Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कैलाली सभापतिमा ६ जनाको दाबी
कैलाली सभापतिमा ६ जनाको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ६, २०७८
Hardik health
धनगढी– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा कैलाली जिल्लामा पार्टी सभापतिको नेतृत्व लिन नेताहरूको दौडधुप बढेको छ । पार्टीको वडादेखि केन्द्रसम्मको अधिवेशनको तयारी भएलगत्तै नेताहरूको दैनिकरूपमा दौडधुप बढेको हो । हाल कैलाली जिल्ला सभापति पदका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, गणेश देउवा नगर सभापति निर्प वडको नाम चर्चामा छ । सभापति पदका आकांक्षी धेरै देखिए पनि बडुवाल, बम र भट्ट अरूभन्दा बलिया उम्मेदवारका रूपमा हेरिएको नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरू बताउने गर्छन् । कैलाली निर्वाचनका हिसाबले प्रतिनिधिसभाको पाँच वटा क्षेत्र भएको जिल्ला हो । जिल्लामा हुने गतिविधिले आमचुनाव, दल तथा संघ संगठनका चुनावले केन्द्रदेखि प्रदेशका जिल्लाको चुनावलाई समेत प्रभावित पार्ने जिल्लाका रूपमा कैलालीलाई चिन्ने गरिन्छ । त्यसैले यस जिल्लामा हुने हरेक चुनावी गतिविधिलाई प्रदेशवासीले चासोका रूपमा हेर्ने गर्दछन् । नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नरनारायण शाह मनुले दुईपटक पार्टी सभापति पदको जिम्मेवारी पूरा गरेका छन् । उनलाई तेस्रोपटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले बन्देज गरेको छ । जिल्ला सभापति पदका उम्मेदवार प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, गणेश देउवा, निर्प वडलगायतका नेताहरू आकांक्षीका रूपमा देखिएका छन् । नेता बडुवाल अघिल्लो वर्ष जिल्ला अधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिएका थिए । नारायणदत्त भट्ट पार्टीको महासमिति सदस्यसमेत हुन् । प्रकाश बम हालको जिल्ला उपसभापति हुन् । थारू समुदायबाट नेपाली कांग्रेसको राजनीतिमा लागेका नेता खेमराज चौधरी पनि बलिया उम्मेदवार हुन् । पार्टी संगठनमा जिल्लामा सुनिलकुमार भण्डारी, चन्द्रसिंह भट्टराई, नरनारायण शाह, गोविन्दराज जोशी, रणबहादुर रावल, नृपबहादुर वड, फकिरसिंह कडायत, जङ्गबहादुर साउद, ईश्वरी न्यौपानेलगायत नेताको प्रभाव रहेको कार्यकर्ताहरूको भनाइ रहेको छ । जिल्लामा थारू समुदायको नेपाली कांग्रेस पार्टीमा बाहुल्यता धैरै रहेको छ । थारू समुदायबाट कांग्रेसको सक्रिय राजनीतिमा रहेका नेताहरू रामजनम चौधरी, बुद्धिसागर चौधरी, प्यारेलाल रानाथारू, राजसमझ चौधरी, प्रदिप चौधरी, रामकृष्ण चौधरी, बलीराम चौधरी, यज्ञ चौधरी, मिना चौधरी, अरु चौधरी, परशुराम चौधरी, भरतराम चौधरी, कलेशु चौधरी, आशाराम चौधरी, बंशराम चौधरी, फिरुराम चौधरी, उमा महतो, रामकुमारी चौधरी र खेमराज चौधरीको पनि पार्टीमा राम्रो प्रभाव छ । पार्टीको संगठन निर्माणमा प्रभाव रहेका नेताभन्दा केन्द्रीय सभापति शेरबहादुर देउवाले इच्छ्याएको नेताले नै जिल्ला सभापतिमा जित्नेमा दुई मत नरहेको बताइन्छ । क्रियाशील सदस्यताको अन्तिम नामावली विवाद टुंगिएको नेताहरूको भनाइ छ । पार्टीका लागि लामो समयदेखि गरेको त्याग, तपस्याका कारण र साथीहरूको सल्लाहबमोजिम आफू जिल्ला सभापति पदको आकांक्षी रहेको सभापतिका उम्मेदवार नारायणदत्त भट्टले भने । ‘सबै साथीसँग सहयोग मागिरहेको छु,’ उनले भने, ‘आफूलाई सभापतिमा सहयोग गर्ने कुरा न्यायोचित हुन्छ भन्ने विश्वामा रहेको उनले बताए । सभापतिलगायत पदका आकांक्षी पार्टीका कार्यकर्ताको घरमै पुगेर आ–आँनो पक्षमा माहोल बनाउन थालेका छन् । प्रदेशका अधिकांश जिल्लाको कांग्रेस पार्टी संगठनमा केन्द्रीय सभापति देउवाको प्रभाव छ । गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा कारबाहीमा परेका पूर्वसांसद पुस्करनाथ ओझाको पार्टीको आउने अधिवेशनमा भने खास प्रभाव नदेखिने कतिपय कांग्रेस कार्यकर्ताको भनाइ छ । ओझालाई प्रतिनिधिसभाको गत निर्वाचनमा कैलाली क्षेत्र नं ५ का प्रत्यासी डा आरजु राणा देउवालाई पराजित गर्न अन्तर्घात गरेको आरोप लागेको थियो । पार्टीको जिल्ला सचिव पदमा ६ जना आकांक्षी रहेका छन् । पार्टीको जिल्ला कार्यसमिति सदस्य निर्प सुनार, अमृत वीसी, केशव मिश्र, लोकराज पाण्डेय, लक्ष्मण शाही, देवानन्द जैशी सचिब पदका दाबेदार रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०२:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP