Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले अधिवेशनमा केन्द्रित
एमाले अधिवेशनमा केन्द्रित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २, २०७८
cpn@uml-4
Hardik health
काठमाडौं– गत भदौमा विधान महाधिवेशन सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्व चयन गर्ने महाधिवशेनमा केन्द्रित भएको छ । गएको १५ देखि १७ भदौसम्म ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशनपछि नेतृत्व चयनका लागि आगामी १० देखि १२ मंसिरसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरिएको छ । त्यसका लागि यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ । एमाले ६ कात्तिकमा देशभर एकसाथ वडा र ९ कात्तिकमा पालिका अधिवेशन गर्ने तयारीमा जुटेको छ । ७५३ स्थानीय तहको सबै वडामा एकसाथ वडा अधिवेशन हुने र उक्त अधिवेशनको अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा उद्घाटन गर्ने तयारी गरिएको छ । पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारी रहेको एमालेले स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी संख्या निर्धारण गरेको छ । एमालेले स्थानीय तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी पाँच जना पदाधिकारी रहने व्यवस्था गरेको छ । त्यस्तै, गाउँपालिका वा नगरपालिकाको वडा कमिटी ३१ सदस्यीय हुन प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको ४१, र महानगरपालिकाको वडा कमिटी ५१ सदस्यीय हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार गाउँ वा नगरपालिका कमिटी ७५, उपमहानगरपालिका ८५ र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने व्यवस्था गरिएको छ । सबै कमिटीमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए । एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । पार्टीले २ जेठ ०७५ को सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र ३ जेठ ०७५ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । एमालेले आन्तरिक एकताका लागि भएको सहमतिबमोजिम १० बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि उपाध्यक्ष डा.भीम रावलको नेतृत्वको कार्यदल गठन गरेको छ । माओवादी केन्द्रमा सम्मेलनबारे छलफल नेकपा माओवादी केन्द्रले पनि आगामी महाधिवेशन केन्द्रित छलफल थालेको छ । सोमबारदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी महाधिवेशनका बारेमा छलफल भएको हो । केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेको तर निष्कर्षमा नपुगिएको जानकारी दिए । उनले स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताए । ‘आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषय प्रवेश गरेको छ’, उनले भने, ‘विषय निष्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल सुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ ।’ पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलबार बिहान ८ बस्नेछ । मंगलबारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरूको निर्णय गरिने प्रवक्ता महराले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०६:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP