Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बस्न सकेन फुलकोर्ट : जबराको राजीनामा माग
बस्न सकेन फुलकोर्ट : जबराको राजीनामा माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ९, २०७८
Hardik health
काठमाडौं– सर्वोच्च अदालतमा आइतबार प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) स्थगित भएको छ । आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको भेटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार फुलकोर्ट आह्वान गरेका थिए । उक्त बैठकमा न्यायलयको सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समिति तयार पारेको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ताको उपाधिका विषयमा छलफल हुने भनिएको थियो । मुलतः गोलाप्रथामार्फत पेशी तोक्ने सुझाव कार्यान्वयनका लागि निर्णय गर्न फुलकोर्ट बोलाइए पनि सर्वोच्चकै न्यायाधीशहरूले बहिष्कार गरेपछि बस्न नसकेको हो । आइतबार फुलकोर्ट आह्वान बस्ने नोट पठाइएलगत्तै बसेका १४ न्यायाधीशको बैठकले सोमबारको बैठकमा उपस्थित नहुने निर्णय गरेका थिए । प्रधानन्यायाधीश जबराले न्यायलयको गरिमा कायम गर्न नसकेको र कार्यपालिकासँग अपवित्र साँठगाँठ गरेको निष्कर्ष निकाल्दै न्यायाधीशहरूले फुलकोर्ट बहिष्कार गर्ने निर्णय गरेका थिए । न्यायाधीशहरूले सोमबार इजलास पनि बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नगएका सर्वोच्चका न्यायाधीशहरू सोमबार बिहानैबाट छलफलमा जुटेका थिए । सोमबार प्रधानन्यायाधीश जबराले आफूबाहकेको सात इजलास तोकेका थिए । राणाले ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर, कोही पनि न्यायाधीश इजलासमा सहभागी भएनन् । राणाले न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका थिए । तर, सर्वोच्चमा उपस्थित १३ न्यायाधीश इजलासमा नगई छुट्टै बैठकमा बसेका थिए । उनीहरूले फुलकोर्ट र इजलासपछि आगामी कदम के हुने भन्नेबारेमा छलफल गरेका थिए । राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिष्कार गरेका थिए । उक्त निर्णय सोमबार पनि निरन्तर राखेका हुन् । सर्वोच्चमा कार्यरत १९ स्थायी न्यायाधीशमध्ये पाँचजना काठमाडौं बाहिर भएकाले अदालतमा उपस्थित थिएनन् । आइतबारको बैठकमा सहभागी न्यायाधीश नहकुल सुवेदी सोमबार आकस्मिक बिदामा बसेका थिए । न्यायाधीश सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा भने खप्तड भ्रमण छन् । उनीहरू पूर्वनिर्धारित कार्यक्रमअनुसार नै खप्तड पुगेको सर्वोच्च प्रशासनले जनाएको छ । उनीहरू दिपायल उच्च अदालत अनुगमन गर्दै खप्तड पुग्ने कार्यक्रम थियो । यस्तै, न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिकामा छन् भने न्यायाधीश तेजबहादुर केसी र कुमार चुडाल घर बिदामा छन् । प्रधानन्यायधीशलाई भेट्ने फुलकोर्ट बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश जबरालाई संयुक्त रूपमा भेट्ने भएका छन् । नेतृत्वसँग असन्तुष्ट न्यायाधीशहरूबीच भएको छलफलमा मंगलबार बिहान साढे ११ बजे सबैले भेट्ने र न्यायलयमा देखिएको समस्याहरूबारे आफ्नो धारणा राख्ने सहमति भएको हो । स्रोतका अनुसार बैठकमा केही न्यायाधीशले जबरालाई केही सुधार नगर्ने भएकाले भेट्नुको अर्थ नभएको धारणा राखेका थिए । तर, केहीले भने मुद्दाको फैसला गर्दा त आरोपित पक्षलाई आफ्नो धारणा राख्न दिइन्छ भने यति गम्भीर आरोपबारे जबराको पनि धारणा सुन्नुपर्ने मत राखेका थिए । एक न्यायाधीश भन्छन्, ‘उहाँको धारणा पनि सुनौँ भन्नेमा हामी सहमत भएका छौँ ।’ उनका अनुसार मंगलबार सबै न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेट्ने छन् र आफ्नो धारणा राख्ने छन् । त्यसमा प्रधानन्यायाधीश जबराको जवाफ सुनेपछि फेरि सबै बसेर छलफल गर्ने र एउटा निर्णयमा पुग्ने सहमति न्यायाधीशहरूबीच भएको छ । बारद्वारा राजीनामा माग कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको छ । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौँ’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ । भोलि सबै सल्लाहकारहरूसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौँ ।’ श्रेष्ठले भने । यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । बारले मंगलबारका लागि सल्लाहकार समितिको बैठक आह्वान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ । बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने अध्यक्ष श्रेष्ठले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP