
काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७८.८२ अङ्कले उकालो लागेर दुई हजार ७५१.०७ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.५० अङ्कले बढेर ५१६.०७ मा पुगेको छ । कूल २२७ कम्पनीको एक करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर रु छ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४५.०१, व्यापार ८३.३६, होटल तथा पर्यटन २३२.२, विकास बैंक १८५.८३, जलविद्युत् १२३.५९, वित्त १३६.६६, निर्जीवन बिमा ३१७.५३, उत्पादन १७४.५५, अन्य ४४.८८, लघुवित्त ६८.३१, जीवन बिमा ४९९.९८, सामूहिक लगानी कोष ०.२१ र लगानी ३.९१ अङ्कले बढेको छ ।