Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुख्यमन्त्रीको कार्यालयमा छापा, साइकल वितरणमा अनियमितताको आशंका
मुख्यमन्त्रीको कार्यालयमा छापा, साइकल वितरणमा अनियमितताको आशंका
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १४, २०७८
Hardik health
जनकपुरधाम– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च ओहदामा बसेका व्यक्तिले गरेको भ्रष्टाचारको विषयमा छानबिन नगरी साना कर्मचारीलाई मात्र दुःख दिएको आरोप खेपिरहेको छ । भ्रष्टाचारमा संलग्न ‘ठूला माछालाई उन्मुक्ति दिएर साना माछालाई मात्र कारबाहीको दायरामा ल्याएको’ भन्दै अख्तियारको आलोचना हुने गरेको थियो । अख्तियारका जिम्मेवार पदाधिकारीहरूले अबको मिसन ‘ठूला माछा समात्ने’ भन्दै पटक–पटक प्रतिवद्धता जाहेरसमेत गर्ने गरेका थिए । यसैक्रममा बुधबार भने अख्तियारले प्रदेश २ को सबैभन्दा ठूलो माछाको कुरमा पसेर केही कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको हो । बुधबार दिउँसो आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा पुगेको थियो । प्रदेश २ सरकारले ०७६ सालमा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको कार्यक्रमका विषयमा छानबिन गर्न अख्तियारले त्यससँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो । प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई साइकल वितरण गरेको थियो । तर, उक्त कार्यक्रममा भ्रष्टाचार भएको उजुरीपछि अख्तियारको टोलीले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले उक्त कार्यक्रमसँग सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएर गएको बताइएको छ । महत्वाकांक्षी कार्यक्रममा कैफियत १५ भदौ ०७५ मा प्रदेश २ सरकारले औपचारिक कार्यक्रमको आयोजना गर्दै बडो तामझामका साथ अभियानको सुरूआत गरेको थियो । प्रदेश सरकारले आफ्नो बजेटबाट ठूलो राशी ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानकै लागि छुट्टयाएको थियो । आर्थिक वर्ष ०७५/७६ को बजेटबाट प्रदेश सरकारले यस अभियानका लागि ८९ करोड रकम छुट्टयाएको थियो । तर, यो अभियान कार्यान्वयनमा आउन नसकेको भन्दै त्यस बेला पनि आलोचना भएको थियो । यो अभियानअन्तर्गत ‘छोरी बिमा कार्यक्रम’, एसइईमा उत्कृष्ट अंक ल्याउने आठ वटै जिल्लाबाट उत्कृष्ट ३ वटा छात्रालाई ‘सम्मान र छात्रवृति प्रदान’, ‘महिला शौचालय निर्माण’, सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई ‘साइकल वितरण’लगायत कार्यक्रम तय गरिएको थियो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा १६ असार ०७६ मा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार रु. ९ करोड ८४ लाख १८ हजार रूपैयाँको १४ हजार थान साइकल किनेर २६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि भनी साइकल वितरण गरिएको थियो । प्रदेश सरकारले प्रतिसाइकल भ्याटसहित रु. छ हजार ४३२ का दरले वीरगन्जको ओम सत्यसाई प्रालिबाट आपूर्ति गरेको हो । काठमाडौंका साइनो इन्टरनेसनल र म्याप हेलेक्सीसमेतले आवेदन दिएका थिए । तर, प्रदेशका ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकिन नगरी साइकल वितरण गरिएको थियो । प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको भनी महालेखा परीक्षकको कार्यालयले समेत आफ्नो प्रतिवेदनमा प्रश्न उठाएको थियो । सोही विषयमा अख्तियारमा उजुरी परेकाले अख्तियारको टोलीले छापा मारेको बताएको छ । अख्तियारको टोलीले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरिएकोसम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको छ । कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिएका छन् । उनका अनुसार प्रदेशका छात्रालाई साइकल वितरणका क्रममा अनियमितता भएको उजुरी परेकाले आवश्यक अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको जानकारी दिँदै कागजातको अध्ययनपछि मात्र थप कुरा भन्न सकिने बताएका छन् । मुख्यमन्त्रीको गुनासो प्रदेश २ का मुख्यमन्त्री राउतले संघीयता र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियारको टोलीले छापामार शैलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको आरोप लगाएका छन् । उनले अख्तियार आयोगको शैली ठीक नभएको सम्बन्धमा आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानीसमेत गरेको बताए । उनले भने, ‘अख्तियारको शैलीप्रति मैले आपत्ति जनाएँ र राईले पनि कमजोरी स्वीकार गर्नुभएको छ ।’ अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएर गएलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलनको आयोजना गरी अख्तियारको शैलीको विरोध जनाएका थिए । पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी अख्तियारको टोली आएर एक्कासि छापामार शैलीको प्रयोग गरे, त्यसबाट उनीहरूको नियत ठीक नभएको स्पष्ट देखिएको छ । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने यसभित्र जरुर कुनै रहस्य लुकेको हुनुपर्छ । पक्कै पनि यस घटनामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बद्नाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो घटना गराइएको हो ।’ उनले छात्रालाई वितरण गरिएको साइकल कम्पनीबाटै र बजार मूल्यभन्दा सस्तोमा खरिद गरेको दाबीसमेत गरेका छन् । मुख्यमन्त्री राउतले भ्रष्टाचार र अनियमितताको समाचारमा कुनै किसिमको सत्यता नभएको र समाचार भ्रामक भएको दाबी गर्दै भने, ‘यो सबै प्रदेश सरकार र मुख्यमन्त्रीलाई बदनाम गर्ने षड्यन्त्र हो ।’ प्रदेश सरकार आफैँले ‘जनलोकपाल आयोग’ गठन गरेको भन्दै उनले अख्तियारले छापा मारेर प्रमाण मात्र लोप गरेको आरोप लगाए ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP