Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित
कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १८, २०७८
download
Hardik health
सुदूरपश्चिम– नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन । क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ हुँदा कैलालीको वडा अधिवेशन गर्न पनि ढिलाइ भएको जनाइएको छ । प्रदेशका सबै नौ जिल्लामध्ये आठ जिल्लाका ७५ पालिकामा वडा अधिवेशन सकिएको छ । कांग्रेस कैलालीको वडा तहको अधिवेशन अब दसैँपछि मात्र हुने सम्भावना रहेको जिल्ला उपसभापति प्रकाश बमले बताए । ‘केन्द्रबाट निर्वाचन अधिकृत नआउँदा वडा तहको अधिवेशनका लागि निर्वाचन कार्यतालिकासमेत प्रकाशित हुन सकेको छैन’, जिल्ला सभापतिका आकांक्षीसमेत रहेका उनले भने, ‘अधिवेशनका लागि पूर्वतयारीका काम गर्न पनि बाँकी नै रहेकाले दसैँअघि अधिवेशन हुने सम्भावना छैन ।’ क्रियाशील सदस्यताको विवादका कारण पूर्वनिर्धारित कार्यतालिका गत भदौ १८ गते जिल्लामा वडा तहको अधिवेशन हुन सकेको थिएन । केही दिनअघि क्रियाशील सदस्यको विवाद टुङ्गिएर अन्तिम विवरण जिल्लामा प्राप्त भइसकेको जनाइएको छ । अब जिल्लामा क्रियाशील सदस्यताको विवाद टुङ्गिएको बमले बताए । प्रदेशका वडा अधिवेशन सकिएका कतिपय जिल्लामा कांग्रेसको नगर गाउँ तहको अधिवेशनको तयारी भइरहेको छ । प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा हुने कांग्रेसको वडा तहदेखि नगर गाउँ, निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशनमा नेतृत्वमा पुग्नका लागि नेता कार्यकर्ताबीच रस्साकस्सी चल्न थालेको छ । यो जिल्लामा हुने अधिवेशनले प्रदेश अधिवेशनका साथै केन्द्रीय अधिवेशनलाई समेत प्रभाव पार्ने हुँदा जिल्लाको अधिवेशनप्रति कांग्रेस नेता तथा कार्यकर्ताले बढी चासोका साथ हेर्न थालेका पनि छन् । प्रदेशका अन्य जिल्लाको तुलनामा कैलालीबाट केन्द्रीय अधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिको संख्या बढी हुने हुँदा सबैको ध्यान कैलालीमा पर्नु स्वाभाविक रहेको जिल्ला सभापतिका अर्का आकांक्षी नारायणदत्त भट्ट बताउँछन् । एक सय २६ वडा रहेको यस जिल्लामा १८ हजारभन्दा बढी क्रियाशील सदस्य रहेको बताइएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा क्रियाशील सदस्यताको विवाद बढी देखिएको थियो । सो क्षेत्रमा अघिल्लो महाअधिवेशनका पुरानै क्रियाशीललाई मान्यता दिने निर्णय गरेपछि नयाँ क्रियाशील सदस्यताको विवाद टुङ्ग्याइएको बताइएको छ । देश संघीयतामा गएसँगै संघीय संरचनाअनुरूप अधिवेशन गर्ने पार्टी कांग्रेस पहिलो रहेको बताइएको छ । कैलाली कांग्रेसको सभापतिका लागि वर्तमान उपसभापति बम, पूर्वउपसभापति भट्टका साथै गणेश देउवा, खेमराज चौधरी, भीम बडुवाल लगायत नेता आकांक्षी देखिएको चर्चा छ । पार्टीका जिल्ला सभापति नरनारायण शाह (मनु) दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसकेका छन् । तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने कांग्रेसको विधानमा व्यवस्था छ । उनी अब पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षको तयारीमा रहेको बताइएको छ । वडा अधिवेशनपछि नगर, गाउँ समितिको नेतृत्व चयन गरिने कार्यतालिका छ । त्यसपछि जिल्ला तहको कार्यसमिति चयन हुनेछ । क्रियाशील सदस्यले पार्टी संरचनाको वडा र क्षेत्रीय प्रतिनिधिको चयन गर्नुपर्ने व्यवस्था छ । क्षेत्रीय प्रतिनिधि प्रदेश, क्षेत्र, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था छ । कांग्रेसको १४औँ अधिवेशनको प्रक्रिया आरम्भ भइरहँदा पार्टीमा मौलाएको गुट उपगुटको राजनीतिले वर्षौंदेखि राजनीतिमा लागेका निष्ठावान् र त्यागी नेता भनेपछि पर्दै गएको गुनासो सो पार्टीका कतिपय नेता कार्यकर्ताको गुनासो पनि छ । रासस
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०३:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP