

पोखरा – सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रमबीच आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिन’ रहने व्यहोरा ब्यक्त गरेको छ ।
उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका संचालक तथा बिमाविज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्तरूपमा अनावरण गरेका थिए । उक्त अवसरमा अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भए सँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे । त्यसैगरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बिमित÷ सेवाग्राहीहरूलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रूपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी दश वर्षभन्दा बढी अवधिदेखि जीवन बिमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भूमिका निभाएका सफल बिमाविज्ञ तथा कम्पनीका सञ्चालक झाले उक्त कार्यक्रममा बिमाको महत्व र नयाँ लोगोको आवश्यकताको बारेमा प्रकाश पारे । विज्ञ झाले जीवन बिमाका चार आधारहरू बिमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यी मध्ये प्रमुख अभिकर्ता तथा कर्मचारी जसले बिमित तथा कम्पनीबीच एउटा मजबुत पुलको काम गरेका हुन्छन् भन्दै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रूपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात् ‘सबै सुखी हुन्’ का साथ सुरु गरेको बताए ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत खडकाले नयाँ लोगो र नयाँ पहिचान भनेको बिमा सेवामा उत्कृष्टताको प्रतिबद्धता हो, त्यसैले कम्पनी ब्यवस्थापन संचालक समिति, बिमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको व्यहोरा व्यक्त गरे ।
दुई दिनसम्म संचालित उक्त कार्यक्रममा कम्पनीबाट समय समयमा जारि भएका बिभिन्न बिमा योजनाहरू बिमा बजारमा लगि कम्पनीको ब्यवसाय विस्तारमा पु¥याएको योगदानको उच्च कदर गर्दै आ.ब. २०७७÷०७८ का उत्कृष्ट अभिकर्ता तथा एजेन्सी मैनेजरहरूका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिई उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरूलाई विभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा रामबहादुर तामाङ, सुनिल खड्का र कमलप्रसाद घिमिरेलगायतले बोलेका थिए ।