Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भुटानी मोडेलको राजसंस्था आवश्यक नभएको भनाइ
भुटानी मोडेलको राजसंस्था आवश्यक नभएको भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १०, २०७८
Thakur Mohan Shrestha
Hardik health
काठमाडौं– नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्भभौमिकतामाथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको पूर्वसुरक्षाकर्मी परिषद्को धारणा रहेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आमनेपालीलाई एकजुट हुन आग्रह गरेको हो । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिले’ मा ‘रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपाल र नेपालीको स्वाभिमानमाथि गम्भीर आक्रमण भएको, नेपालको अहित हुने गरी भारतले विगतमा नेपालविरुद्व गरेका अक्षम्य अपराधहरूको भरणपोषण गरेकोसमेत परिषद्को आरोप छ । कार्यक्रममा बोल्दै पूर्वडिआइजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर गरिरहेको प्रयास र नेपाली जनताको सार्वभौमसत्तामाथि सधैँ खेलिरहने भारतको मनसाय कायमै रहेको बताए । भारतसँग मैत्रीपूर्ण सम्वादबाट समस्याको समाधान खोजिनु पर्नेसमेत उनको भनाइरहेको छ । राष्ट्रियता बचाइराख्न कूटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्वसुरक्षा निकाय मात्रै नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेला आइसकेको उनको धारणा रहेको छ । कहिले पनि कसैको गुलाम नभएको देशको राष्ट्रियतामाथि कसैले सवाल उठाउँछ भने पूर्वसुरक्षाकर्मी कुनै पनि हालतमा चुप लागेर नबस्नेसमेत उनको चेतावनी छ । त्यस्तै, कार्यक्रममा बोल्दै पूर्वजर्नेल डा.प्रेमसिह बस्न्यातले विकासका नाममा एमसिसी भित्र्याउन र कोही भुटानी मोडेलको राज्य स्थापना गरी सिक्किमे लेन्डुप बनाउने अभिप्राय रहेको बताए । यस्तो लोन्डुपे प्रवृत्तिविरुद्व एक भई उभिनुपर्नेमा जोड दिए । सार्वभौम स्वतन्त्रता र स्वाधीनतालाई कुल्चने भु्टानी मोडलको राजसंस्था आवश्यक नरहेको उनको भनाइ छ । यदि देश र जनतालाई आवश्यक महसुस भए नेपालीले नै आवश्यकता अनुसारको राजसंस्था स्थापना गर्न सक्षम रहेको उनले बताए । सुगौली सन्धिपछि नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक सुरक्षा सबैभन्दा कमजोर दुर्बल भएको, नेपाली जनता निर्णायक नभई विदेशीहरू निर्णायक रहँदै आएको उनको भनाइ छ । तिनै तत्वहरूले नेपाली धर्म संस्कृति, नेपाली भाषा, नेपाली सेना, नेपाल प्रहरी सबैलाई कमजोर बनाउन खोजेकोसमेत उनको दाबी छ । यसैगरी, कार्यक्रममा सामाजिक अगुवा राजेन्द्रकेशरी पाण्डेले नेपाल कहिल्यै कसैको गुलाम नभएको भन्दै राष्ट्रियताको सवालमा प्रश्न उठाउँछ भने पूर्वसुरक्षाकर्मी कुनै हालतमा चुप नबस्ने बताए । उनले भने, ‘यस्ता किसिमका क्रियाकलापका खातिर सदैब खबरदारी गर्दै परिआए राष्ट्रका लागि बलिदानी दिनसमेत तयार छौँ ।’ त्यस्तै, घाइते तथा अपांग संघ तथा भूपूसुरक्षाकर्मी संघका उपाध्यक्ष हिमाल अर्यालले विकासका नाममा एमसिसी भित्र्याउन र कोही भुटानी मोडेलको राज्य स्थापना गरी सिक्किमे लेन्डुप बनाउने अभियानमा आएको हुँदा लेन्डुपे प्रवृत्तिका विरुद्ध कटिबद्ध भई अगाडि बढ्ने चेतावनी दिए । उनले भने, ‘हाम्रो सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन । देश र जनतालाई आवश्यक महसुस भए नेपालीहरू नै राजसंस्था स्थापना गर्न सक्षम छौँ ।’ कार्यक्रममा संयोजक केबी रावतले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए । कार्यक्रमको संचालन हेमशंकर जेडीले गरेका थिए । पूर्वसुरक्षाकर्मीका थुप्रै वक्ताहरूले कार्यक्रममा आफ्नो अभिव्यक्ति दिएका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP