Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रप्रमुख विवादरहित हुनुपर्छ : अध्यक्ष निरौला
राष्ट्रप्रमुख विवादरहित हुनुपर्छ : अध्यक्ष निरौला
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ७, २०७८
Govinda Niroula
Hardik health
काठमाडौं– राष्ट्रको प्रमुखजस्तो पदमा आसिन व्यक्ति/व्यक्तित्व विवादरहित हुनुपर्ने नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले बताएका छन् । शनिबार समाजवादी कांग्रेसले आयोजना गरेको बडा दसैँ, शुभदीपावली, म्हःपूजा साथै छठ चाडको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष निरौलाले वर्तमान शासक वर्गको चरित्रले पनि नेताहरूमाथि शंका गर्ने प्रशस्त स्थान रहेकाले निर्वाचनविहीन र विवादरहित राष्ट्रप्रमुखको पक्षमा रहेको उनले बताए । निर्वाचित व्यक्ति राष्ट्रप्रमुख हुँदा उनी राष्ट्रप्रति जिम्मेवार हुन नसक्ने सम्भावना रहेको उनले शंका व्यक्त गरेका छन् । अहिले मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरिएकोमा आक्रोश व्यक्त गर्दै यसको कुनै अर्थ नभएको उनले बताएका छन् । यो शब्द नै अनर्थ हुने खालको भएको भन्दै धर्मनिरपेक्षको चित्तबुझ्दो अर्थ नभएको उनले दाबी गरे । आफ्नो पार्टी संविधानतः धर्म, संस्कृतिको पक्षमा रहेको उनले बताएका छन् । सनातन धर्म, संस्कृति भन्नेबित्तिकै सबै प्रत्येक व्यक्तिले मान्दै आएको धर्म, संस्कृति, सभ्यता, धर्मको कुरा आउने उनले बताए । बिनाधर्मको कल्पना गर्न नसकिने भन्दै अध्यक्ष निरौलाले जब राज्य हुँदैन तब व्यक्ति शरणार्थीमा परिणत हुने उनले बताएका छन् । त्यसैले भाषा, धर्म, संस्कृतिजस्तो धरोहरका सम्बन्धमा स्पष्ट कानुन भएको भन्दै अहिलेका राई, लिम्बू, तामाङ, भोटे, मगर, गुरुङ, कामी, दमाई सबै कालान्तरमा हिन्दू भएको उनले उदाहरण पेस गरेका छन् । जो सनातन धर्मअन्तर्गत भएको उनले दाबी गरे । आफ्नो धर्म, संस्कृति, अस्तित्व बिर्सने हो भने आफ्नो अस्तित्व नै हराउने पनि उनले बताएका छन् । सबै जातले आ–आफ्नो जात विशेषको काम गर्नुपर्ने उनले बताए । आफ्नो पार्टीले विशेष अधिकारसहितको राजसंस्था भनेको पनि उनले स्पष्ट पारेका छन् । आफूहरूले राजतन्त्र नभनेको भन्दै विशेष अधिकारसहितको राष्ट्रप्रमुख मात्र राजसंस्था हुने उनले बताएका छन् । राजतन्त्र भन्नेबित्तिकै निरंकुशतन्त्र हुने हुनाले आफूहरू तन्त्र मान्ने पक्षमा नभएको उनले बताए । राजा को हुने कुरामा कुनै दुई मत नरहेको पनि उनले बताएका छन् । पृथ्वीनारायण शाहका वंशज, उत्तराधिकारी नै राजा रहने उनले बताए । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रले आफूलाई प्रजातन्त्रसँग तुलना गरेकोप्रति अध्यक्ष निरौलाले आक्रोश व्यक्त गरेका छन् । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रले राजसंस्था नरहे प्रजातन्त्र नरहने बताएका थिए । यस विषयमा राजा सच्चिनुपर्ने अध्यक्ष निरौलाले बताएका छन् । राजाले ‘म नरहे राष्ट्र रहँदैन, राष्ट्र रहने भने नेपाली रहँदैनन्’ भन्नुपर्ने भन्दै राजसंस्था प्रजातन्त्रका निम्ति होइन, राजसंस्थाले व्यवस्थासँग दाँज्नु नहुने मत व्यक्त गरेका छन् । राजा राष्ट्र, नेपाली जनताप्रति उत्तरदायी हुनुपर्ने उनले बताए । पछिल्लो समय जन्म दिन मनाउँदा बत्ती निभाएर मनाउँने चलन आउन थालेकोप्रति पनि उनले घोर विरोध गरेका छन् । हिन्दू संस्कृतिअनुसार बत्ती बलिरहनु पर्नेमा बत्ती नै निभाउनु हिन्दू धर्मविरुद्ध भएको भन्दै हिन्दू सम्राट हुन यस्ता कुरामा सुधार गर्नुपर्ने उनले मत व्यक्त गरे । संवैधानिक राजतन्त्र र हिन्दू राज्यको स्थापना नभएसम्मका लागि पार्टीले आन्दोलनको घोषणा गरेको पनि उनले स्मरण गरेका छन् । यसो भएन भने देश नहने सम्भावना रहेको भन्दै देश बचाउनका लागि संवैधानिक राजतन्त्र र हिन्दू राज्य हुनुपर्ने उनले बताए । जनतालाई शरणार्थी बनाउनबाट बचाउनका निम्ति देशको संरक्षण गर्नुपर्ने बताउँदै यसका लागि राष्ट्र प्रमुखको आवश्यकता पर्ने उनले बताएका छन् । राष्ट्र प्रमुख सधैँ दिगो हुनुपर्ने बताउँदै राष्ट्रप्रमुख विवादित हुनु नहुने उनले बताए । राष्ट्रियता, प्रजातन्त्र, समाजवादी अर्थनीति, विशेष अधिकारसहितको राजसंस्था आफ्नो पार्टीको स्पष्ट नीति रहेको उपाध्यक्ष पुष्पा घले रानाले बताएकी छन् । कार्यक्रममा उनले देश अन्तिम अवस्थामा पुगेको भन्दै नेपाल हामी सबैको घर हो भनेर यसको संरक्षणमा सबैले साथ दिने र लिने गर्नुपर्ने बताइन् । कार्यक्रममा नेकपा मालेका पोलिब्युरो सदस्य दिनानाथ घिमिरेले समाजमा रहेका विभिन्न सकारात्मक पक्षलाई ग्रहण गर्दै कमजोर पक्षलाई हटाउन हाम्रो सधैँ प्रयास रहने छ । यो धर्म नभएर यो संस्कृति रहेको उनले बताए । धर्म व्यक्ति व्यक्तिमा केन्द्रित रहेर अगाडि बढेको हुन सक्छ तर संस्कृति व्यक्तिभित्र परिस्कृत रहेर माझिएर आएको हुन सक्ने भन्दै हिजो एकताका चाडबाड कसरी मनाइयो भनेर नभएर अब कसरी मनाउने भन्ने कुराले अर्थ राख्छ । आफ्ना पार्टीले सुरुमा नै धर्मनिरपेक्षको विपक्षमा उभिए पनि संविधान निर्माणको बखत आफूहरूको माग नसुनिएको उनले बताए । कार्यक्रममा नेपाली जनता दलका वरिष्ठ उपाध्यक्ष रघु परियारले समाजवादी कांग्रेसको एजेन्डाप्रति सतप्रतिशत असहमति राख्दै असहमतिका बुँदा पेस गरेका छन् । यो देशमा धर्म, संस्कृतिको जडमा एउटा पक्षलाई तल पारिएको उनले बताए । भारत पनि धर्मनिरपेक्ष राष्ट्र रहेको भन्दै धर्मनिरपेक्ष भनेको सबैले समान रूपले बाँच्न पाउने अधिकार भएको उनले दाबी गरेका छन् । एउटा धर्मलाई मात्र स्वतन्त्रता दिने भन्ने अर्थमा नरहेको भन्दै यो देशमा हिन्दू धर्म जति जबर्जस्त छ, त्यत्तिकै अन्य बौद्ध, किरात, मुश्लिमजस्ता धर्म पनि भएकाले यसको जगेर्ना गर्ने भनिएको बताए । कार्यक्रममा समाजवादी कांग्रेसका केन्द्रीय सचिव मान गुरुङले बडा दसैँ, दीपावली, म्हपूजा साथै छठ चाडको उपलक्ष्यमा उपस्थित सबैलाई स्वागत गरेका थिए । दसैँ, छठजस्ता पर्वमा देवीहरू आराधना गरिने भन्दै देवी भगवतीहरूले सबैलाई रक्षा गरून् भनेर कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ०४:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP