Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारलाई ओलीको प्रश्न, सरकारलाई पूर्णता कहिले ?
सरकारलाई ओलीको प्रश्न, सरकारलाई पूर्णता कहिले ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ८, २०७८
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले कहिले पूर्णता पाउँछ ? भन्दै प्रश्न गरेका छन् । बिहीबार उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले एमालेले सरकारको नेतृत्व गर्ने अवस्थामा सरकार विस्तारमा यतिका दिन नलगाउने प्रष्ट पार्दै सरकार कहिले पूर्णता पाउने भनेर प्रश्न गरे । सत्तारुढ गठबन्धनले अढाइ महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै एमालेले हो भने तीन दिनभित्र सरकारलाई पूर्णता दिन सक्ने हैसियत राख्ने बताएका छन् । उनले भने, ‘उस्तै परे उसै दिन पनि पूर्णता दिन सक्छौँ, एमालेमा पदका लागि मरिमेटाइ हुँदैन ।’ अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले अढाइ महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने हुनका लागि पहिला गठबन्धनभित्रै एकता गर्न चुनौती दिएका छन् । पाँच दलीय गठबन्धनमा सहमति जुट्न नसकेकै कारण अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको उनको भनाइ थियो । अध्यक्ष ओलीले सरकारलाई राष्ट्रसंघमा सहभागी हुनुपर्छ भनेर पनि एक दिन अघि मात्र थाहा भएर हतारमा परराष्ट्रमन्त्री नियुक्त गरेको बताएका छन् । यतिका दिनसम्म पनि राष्ट्रसंघको बैठकमा जानुपर्छ भन्ने सरकारले थाहा नपाएको भन्दै उनले भने, ‘हिजो बल्ल थाहा पाएर हतार हतार मन्त्री नियुक्त गरेर पठाएको छ, त्यो पनि कपडाको झोला बोकेर मन्त्री त्यसतर्फ गएका छन् ।’ उनले माधवकुमार नेपाल नेतृत्वको पार्टीमा कतिपय नेताहरू मन्त्री पद पाउनका लागि सामेल भएको बताएका छन् । तर एमालेमा कतिपले मन्त्री पद छाडेर, सांसद पद छाडेर पनि देश र जनताको पक्षमा उभिन्छु भनेर सामेल भएको ओलीले भने । उनले वर्तमान सरकारले सत्ताको दुरूपयोग गरिरहेको बताएका छन् । अध्यक्ष ओलीले सरकारले आफ्नो स्वार्थको लागि सयंन्त्रहरूकै दुरूपयोग गरेको जनाए । ओलीको आलोचना नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमाले अध्यक्ष केपी ओलीको आलोचना गरेका छन् । योङ कम्युनिस्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले केपीलाई महान् नेता बन्ने अवसर भए पनि उनकै बुद्धि नपुगेर आफैँ थेचारिएको बताए । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको दाहाले तर्क गरेका छन् । उनले भने, ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन । दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो ।’ केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दूवादी प्रवृत्ति भएको दाहालले आरोप लगाएका छन् । ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन भएको दाहालले बताए । ओलीको उक्त षड्यन्त्रमा विदेशीहरूले साथ दिएको उनले बताए । दाहालले भने, ‘तर हामीले त्यसलाई हरायौँ । नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौँ, पछि पनि उनलाई बालुवाटारबाट बालकोट पु¥यायौँ । हामी विजेता हौँ । केपी हरूवा हो, भगौडा हो ।’ माओवादी युद्धका बेला प्रतिक्रियावादीहरूले आफूहरूलाई घेरा हाल्ने र सखाप पार्ने रणनीति बनाएजस्तै पछिल्लो समय ओलीले त्यस्तै कोसिस गरेको दाहालले बताएका छन् । अहिले पनि खतरा टरिसकेको छैन भन्दै अहिले पनि गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको उनले बताएका छन् । जस्तोसुकै त्याग गर्नु परे पनि अर्को चुनावसम्म अहिलको गठबन्धनलाई टुट्न नदिने प्रतिवद्धता जनाएको पनि उनले खुलासा गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ०३:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP