Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक
एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १२, २०७८
Ramesh-Lekhak
Hardik health
काठमाडौं– प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि अझैसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वभाविक भएको भन्दै अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् । सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकाले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकाले सरकार विस्तारमा ढिलाइ भएको स्पष्ट पारे । तर, अब एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने उनको दाबी छ । उनले भने, ‘आज सरकार बनेको दुई महिनाभन्दा बढी भइसकेको छ, तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार भएन ? भनेर जनस्तरबाट आलोचना भइरहेको छ, बास्तवमा सरकारलाई पूर्णता नदिएको भनेर यो आलोचनाको विषय बनेको छ । ढिलो पक्कै पनि भएको हो ।’ उनले सरकार गठन भएको सय दिनसम्म सरकारका बारेमा खासै टिप्पणी नगर्ने प्रचलन रहेको सुनाए । ‘प्रम निर्वाचित भएको सय दिनसम्म टिप्पणी गरिनहाल्ने चलन छ,’ उनले भने। ‘टिप्पणी गर्नु त्यति वाञ्छनीय हुँदैन । यो सरकार गठन भइसकेपछि सरकार कसरी अघि बढिरहेको छ ? भन्नुभन्दा पनि पहिले, यो सरकार मुलुकको विशेष राजनीतिक परिस्थितिमा गठन भएको हो । कांग्रेसले सरकारको नेतृत्व मुलुकको विशेष परिस्थितिमा लिएको छ ।’ उनले गत निर्वाचनमा जनताले नेकपालाई दुई तिहाइ बहुमत दिएर सरकारमा पठाएको र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको स्मरण गराए । तर, पछिल्लो तीन वर्षमा नेकपाले ठीक ढंगले सरकार नचलाएको उनको भनाइ छ । नेता लेखकले वर्तमान सरकारले सबैभन्दा प्राथमिकता दिएर कोभिड–१९ बाट नेपाली जनतालाई खासगरी कोभिडको जोखिमबाट बचाउने प्रण लिएको र सोहीअनुसार काम गरिरहेको सुनाए । उनले भने, ‘कोभिडको जोखिमबाट जनतालाई बचाउने भनेर सरकारले पनि घोषणा गरेको छ । यो विषय गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा पनि अभिव्यक्त भएको छ । कोभिडको प्रभावले मुलुकमा परेको नकारात्मक प्रभाव, यी सबै नकारात्मक प्रभावालाई न्यूनीकरण गर्ने, मुलुकको अर्थतन्त्रलाई चलायमान गर्ने भनेर प्राथमिक कामको पहिचान गरेको छ ।’ त्यस्तै, उनले तोकिएकै मितिमा पार्टीको १४औँ महाधिवेशनपनि सम्पन्न हुने विश्वास दिलाए । उनले भने, ‘हामी १४औँ महाधिवेशनको पूर्वसन्ध्याामा छौँ । महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ । क्रियाशिल सदस्यताको विवाद छैन । ६९ जिल्लाको क्रियाशिल सदस्यताको काम कुरा सम्पन्न भइसकेको छ । अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ । ८ वटा जिल्लाको क्रियाशिल सदस्यताको गर्नुपर्ने निर्णय भइसकेका छन् । क्रियाशिल सदस्यताको अन्तिम नामावली प्रकाशन हुन्छ र निर्वाचन समितिले पनि यसलाई प्रकाशित गर्छ ।’ दसैँअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने उनको भनाइ छ । उनले थपे, ‘कुनै–कुनै जिल्लामा विषम् परिस्थितिबाहेक २१ वटा हिमाली जिल्लामा पनि दसैँभित्रै अधिवेशन गर्ने लक्ष्य छ । दसैँभित्र ७७ वटै जिल्लाको वडा र पालिकाको अधिवेशन भइसक्छन् । अहिले पनि अधिकांशको वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ । महाधिवेशन तयारी अघि बढिसकेको छ । हामी समयमै महाधिवेशन गर्ने अठोटका साथ लागेका छौँ ।’
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०२:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP