Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पोलिटव्युरो सदस्य रोकायाद्वारा माओवादी केन्द्र परित्याग
पोलिटव्युरो सदस्य रोकायाद्वारा माओवादी केन्द्र परित्याग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १५, २०७८
Hardik health
काठमाडौं– नेकपा (माओवादी केन्द्र) का तत्कालीन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफूले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निष्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए । रोकायाले आफू फेरि नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि स्पष्ट पारे । एमालेमा जानको लागि अहिले नेताहरूसँग अन्तिम छलफल भइरहेको उल्लेख गर्दै रोकायले भने, ‘कम्युनिस्ट आन्दोलन बचाउनको लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिए पनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु ।’ देश जनता र कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पूर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरूले गम्भीर भएर सोच्ने दिन आएको उनको भनाइ थियो । उनले कम्युनिस्ट आन्दोलन बचाउनको लागि एमालेका अध्यक्ष केपी ओलीसँग छलफल भइरहेको बताए । उनले भने, ‘अब म मात्र नभएर हजारौँ माओवादी कार्यकर्ताहरू नै एमालेमा प्रवेश गर्नेछन् ।’ एमालेमा भएका सबै नेताहरूमा पनि गल्ती÷कमजोरी भएको भन्दै सुधारेर जानुपर्नेमा जोड दिए । माओवादी केन्द्रले लाखौँ कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै करोडौँ जनताको इच्छा र चाहनाविपरीत अगाडि बढिरहेको पनि उनको आरोप थियो । उनले पार्टी नेतृत्वले जे पनि गर्ने अवस्था आएपछि त्यसविरुद्ध उभिन परेको जिकिर गरे । सरकार गिराउने, पार्टी फुटाउने र सम्मानित सर्वोच्च अदालतबाट प्रधानमन्त्री चयन गर्न आदेश जारी गर्ने र गराउने जस्ता शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका साथै अलोकतान्त्रिक क्रियाकलापविरुद्ध आफू उभिएको उनले स्पष्ट पारे । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाललाई वर्गीय सोच र चिन्तनबाट विचलित नेताको रूपमा चित्रण गरे । दाहालले तत्कालीन नेकपाको नेतृत्वको दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट सरकारलाई अपदस्त गर्न भूमिका खेलेको पनि उनको आरोप छ । उनले भने, ‘जनताले नरुचाएर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न दाहालले पटक–पटक कांग्रेस नेतृत्वसँग आग्रह गर्नुभएको थियो, यसमा मेरो गम्भीर असहमति थियो र छ ।’ उनले आफूले २३ वर्षसम्म नेकपा (एमाले) मा रहेर काम गरेको स्मरण गरे । तर, ०७० सालमा एमाले परित्याग गरेको र ०७१ मा तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरेको स्मरण गर्दै रोकायाले दाहाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत, महेन्द्रबहादुर शाहीलगायतका नेताहरूसँग छलफल र संवाद गरेर दाहालकै उपस्थितिमा केन्द्रिय कमिटीको बैठक चलिरहेको अवस्थामा समाहित भएको प्रस्ट्याए । उनले ०४७ सालबाट अनेरास्ववियुमा आवद्ध भएर प्रारम्भिक कमिटी, इलाका कमिटी हुँदै ०६३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यमा रहेर काम गरेको सुनाए ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०२:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP