Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसभित्र कलहः मतदान स्थगित
कांग्रेसभित्र कलहः मतदान स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ८, २०७८
Hardik health
विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार राखिएको प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक समस्याका कारण प्रदेशसभा बैठक १५ कात्तिकसम्मका लागि स्थगित गरिएको हो । सत्तारुढ दल नेकपा एमाले विभाजित भएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार आइतबार प्रदेशसभाको बैठक डाकिएको थियो । तर, बैठक सुरु हुने बेलामा अकस्मात कांग्रेसले बैठक सार्न माग गर्दै सभामुख प्रदीप भण्डारीलाई निवेदन दिएका थिए । कांग्रेसले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका कारण नेताहरू व्यस्त हुनुपरेकाले बैठक सार्न सभामुखलाई आग्रह गरेको थियो । त्यसपछि सत्तारुढ दल एमालेले पनि महाधिवेशन र पार्टीको केन्द्रीय कमिटी बैठक भएको भन्दै १५ कात्तिकसम्म प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेपछि बैठक एकसाता पर सारिएको हो । बैठक सरेसँगै अल्पमतमा परिसकेको आचार्य नेतृत्वको प्रदेश सरकारको आयु एकसाता लम्बिएको छ । कांग्रेसमा कलह हाल कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा बाढी पहिरोको कारण प्रभावित क्षेत्रको अवलोकनका लागि प्रदेश १ को भ्रमणमा छन् । कांग्रेसले सभामुखलाई बुझाएको पत्रमा पनि नेताहरू प्रधानमन्त्रीको भ्रमणका कारण व्यस्त हुने भएकाले बैठक सार्न आग्रह गरिएको छ । यद्यपि खास कारण त्यो नभएको स्रोतको दाबी छ । प्रदेशसभा बैठक सुरु हुनैलाग्दा कांग्रेसका केही प्रदेशसभा सदस्यहरूले ङ्खलोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले हतारमा बैठक सार्न माग गरेको थियो । ९२ सदस्यीय प्रदेशसभामा एमालेको सभामुखसहित ४१, कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादीको ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १÷१ जना प्रदेशसभा सदस्य छन् । संघीय सरकारमा रहेका पाँच दलीय गठबन्धनबीच प्रदेश १ मा सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । सोहीअनुसार आचार्यले विश्वासको मत नपाउने र एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की जस्तै थियो । तर, कांग्रेस र जसपाका करिब ९ जना प्रदेशसभा सदस्ले ङ्खलोर क्रस गरेर आचार्यलाई विश्वासको मत दिने तयारी भएको सूचना पाएपछि कांग्रेसले बैठक सारेको हो । यद्यपि कांग्रेसले आङ्खनै नेतृत्वमा सरकार बनाउन चाहेको कुरा पनि प्रष्ट छ । कांग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले आलोपालो मुख्यमन्त्री बन्ने सहमति वाग्मतीमा भएको भन्दै प्रदेश १ मा पनि सोही अनुसार हुनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री देउवाले प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट छ । प्रदेश १ का कांग्रेस संसदीय दलका नेता कोइराला पौडेल समूहमा पनि डा.शेखर कोइराला निकट हुन् । मुख्यमन्त्रीको दाबेदारसमेत रहेका उनी कम्तीमा आलोपालोको सहमति होस् भन्ने चाहन्छन् । वाग्मतीमा एउटा र प्रदेश १ मा अर्काे नियम लागू नहुने भन्दै उनले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०४:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP