Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जबजको सान्दर्भिकता नसकिएको दाबी
जबजको सान्दर्भिकता नसकिएको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १२, २०७८
uml-office
Hardik health
काठमाडौं– नेकपा एमालेले जनताको बहुदलीय जनबाद (जबज) को सान्दर्भिकता नसकिएको दाबी गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले जबजको मार्ग निर्देशनमा आजसम्मका यी क्रान्ति सम्पन्न भएको भन्दै यसको सान्दर्भिकता अझै नसकिएको भनेको हो । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार नेकपा एमालेले यसअघि भएका क्रान्तिको उपलब्धिलाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । ‘जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा आजसम्मका यी क्रान्ति सम्पन्न भएका छन् । बहुदलीय जनवादको सान्दर्भिकता यसले पुष्टि गरेको छ । यसको सान्दर्भिकता कायम छ सकिएको छैन किनभने मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रस्तुत गरिरहँदा समाजवादमा जाने तीन वटा चरण भन्नुभएको छ, एउटा पुरानो अवशेषलाई समाप्त गर्ने, दोस्रो जनवादी व्यवस्थाको सुदृढीकरण गर्ने, तेस्रो सामाजिक, सांस्कृतिक ढंगले समाजवादमा रूपान्तरण गर्ने चरण भन्नुभएको छ । त्यसैले यो चरण भनेको गएका क्रान्तिहरुले प्राप्त गरेको उपलब्धिलाई सुदृढ गर्ने चरण हो । त्यसलाई सुदृढ गर्दै समाजवादको दिशामा बढ्ने हाम्रो निष्कर्ष हो,’ प्रमुख भट्टराईले भने । समाजवादमा जाने विषयमा थप छलफल गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएको उनले बताए । त्यस्तै एमालेको कार्यभार एकीकृत कम्युनिस्ट पार्टी बनाउने भएको र एकीकृत कम्युनिस्ट पार्टी बनाउनुपर्ने दिशामा अघि बढ्नुपर्ने कार्यभार रहेको उनले बताए । त्यस्तै, १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने कार्यदलको संयोजकमा भीम रावल तोकिएका छन् । नेता रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । यसअघि एमालेले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । सोमबारको बैठकले रावललाई संयोजक तोक्दै सदस्यमा शंकर पोखरेल थपेको हो । ‘भीम रावललाई कार्यदलको संयोजक तोकिएको छ । पहिला ६ जना हुनुहुन्थ्यो अहिले एक जना शंकर पोखरेललाई पनि समावेश गरिएको छ । कार्यदलको बैठक भोलि नै भीम रावलले बोलाउनु भएको छ । देशभरी कहाँ कहाँ कार्यान्वयन भएको छैन उहाँहरुले कार्यान्वयनका लागि सहजीकरण गर्नुहुन्छ,’ बैठकपछि भट्टराईले जानकारी दिए । बैठकमा १० बुँदेलाई अध्यक्ष केपी ओलीले सकारात्मक ढंगले कार्यन्वयन गर्ने कुरा गरेका थिए । ‘त्यसक्रममा पूर्वएमालेमा देखिएको समूह बदलीको अवस्थालाई एकतावद्ध गर्ने, जहाँ जहा समस्या छन् । धेरै ठाउमा छैनन् । १० बुँदे कसैका निम्ति आतंक होइन, कहिँकहिँ समस्या देखिएका छन् । ती समस्या पनि सम्बन्धित जिम्मेवारी दिएका साथीहरुले नै हल गर्ने भनेर अध्यक्षले निर्देशन दिनुभएको छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने । त्यस्तै मोर्चा फाँटमा देखिएको विवाद विधान महाधिवेशन अघि नै कार्यदलले समाधान गर्न पोखरेल नेतृत्वको कार्यदललाई अध्यक्ष ओलीले निर्देशन दिएका छन् । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजका बारेमा थप स्पस्ट हुनेगरी छलफल गर्नुका साथै विधान महाधिवेशनमा पेश हुने दस्तावेजहरूलाई एकरुपताका साथ अघि बढाउने सहमति भएको भट्टराईले बताए । आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेताहरुले अध्यक्षको दस्तावेजमा समाजवाद, जबज लगायतका विषय अस्पष्ट भएको भन्दै फरक मत राखेका थिए । तिनै विषयमा समाजवादमा जाने ठोस योजनाका बारेमा अझै छलफल गर्दै जान सकिने बैठकमा अध्यक्ष केपी ओलीले बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP