Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले विधान महाधिवेशनः उपमहासचिव कायम, उमेरहदको व्याख्या
एमाले विधान महाधिवेशनः उपमहासचिव कायम, उमेरहदको व्याख्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १८, २०७८
CKK_KTM-
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनले राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित पारित गर्दै आइतबार सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको सम्मेलनले १६ बुादै प्रस्तावसमेत पारित गरेको छ । ६ हजार बढी प्रतिनिधि सहभागी विधान महाधिवेशनको अन्तिम दिन आइतबार विभिन्न पााचवटा समूहले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिसकेपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएका थिए । महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक, पोखरेलले सांगठानिक र पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेका थिए । तीनवटै प्रस्तावउपर १० वटा समूह बनाई छलफल गरिएको थियो । छलफलका लागि शनिबार चारघन्टाको समय दिइएको थियो । शनिबार नै पााचवटा समूहले निष्कर्ष प्रस्तुत गरेका थिए । विधान महाधिवेशनले पार्टीमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप गरेको छ । उपमहासचिव पौडेलले केन्द्रीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पााच उपाध्यक्ष, महासचिव, एकजना उपमहासचिव र सातजना सचिव रहने व्यवस्था गरिएको बताए । संशोधित विधानअनुसार एमालेको पदाधिकारी संख्या १५ हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय हुनेछ । यसअघि विधान संशोधन प्रस्तावमा एक अध्यक्ष, पााच उपाध्यक्ष, एक महासचिव र ६ जना सचिव गरी १२ जना पदाधिकारी रहने व्यवस्थासहितको प्रस्ताव गरिएको थियो । एमालेमा २२५ जनाको केन्द्रीय कमिटी रहने विधान संशोधनमा गरिएको छ । यस्तै महानगरपालिकामा १०१ नगरकमिटी, उपमहानगपालिकामा ८५, नगरपालिका र गाउापालिकामा ७५ कमिटी रहने उनले जानकारी दिए । एमालले सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने विधान पारित गरेको छ । त्यस्तै, लेखा परीक्षण आयोगको नाम लेखा आयोग भएको छ । उपमहासचिव पौडेलले महाधिवेशनमा प्रवासबाट पााच प्रतिशत सहभागिताको माग उचित भएको उल्लेख गर्दै प्रवासका नेपालीलाई संगठित गर्न विशेष व्यवस्था गरिने बताए । महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ । जसमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य रहेका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले एमालेको नयाा लोगो र नेकपा एमाले ‘एप्स’को समेत आरम्भ गरेका थिए । महाधिवेशन हलमा अध्यक्ष मण्डलका तर्फबाट सदस्य रघुजी पन्तले विभिन्न समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए । एमालेको आगामी १०औा महाधिवेशन बुटवलमा गर्ने पनि जानकारी गराइएको छ । ७० वर्षे उमेर हदको व्याख्या एमालेमा उमेर हदको विषयमा छलफल चलिरहेको छ । यसअघि नवौा महाधिवेशनले पार्टीमा ७० वर्षे उमेरहद कायम गरेको थियो । ७० वर्ष उमेर पुगेकाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने प्रावधान राखिएकाले तत्कालीन नेताहरू भरतमोहन अधिकारी र सिद्धिलाल सिंहलगायतले महाधिवेशनमा उम्मेदवार बन्न बन्चित हुनु परेको थियो । अधिकांश कार्यकर्ताले पार्टीमा उमेरहद कायम हुनुपर्ने माग गरिरहेका बेला विधान महाधिवेशनले यस विषयमा नयाा व्याख्या गरेको छ । विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव पौडेलले विधानतः पार्टीमा ७० वर्षको उमेर हदका सम्बन्धमा स्पष्ट पारे । उनले उनले पार्टीको कार्यकारी पदमा ७० वर्ष पूरा नभएसम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुादै उमेर हद पूरा भएका कारण जिम्मेवारीबाट हट्न नपर्ने स्पष्ट गरे । उनले एउटै व्यक्ति कुनै एउटा पदमा दुई कार्यकालभन्दा बढी पटक उम्मेदवार हुन नपाइने विधानमा स्पष्ट व्यवस्था हुने जानकारी गराएका छन् । ‘जबज कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त’ प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त रहेको उल्लेख गरेका छन् । उनले समाजवाद निर्माणका लागि पार्टीको स्पष्ट धारणा रहेको पनि बताएका छन् । श्रमजीवी वर्गको हित रक्षाका लागि सिद्धान्त र व्यवहारलाई अघि बढाउँदै कार्यक्रमका रूपमा आएको जनताको बहुदलीय जनवादलाई अहिले मार्गदर्शक सिद्धान्तका रूपमा पार्टीले अंगिकार गरेको र यसले द्वन्द्वात्मक भौतिकवाद र बहुदलीय प्रतिस्पर्धालाई अवलम्वन गरेको भन्दै उनले यले जडसूत्र नभएकाले जीवनको गतिसागै परिवर्तनलाई आत्मसात गरेको स्पष्ट पारेका छन् । नेपाली समाज समाजवाद उन्मुख दिशामा रहेको प्रसंग उल्लेख गर्दै उनले ‘नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउने अधिकारसहितको अवस्था सिर्जना गर्नु नै समाजवादउन्मुख अवस्था हो,’ भने । त्यसतर्फ आफू नेतृत्वको सरकारले धेरै काम गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकका आधारभूत अधिकारका रूपमा रहेको गास, बास, आवास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको स्मरण गरे । समाजवादमा पुग्न राष्ट्रिय पुाजीको विकास गर्न एमाले प्रतिबद्ध रहेको बताउादै उनले सम्पूर्ण कार्यकर्तालाई उत्पादनमूलक कार्यमा जोडिन आह्वान गरे । अध्यक्ष ओलीले हाम्रो पार्टी व्यक्तिपूजक नभएको भन्दै यसले सामूहिकतामा विश्वास गर्ने र त्यही अनुरूप पार्टी सञ्चालन गर्ने बताएका छन् । एमालेमा अध्यक्ष ओलीलाई देवत्वकरण गरिएको भन्दै आलोचना भइरहेका बेला उनले सांगठनिक अराजकतालाई अन्त्य गर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पुर्‍याउने एकमात्र ध्येय रहेको बताउादै अहिले पनि ५१ प्रतिशत जनता एमालेको पक्षमा रहेको दाबी गरे । अध्यक्ष ओलीले पार्टीमा योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी दिने विषयमा कुनै भेदभाव नहुने बताउादै भ्रममा परेका र बाटो बिराएका नेता–कार्यकर्तालाई मूलघरमा फर्कन आह्वान गरे । उनले विधान महाधिवेशनमा सहभागी नेता कार्यकर्तालाई छिट्टै हुने स्थानीय तहको निर्वाचनका साथै तीनै तहका निर्वाचनमा पार्टीलार्ई विजयी बनाउन सक्रियताकपूर्वक लाग्न पनि निर्देशन दिए । उनले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गर्दै यसले दक्षिणतिर फर्केर बोल्न पनि नसक्ने अवस्थामा रहेको बताए ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०३:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP