Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गठबन्धन प्रतिगामी : ओली
सत्ता गठबन्धन प्रतिगामी : ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ७, २०७८
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिबार देशभरि एकैसाथ छ हजारभन्दा बढी वडामा वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार मुलुकभरका ६ हजार ७४५ वडामध्ये बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजारभन्दा धेरै वडा कमिटीको अधिवेशन शनिबार सम्पन्न भएको हो । त्यसमध्ये अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको उनले बताए । ‘करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्यांकन रहेको छ,’ उनले भने, ‘हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण संकलन हुँदै छ ।’ गत भदौमा विधान महाधिवेशन सम्पन्न गरेको एमाले आगामी मंसिरमा नेतृत्व चयनका लागि महाधिवेशन गर्ने तयारीमा छ । सोहीअनुसार शनिबार सबै वडामा वडा कमिटीको अधिवेशन सम्पन्न भएको हो । शनिबार हुन नसकेको वडामा पनि तत्कालै वडा अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको विधान महाधिवेशनले गाउँ तथा नगरको वडा कमिटी ३१ सदस्यीय हुने टुंगो लगाएको थियो । त्यस्तै उपमहानगरपालिकाको ४१ र महानगरपालिका कमिटी ५१ सदस्यीय हुने तय गरेको थियो । वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । एमालेको वडा अधिवेशनलाई शनिबार पार्टी अध्यक्ष केपी ओलीले एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गर्दै सम्बोधन गरेका छन् । पार्टी कार्यालय थापाथलीबाट उनले गरेको सम्बोधन वडा अधिवेशन भएका सबै वडामा सुन्ने र हेर्ने व्यवस्था गरिएको थियो । इन्टरनेटको सुविधा नभएको ठाउँमा मोबाइलमार्फत पनि अध्यक्ष ओलीको सम्बोधन सुन्ने व्यवस्था गरिएको सो पार्टीले जनाएको छ । यो प्रयोग नेपालको राजनीतिमा नौलो प्रकृतिको प्रयोग हो । वडा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रदेखि वडासम्म सर्वसम्मत बनाउने बताएका छन् । उनले पुष्पकमल दाहाल र माधवकुमार नेपालले फरक ढंगले अलग भएपछि एमाले पार्टी नयाँ ढंगले अगाडि बढेको बताए । उनले भने, ‘पार्टीभित्र अब ठूला समस्या रहेका छैनन् । यो खुशीको कुरा हो ।’ उनले विगत डेढ वर्षदेखि पार्टीभित्र अत्यन्त गम्भीर समस्या देखिएको उल्लेख गर्दै पार्टीबाट केही समूह अलग भएपछि अहिले ती समस्या आफैँ समाधान भएको बताए । ‘पार्टीमा केही समयअगाडि देखि आन्तरिक विषयलाई बाहिर लगेर छर्ने र विरोधीलाई उत्साहित बनाउने काम भइरहेको थियो,’ उनले भने, ‘हामीले प्राप्त गरेको लोकतन्त्र र संविधानको रक्षा तथा विकासका प्रयासमा व्यवधान पुर्‍याउने, देशलाई गम्भीर घाटा र प्रतिगमनमा सहयोग पु¥याउने काम भएको थियो । तर पार्टीबाट केही मानिस छोडेर अलग पार्टी बनाएपछि अब पार्टी एक ढिक्का भएको छ ।’ आत्मविश्वास, दृढता र सक्रियताका साथ पार्टी अगाडि बढिरहेको ओलीको भनाइ छ । ‘बाढी पहिरोका कारण रोकिएको ठाउँमा पनि छिट्टै हुनेछ । आठ हजारभन्दा बढी कमिटी देशभरी परिचालित हुनेछन् । त्यसबाहेक जनसँगठन र वर्गीय सँगठन पनि पार्टीले नै परिचालित गर्ने हो’ उनले भने । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । उनले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रूप देखिएको बताए । ‘प्रतिगामी शक्तिहरू अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो तीन महिनामा देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, देशलाई अग्रममनमा जान नदिने’ उनले भने, ‘स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता अराजकता राज्यस्तरबाटै गर्ने यसप्रकारका क्रियाकलाप हामीले देखिरहेका छौँ, यो विपरीत बाटो हो प्रतिगमनतर्फको बाटो हो ।’ अध्यक्ष ओलीले गत १५ र १६ असोजमा भएको विधान महाधिवेशन सर्वसम्मत रूपमा भएकामा विरोधीहरू अचम्ममा परेको बताए । छ हजार प्रतिनिधिबीच सौहाद्र्धपूर्ण छलफल देखेर विरोधीहरूले व्यक्तिको पार्टीजस्तो भएको भनेर लान्छना लगाएको पनि ओलीले टिप्पणी गरे । उनले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहो¥याउँदै सोही अनुसार पार्टीको काममा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरूको भ्रममा नपरी देश निर्माणको अभियानमा जुटन पनि सिँगो पार्टी पंक्तिलाई आह्वान गरे । ‘एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अब कमजोर हुँदै गएको छ । तीनका स्याल हुँइयाहरू कमजोर हुँदै गएका छन् । तीनका आवाजहरू सुक्दै गएका छन । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अब एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरू चलाइए । तर म कमरेडहरूलाई भन्न चाहन्छु, ती बेकारका बलेसीका पानी रहेछन भन्ने कुरा स्पष्ट भइसक्यो’ उनले भने । एमालेले ९ कात्तिकमा पालिका अधिवेशन तय गरेको छ । ७५३ वटै स्थानीय तहमा उक्त दिन एकसाथ पालिका अधिवेशन हुनेछ । सबै गाउँ, नगर, उपमहागर तथा महागरपालिका कमिटीको अधिवेशन उक्त दिन एकसाथ सम्पन्न हुने कार्यालय सचिव तामाङले बताए । एमालेले गाउँ तथा नगरपालिका कमिटी ७५, उपमहानगरपालिका कमिटी ८५ र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने तय गरेको छ । एमालेको आगामी १० देखि १३ मंसिरसम्म १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुनेछ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ०४:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP