Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘भारत रहेका नेपालीलाई निर्वाचनबाट वञ्चित नगरियोस्’
‘भारत रहेका नेपालीलाई निर्वाचनबाट वञ्चित नगरियोस्’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १०, २०७८
Hardik health
काठमाडौं– मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई’ नेपालमा हुने महत्वपूर्ण निर्वाचनहरूमा मताधिकार दिने सन्दर्भमा वञ्चित नगरियोस् भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । समाजले भारतस्थित रहेको प्रवासीहरूको भारतबाटै मताधिकारको व्यवस्था गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १२ बुँदे ज्ञापनपत्र बुझाएको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर समाजले नेपालको परिवर्तनको हरेक आन्दोलनमा आफूहरूको पनि महत्वपूर्ण योगदान रहेको तर सरकारले भने आफूहरूलाई सधैँ उपेक्षा गरेको भन्दै अब हुने हरेक निर्वाचनमा आफूहरूलाई पनि मताधिकार दिने व्यवस्था गरिनुपर्ने बताएको हो । सर्वोच्च अदालतले परमादेशको सम्मानसहित हालै सरकालले नीति र कार्यक्रममा प्रवासी नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्ने विषयलाई समेटेकोमा केही आसा पलाए तापनि भारतमा रहेका प्रवासी नेपालीहरूको बारेमा सरकारले प्रष्ट नीति नलिएकाले आफूहरूले ज्ञापनपत्रमार्फत भारतमा रहेको प्रवासीको हक, अधिकार सुनिश्चित गर्न प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउनुपरेको पनि समाजको भनाइ छ । मूल प्रवाह अखिल भारत नेपाल एकता समाजका अध्यक्ष दुर्गाबहादूर केसीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा प्रवासीहरूले पनि मतदान गर्न पाउनुपर्ने बताएका छन् । प्रवासीहरूलाई सरकारले ध्यान नदिएको भन्दै उनले गुनासो पोखे । त्यसैगरी, कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि आनन्द शर्माले मूल प्रवाह अखिल भारत नेपाल एकता समाजले भारतमा रहेका नेपाली प्रवासीहरूले नेपालको सम्पूर्ण आन्दोलनमा साथ दिएको बताएका छन् । समाजले अघि सारेका मागप्रति आफ्नो पार्टीको समर्थन रहेकोसमेत उनले विश्वास दिलाए । भारतमा रहेका नेपाली प्रवासीहरूले पठाएको रेमिटेन्सबाट मुलुक सञ्चालन भइरहेको उनले बताएका छन् । उनीहरूको हकअधिकार सुनिश्चित गरी भारतबाटै समानुपातिकमा मतदान हाल्न पाउनुपर्नेमा उनको जोड थियो । जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापाले विदेशमा रहेका नेपालीहरूले पठाएको रेमिट्यान्सले देश धानिएको भन्दै उनीहरूको अधिकारलाई पनि सुनिश्चित् गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘भारतलगायत विभिन्न देशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित् गराउनुपर्छ । आमनिर्वाचनमा सम्बन्धित देशका दूतावासमार्फत उहाँहरूले मत हाल्न पाउनुपर्छ ।’ कार्यक्रममा समाजका महासचिव ठाकुर खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ७ नोभेम्बर १९७९ मा गठन भएको बताए । यसले निरंकुश तानाशाहीको विरुद्धमा काल रात्रीमा पनि भारतस्थित रहेको प्रवासीलाई संगठित गर्ने, सचेत गर्ने र नेपालको राजनिीतिलाई एकाकार गर्न मुख्य भूमिका खेलेको संगठन रहेको उनले बताए । ११ बजे ज्ञापन पत्र प्रधानमन्त्री समक्ष बुझाएकोसमेत उनले सुनाएका छन् । भारतस्थित रहेको नेपाली प्रवासीहरूले कष्टकर जीवन बिताउन बाध्य रहेको उनले गुनासो पोखे । राज्यले उनीहरूको हक–अधिकारलाई हेलचक्र्याइँ नगर्नसमेत आग्रह गरेका छन् । ०४६ वा ०६३÷६३ मा भएको आन्दोलनलाई भारतमा रहेको नेपाली जनताले महत्वपूर्ण भूमिका निभाएकोसमेत उनले स्मरण गराए । प्रवासीलाई समानुपातिकतर्फका मत भारतबाटै हाल्ने व्यवस्था गर्नुपर्नेमा उनीहरूको जोड थियो । मत हाल्नबाट वञ्चित नगरियोस् भने उनको धारणा थियो । उनले प्रधानमन्त्री देउवालाई बुझाएको १२ बुँदे ज्ञापन पत्र पढेर सुनाए ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP