Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘धार्मिकस्थलको प्रवद्र्धन गर्छौँ’
‘धार्मिकस्थलको प्रवद्र्धन गर्छौँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १५, २०७८
CM-_K.C.Nepali
Hardik health
दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिकस्थलको प्रवद्र्धनका लागि सरकार कतिबद्ध रहेको बताएका छन् । तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित प्राचीन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिर परिसरमा बिहीबारदेखि सुरु भएको महायज्ञको उद्घाटन गर्दै उनले सरकारले धार्मिकस्थल र पर्यटन स्थलको विकासको लागि कटिबद्ध भएको बताएका हुन् । उनले धर्म र पर्यटन एकअर्काको परिपूरक भएको भन्दै धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्ने सुझाव दिए । धार्मिक महत्व बोकेका ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने हिसाबले कार्ययोजना बनाउनुपर्ने चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले नैनेश्वर महादेव मन्दिरको धार्मिक आस्था भएको बताए । उनले पुरातात्विक महत्व पनि भएको तर यसलाई पर्यटनसँग गाँसेर अगाडि बढाउन सके यस ठाउँको विकासका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘नैनेश्वर महादेव मन्दिरको धार्मिक आस्था त छँदैछ, पुरातात्विक महत्व पनि छ, तर यसलाई पर्यटनसँग गाँसेर अगाडि बढाउनुपर्छ ।’ उनले यस ठाउँको विकासका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । धार्मिक महत्व बोकेका ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने हिसाबले कार्ययोजना बनाउनुपर्ने चर्चा गर्दै पछिल्लो समय गण्डकी प्रदेश बाढी–पहिरोबाट प्रभावित भएको बताए । उनले बाढी–पहिरोले अवरुद्ध भएका सडक दसैँअगाडि नै खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । सरकार गठन हुँदा कोभिडका साथै बाढी–पहिरोको पनि चुनौति आएको भन्दै उनले विपद्बाट क्षति भएका संरचना पुनर्निर्माणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । आगामी बजेटमा छुटेका बहुवर्षीय योजनालाई समावेश गरिने बताउँदै मुख्यमन्त्री पोखरेलले त्यस्ता केही योजना भए प्रक्रियागतरूपमा आउन आग्रह गरे । करिब २०० वर्ष पुुरानो उक्त मन्दिर भग्नावशेष बन्दै गएकाले महायज्ञबाट संकलित रकमले मन्दिरको पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ । नैनेश्वर महादेव मन्दिरको आयोजनामा भौतिक पूर्वाधार निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यसहित सुरु महायज्ञ २६ असोजसम्म सञ्चालन हुने र महायज्ञबाट करिब रु. एक करोडभन्दा बढी दान संकलनको अपेक्षा गरिएको महायज्ञ मूल समारोहका समितिका सचिव कुवेर खनालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०२:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP