Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आन्दोलनको तयारीमा विप्लव
आन्दोलनको तयारीमा विप्लव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २, २०७८
kp and biplob
Hardik health
काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले आइतबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग विगतमा भएको सहमति कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेका छन् । उनले कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग त्यस विषयमा छलफल गरेका हुन् । छलफलमा कानुन सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदी बन्दीलाई रिहाइ गर्न मिल्नेबारे गृहमन्त्रीलाई ब्रिफिङ गरेका छन् । पहिले आन्तरिक तयारी सकिएपछि नेकपाका नेताहरूसँग बसेर छलफल गर्ने गृहमन्त्रीको तयारी छ । विगतमा सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वनमा सरकार उदासिन बनेको भन्दै नेकपाले ‘सशक्त सडक आन्दोलन’को तयारी थालेपछि गृहमन्त्रीले सहमति कार्यान्वयनका विषयमा छलफल थालेका हुन् । गत असोज पहिलो साता बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले नेता कार्यकर्ताको रिहाइका लागि सशक्त सडक आन्दोलन गर्ने निर्णय गरिसकेको छ । ‘विप्लव’ नेतृत्वको नेकपाले ध्वंसात्मक क्रियाकलाप गरेको भन्दै केपी ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो ।मन्त्रिपरिषदबाट निर्णय गरेर २८ फागुन ०७५ मा प्रतिबन्ध लगाएपछि उक्त पार्टीविरुद्ध सरकारले कारबाही तीव्र बनायो । त्यसक्रममा नेकपाका १३ कार्यकर्ता मारिए । झन्डै १५ सय कार्यकर्ता पक्राउ परे । त्यति बेला नेकपाको सचिवालयमा रहेका पाँचमध्ये तीन नेता पक्राउ परेका थिए । पक्राउ पर्नेमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धमेन्द्र बास्तोलासमेत थिए । त्यस्तै, केन्द्रीय सदस्य माइला लामा, भरत बम, बन्धु चन्द, चुडामणि ओली, चन्द्रबहादुर चन्द ‘वीरजंग’(विप्लवका दाजु)समेत पक्राउ परेका थिए । तत्कालीन ओली सरकारले २० फागुन ०७७ मा तीन बुँदे सहमति गरेर प्रतिबन्ध हटाउँदै नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याए । त्यसपछि केन्द्रीय सदस्यसहित सबै शीर्ष तहका नेता रिहा भए । तर, ब्युरो, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता अझै रिहा भएका छैनन् । ओली सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाले तत्कालै भेटेर विगतको सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको थियो । तर, देउवा सरकारले आफूहरूको मागमा खासै ध्यान नदिएको भन्दै नेकपा रुष्ट बनेको थियो । ओली सरकारले गरेको सहमति भएकाले देउवा सरकार सहमति कार्यान्वयनमा उदासिन बनेको सो पार्टीका नेताहरूको बुझाइ छ । सरकारले सहमतिमा सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्ने सहमति भए पनि कानुनी जटिलता देखाउँदै उनीहरू नछुटेको नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताएका छन् । ‘शीर्ष नेतालाई राजनीतिक र कानुनी विषय धेरै थाहा हुने भएकाले त्यही ढंगले बयान दिँदा खासै समस्या भएन । उहाँहरू छुट्नुभयो,’ पुनले भने, ‘तल्लो तहका नेता–कार्यकर्तालाई कानुनी विषय थाहा भएन । कतिपय साथीहरूले बयान दिँदा बिगार्नु भएको छ । प्रहरीले पनि हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा लगाएको छ । त्यसले समस्या भएको छ ।’ नेकपाका शीर्ष नेताहरूले सरकारले आफूहरूसँगको सहमति कार्यान्वयनमा गम्भीर नबनेको आरोप लगाएको छ । सरकारले कानुनी जटिलताका कारण हालसम्म रिहा नभएका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्नका लागि सहजीकरण नगरेको भन्दै असन्तुष्ट बनेको हो । आफ्ना नेता कार्यकर्तालाई लगाइएको झुटा मुद्दा फिर्ता लिएर रिहा नगरिए अवस्था जटिल बन्न सक्ने उनीहरूको चेतावनी छ । नेकपामा प्रवक्ता ‘प्रकाण्ड’ले सरकार सहमति कार्यान्वयनमा गम्भीर नबने आन्दोलनको विकल्प नभएको चेतावनी दिएका छन् । उनले आफ्ना नेता–कार्यकर्ता रिहाइका लागि दबाब दिन देशैभर आन्दोलन गर्ने तयारी गरेको जानकारी दिएका छन् । सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै सडक संघर्ष जाने निष्कर्षमा पुगिएको उनले बताए । तनहुँको बन्दीपुरमा बसेको केन्द्रीय समिति बैठकले नेता–कार्यकर्ता रिहाइका लागि आन्दोलन गर्ने निर्णय गरिसकेको भन्दै सरकारले तत्कालै सहमति कार्यान्वयनको प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०६:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP