Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चैतमा स्थानीय चुनाव !
चैतमा स्थानीय चुनाव !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ९, २०७८
voting-1
Hardik health
काठमाडौं– निर्वाचन आयोगले आगामी चैतको पहिलो साता स्थानीत तहको निर्वाचन गर्न सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी ५ चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेका हुन् । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी ५ जेठमा सकिँदै छ । कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिए पनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले ५ जेठअघि नै चुनाव गर्नुपर्ने आयोगको राय छ । प्रमुख आयुक्त थपलियाका अनुसार प्रधानमन्त्री देउवाले यसबारे सरकारले उपयुक्त निर्णय गर्ने बताएका छन् । आयोगले स्थानीय तहका रिक्त जनप्रतिनिधिहरूको पदपूर्ति गर्न अब स्थानीय तहको उपनिर्वाचन गर्नु नपर्ने धारणा राखेको छ । स्थानीय तहको कार्यकाल धेरै बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने आयोगले बताएको हो । तर, प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ । त्यसैगरी आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ । राष्ट्रियसभाका २० सदस्यको पदावधि आगामी फागुनमा सकिँदैछ । संविधानको धारा ८६(३) र राष्ट्रियसभा नियमावली, ०७५ को नियम २०८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि आयोगले नयाँ चुनाव सिफारिस गरेको हो । आयोगका अनुसार चन्द्रबहादुर खड्काको स्थानमा गत १७ जेठमा भएको उपनिर्वाचनबाट दृगनारायण पाण्डेय निर्वाचित भएकोमा उनको कार्यकाल पनि २० फागुनसम्म मात्रै कायम हुनेछ । प्रदेशका १८ र प्रतिनिधिसभाका ४ सांसदको पनि पद रिक्त, रहेकाले ती पदमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । आयोग स्रोतका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि २० फागुनमा सकिँदैछ । राष्ट्रियसभाको कार्यकाल सकिनु ३५ दिनअघि चुनाव गर्नुपर्ने व्यवस्था भएकाले आयोगले माघ पहिलो साताका लागि चुनावको मिति प्रस्ताव गरेको हो । राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । संविधानको धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ । आगामी फागुनमा एमालेका नैनकला ओझा, परशुराम मेघी गुरुङ, अगम प्रसाद वान्तावा, चक्रप्रसाद स्नेही, सुमनराज प्याकुरेल , कोमल वली , रामलखन चमार र कविता बोगटी कार्यकाल सकिँदै छ । यस्तै, माओवादी केन्द्रका शशीकला दाहाल (राष्ट्रिय सभा उपाध्यक्ष) खिमकुमार विक, दिनानाथ शर्मा, जीवन बुढा र रामनारायण विडारीको पदावधि सकिने छ । नवगठित नेकपा एकीकृत समाजवादी उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, शेरबहादुर कुवँर, खगेन्द्र प्रकाश पुरीको चार वर्षे कार्यकाल पनि सकिएको छ । नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृघनारायण पाण्डे, तारादेवी भट्टको पनि पदावधि सकिँदैछ । दुई वर्ष पदावधिको चिठ्ठा परेका १९ जना सांसद ०७६ मा बिदा भएका थिए । उनीहरूको ठाउँमा ६ वर्षका लागि १९ जना निर्वाचित भएर आएका थिए । अब राष्ट्रिय सभामा आउने २० सांसदको कार्यकाल ६ वर्षको हुनेछ । उनीहरूको मतदाता प्रदेशसभा सांसद र गाउँ–नगरपालिका प्रमुख–उपप्रमुख हुन्छन् । गोला प्रथामा ६ वर्षे पदावधिको चिठ्ठा परेका २० जना सांसद छन् । सरकारले रिक्त रहेका २२ सांसद पदको उपनिर्वाचन गर्ने विषयमा पनि दलहरूसँग छलफल गर्ने भएको छ । आयोगको टोली र प्रधानमन्त्री देउवाबीच छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो । छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा ४ सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल थोरै भएकाले उपनिर्वाचन गर्न सरकारको राय मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारेमा निष्कर्ष निकालिने बताएका थिए । यसैबीच आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा रु.३० करोड बजेट माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि रु.३० करोड माग गरेको हो । आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठलगत्तै सुरु गर्ने योजना बनाएको छ । आयोगले अब नयाँ कानुनअनुसार चुनाव गर्ने प्रस्ताव पनि गरेको छ । त्यसका लागि विभिन्न ९ वटा कानुनलाई ३ वटामा समेटेर परिमार्जन गर्नेगरी ड्राफ्ट तयार पार्ने प्रक्रिया सुरु भएको आयोगले जनाएको छ । त्यसका लागि मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिको जरुरी हुन्छ । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएपछि यो कार्यले गति लिने आयोगको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP