Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसभित्र कलहः मतदान स्थगित
कांग्रेसभित्र कलहः मतदान स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ८, २०७८
Hardik health
विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार राखिएको प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक समस्याका कारण प्रदेशसभा बैठक १५ कात्तिकसम्मका लागि स्थगित गरिएको हो । सत्तारुढ दल नेकपा एमाले विभाजित भएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार आइतबार प्रदेशसभाको बैठक डाकिएको थियो । तर, बैठक सुरु हुने बेलामा अकस्मात कांग्रेसले बैठक सार्न माग गर्दै सभामुख प्रदीप भण्डारीलाई निवेदन दिएका थिए । कांग्रेसले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका कारण नेताहरू व्यस्त हुनुपरेकाले बैठक सार्न सभामुखलाई आग्रह गरेको थियो । त्यसपछि सत्तारुढ दल एमालेले पनि महाधिवेशन र पार्टीको केन्द्रीय कमिटी बैठक भएको भन्दै १५ कात्तिकसम्म प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेपछि बैठक एकसाता पर सारिएको हो । बैठक सरेसँगै अल्पमतमा परिसकेको आचार्य नेतृत्वको प्रदेश सरकारको आयु एकसाता लम्बिएको छ । कांग्रेसमा कलह हाल कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा बाढी पहिरोको कारण प्रभावित क्षेत्रको अवलोकनका लागि प्रदेश १ को भ्रमणमा छन् । कांग्रेसले सभामुखलाई बुझाएको पत्रमा पनि नेताहरू प्रधानमन्त्रीको भ्रमणका कारण व्यस्त हुने भएकाले बैठक सार्न आग्रह गरिएको छ । यद्यपि खास कारण त्यो नभएको स्रोतको दाबी छ । प्रदेशसभा बैठक सुरु हुनैलाग्दा कांग्रेसका केही प्रदेशसभा सदस्यहरूले ङ्खलोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले हतारमा बैठक सार्न माग गरेको थियो । ९२ सदस्यीय प्रदेशसभामा एमालेको सभामुखसहित ४१, कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादीको ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १÷१ जना प्रदेशसभा सदस्य छन् । संघीय सरकारमा रहेका पाँच दलीय गठबन्धनबीच प्रदेश १ मा सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । सोहीअनुसार आचार्यले विश्वासको मत नपाउने र एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की जस्तै थियो । तर, कांग्रेस र जसपाका करिब ९ जना प्रदेशसभा सदस्ले ङ्खलोर क्रस गरेर आचार्यलाई विश्वासको मत दिने तयारी भएको सूचना पाएपछि कांग्रेसले बैठक सारेको हो । यद्यपि कांग्रेसले आङ्खनै नेतृत्वमा सरकार बनाउन चाहेको कुरा पनि प्रष्ट छ । कांग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले आलोपालो मुख्यमन्त्री बन्ने सहमति वाग्मतीमा भएको भन्दै प्रदेश १ मा पनि सोही अनुसार हुनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री देउवाले प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट छ । प्रदेश १ का कांग्रेस संसदीय दलका नेता कोइराला पौडेल समूहमा पनि डा.शेखर कोइराला निकट हुन् । मुख्यमन्त्रीको दाबेदारसमेत रहेका उनी कम्तीमा आलोपालोको सहमति होस् भन्ने चाहन्छन् । वाग्मतीमा एउटा र प्रदेश १ मा अर्काे नियम लागू नहुने भन्दै उनले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०४:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP