यतालिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनु पर्ने थियो । तर, अझै केही जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान हुन नसकेकाले वडा अधिवेशन हुन बाँकी छ । त्यस्तै, ९ असोजमा हुने भनिएको पालिका अधिवेशन पनि ति जिल्लामा बाँकी छ । १२ असोजमा हुने भनिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएको छ । १५ असोजमा हुने भनिएको एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन, १८ असोज हुने भनिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अविधेशन प्रभावित भइसकेको छ । १० देखि १२ कात्तिकसम्म हुने भनिएको प्रदेश अधिवेशन प्रभावित हुने निश्चित भइसकेको छ भने, ९–१३ मंसिरसम्म काठमाडौंमा गर्ने भनिएको केन्द्रीय महाधिवेशनको समयतालिका पनि अनिश्चित बनेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP