Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रदेश २ लाई तालिबान बनाउँन खोजेको आरोप
प्रदेश २ लाई तालिबान बनाउँन खोजेको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १०, २०७८
1
Hardik health
वीरगन्ज– राष्ट्रिय एकता अभियानले शनिबार वीरगन्जमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको विरुद्ध विरोध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । मदरशा शिक्षा विधेयक ल्याएर प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको गृह जिल्ला वीरगन्जमा उनको तस्बिर अंकित पोस्टर जलाएर विरोध गरिएको हो । विरोध जुलुसमा सहभागीहरूले मदरशा विधेयक खारेज गर, प्रदेश २ लाई तालिबान बनाउन पाइँदैन, नेपाललाई हिन्दू राष्ट्र कायम गरलगायत नारा लगाएका थिए । वीरगन्जको माईस्थान मन्दिर अगाडिबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगरपरिक्रममा गरी घण्टाघर चोकमा पुगी कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको इसारामा नेपालमा मदरशा शिक्षा विधेयक ल्याएर प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप लगाए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दूत भएर आई.एस.आई.को एजेन्टको रूपमा मुख्यमन्त्री गद्दी काम गर्दै आएको र पाकिस्तानकै इसारामा प्रदेश २ मा मदरशा शिक्षा विधेयक ल्याएर तालिबान बनाउन खोजेको आरोप लगाए । उनले भने, ‘नेपालमा सामुदायिक विद्यालय छन्, विद्यालयहरूमा कुनै जातपात सोधेर शिक्षा प्रदान गरिँदैन, शिक्षामा कुनै प्रकारको विभेद् छैन तर पनि मदरशा शिक्षा विधेयक ल्याउनुको अर्थ के हो ?।’ नेपाललाई इस्लामीकरणतर्फ धकेल्न योजना अनुरूप शिक्षा विधेयक ल्याइएको उनको आरोप छ । मुख्यमन्त्री गद्दीले शिक्षा विधेयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्रीविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने र मुख्यमन्त्रीलाई उखाडेर फाल्ने चेतावनीसमेत उनले दिए । अध्यक्ष यादवले मुख्यमन्त्री गद्दीले इस्लामीकरण गर्नकै लागि प्रदेश २ मा मदरशा, मस्जिद थप विस्तार गर्न १८ करोडभन्दा बढी रकम खर्च गरिसकेका छन् तर यहाँ रहेका हिन्दूहरूको मठ मन्दिरमा ३ करोड मात्र खर्च गरी विभेद् ल्याएको आरोपसमेत लगाए । अभियानका जिल्ला अध्यक्ष श्यामकिशोर तिवारीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा राष्ट्रिय विद्यार्थी परिषद्का अध्यक्ष विवेक कुशवाहा, हिन्दू अगुवा पुरुषोत्तम दुवे, डा. अनिल झा, ब्राह्णसमाजका पूर्वअध्यक्ष देवनाथ उपाध्यायलगायत हिन्दूवादी नेताहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०२:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP