Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफूलाई फसाइएको स्पष्टोक्ति
आफूलाई फसाइएको स्पष्टोक्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ७, २०७८
bijaya-kumar-gachchhadhar
Hardik health
काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा आफूलाई फसाइएको नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्पष्टोक्ति दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जीवनभर प्रजातन्त्र र नागरिक स्वतन्त्रताका लागि निरन्तर क्रियाशील व्यक्तिको सार्वजनिक जीवन समाप्त पार्ने षड्यन्त्रका साथ आफूलाई फसाइएको बताएका हुन् । राजनीतिक प्रतिशोध र कुत्सित उद्देश्यबाट आफूलाई झुटा मुद्दा लगाइएको उनले ठोकुवा नै गरेका छन् । अख्तियार दुरूपयोेग अनुसन्धान आयोेगले ललिता जग्गा प्रकरणमा उनीसमेतलाई प्रतिवादी बनाई २२ माघ ०७६ मा विशेष अदालतसमक्ष मुद्दा दायर गरेपछि मंगलबार पहिलोपटक उनले सो मुद्दा सम्बन्धमा आफ्ना धारणा, प्रतिक्रिया र दृष्टिकोण सार्वजनिक गरेका हुन् । उनी विशेष अदालतमा ३० असार ०७८ मा हाजिर भएका थिए भने अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो । उनले भने, ‘मेरो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त गर्ने कुत्सित उद्देश्यबाट रचिएको षड्यन्त्रको फलस्वरूप आयोग प्रयोग भएको मैले आज भन्नुपर्दा अतिशयोक्ति हुँदैन । मलाई आरोप पत्रमा लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजात अध्ययन गरिएमा मेराविरुद्ध लगाइएका आरोप केवल षड्यन्त्र मात्र हो भन्ने कुरा पुष्टि हुनेछ ।’ प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना आफू भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलादेखि नै प्रारम्भ भएको नेता गच्छदारले जानकारी गराएका छन् । सो गुरुयोजना कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशानुसार प्रक्रिया अगाडि बढेकामा उनले फाइलको टिप्पणीबमोजिम प्रस्तावउपर निर्णय गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेससम्म गरेको स्पष्ट पारेका छन् । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मतरूपमा पारित भई कार्यान्वयन अगाडि बढेको भन्दै यस्तो मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा विभागीयमन्त्रीको हैसियतले प्रस्तावसम्म पेस गर्ने मउपर मात्रै मुद्दा चलाइएको तथ्यले आयोगले मउपर पूर्वाग्रह राखेको प्रमाणित गर्ने उनको जिकिर छ । उनले आजसम्म राष्ट्रलाई हानिनोक्सानी पुग्ने र आफूलाई मात्र लाभ हुने कुनै पनि गैरकानुनी कार्य नगरेको दाबी गर्दै आफूले सेवा र समर्पणसहित राजनीति गरेको बताएका छन् । विसं २०४८ सालदेखि पटकपटक मन्त्री र उपप्रधानमन्त्री पदमा रहँदा पनि आफूले कानुनले दिएको सुविधाबाहेक नियमविपरीत कुनै पनि लाभ नलिएको उनको दाबी छ । २५ जेठ ०७२ मा प्रमुख राजनीतिक दलहरूबीच १६ बुँदे सहमति भएको र त्यसले ‘डेडलक’ को अवस्थामा पुगेको राष्ट्रिय राजनीतिलाई निकास दिएको भन्दै उनले तत्कालीन प्रमुख चार दलका शीर्ष नेताको तर्फबाट आफूले उल्लेखनीय भूमिका निर्वाह गरेको स्मरणसमेत गर्न भ्याए ।
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP