Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशन कसरी बन्ला मोर्चा ?
कांग्रेस महाधिवेशन कसरी बन्ला मोर्चा ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १, २०७८
Hardik health
काठमाडौं– आगामी मंसिरमा हुने १४औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसको ५७ जिल्लामा गाउँ÷नगरको वडा अधिवेशन सम्पन्न भइसकेको छ । केही स्थानमा सर्वसम्मत भने केही स्थानमा मतदानबट वडाको नेतृत्व चयन गरिएको छ । यद्यपि सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको निर्वाचनप्रति भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रश्न उठाइरहेको छ । पौडेल समूहले २५ भदौमा डडेल्धुरामा भएको वडा अधिवेशन बहिष्कार गर्दै पुनः अधिवेशन गराउन माग गर्दै आएको छ । सभापति देउवाले पेलेर वडा अधिवेशन गराएपछि पौडेल समूहले पुनः अधिवेशनको माग गरेको हो । पौडेल समूहले सभापति देउवाले राज्य शक्तिको दुरूपयोग गर्दै एकलौटी ढंगले वडा अधिवेशन गराएको आरोप लगाइरहेको छ । देउवासँग अघिल्लो महामधिवेशनमा देउवासँग सभापति पदमा पराजित भएका पौडेलले यसपटक देउवाविरुद्ध प्रहार गर्न यो प्रकरणलाई अस्त्र बनाउने तयारी गरेको छ । उनले सोही तयारी स्वरूप बिहीबार निर्वाचन समितिसमक्ष ‘गम्भीर असहमति’ प्रकट गर्दै पुनः वडा अधिवेशन हुनुपर्ने माग दोहोर्‍याएका छन् । त्यहाँ वडाअधिवेशन सकिएलगत्तै पौडेलले सार्वजनिक रूपमै सभापति देउवाले राज्यशक्तिको दुरूपयोग गर्दै प्रहरी प्रशासनको आडमा जबरजस्ती एकलौटी ढंगले अधिवेशन गराएको आरोप लगाउँदै आएका छन् । क्रियाशील सदस्यता विवादबीच एक पक्षले भाग नलिइकन वडा अधिवेशन भएकाले त्यो स्वीकार्य नहुने पौडेलले बताउँदै आएका छन् । बिहीबार पौडेल समूहका नेताहरूले सानेपास्थित केन्द्रीय कार्यालयमा निर्वाचन समितिलाई भेटेर ‘डडेल्धुरामा दुई तिहाइले बहिष्कार गरेको अवस्थामा कसरी वडा अधिवेशन भयो ?’ भनेर प्रश्न गरेका थिए । ‘हामीले डडेल्धुरासहितका जिल्लाका विषयमा आफ्ना असहमतिका कुराहरू राखेका छौँ । हाम्रोतर्फबाट रामचन्द्र पौडेलले कुरा राख्नुभयो,’ समितिसँगको बैठकपछि नेता शेखर कोइरालाले भने, ‘७५ वर्षे कांग्रेसको इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यै पनि र काहीँ पनि अधिवेशन भएको छैन । सभापतिकै जिल्लामा यस्तो हुने कुरा दुर्भाग्यपूर्ण हो ।’ महामन्त्रीका फरक कुरा पौडेल समूहले निर्वाचन समितिसँग औपचारिक रूपमा असहमति राखिरहँदा सोही खेमाका नेता एवं महामन्त्री डा.शशांक कोइरालाले भने डडेल्धुरामा फेरि वडा अधिवेशन गर्ने सम्भावना आफूले नदेखेको बताएका छन् । निर्वाचन समितिलाई ध्यानाकर्षण गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका महामन्त्री कोइरालाले डडेल्धुरामा फेरि वडा अधिवेशन गर्ने सम्भावना नदेखिएको बताए । कसरी बन्ला मोर्चा कांग्रेस महाधिवेशनमा आगामी नेतृत्वका लागि सभापति देउवाविरुद्ध मोर्चावन्दी बन्ने अपेक्षा गरिएको थियो । संस्थापन इतर पक्षका नेताहरूले १८ भदौमा वडा अधिवेशनको सम्मुखमा पत्रकार सम्मेलन गरेर आफूहरूको समूहबाट सहमतिमै साझा उम्मेदवार बनाउने घोषणा गरेका थिए । देशभरका कार्यकर्तालाई उत्साहित बनाउनका लागि त्यस्तो घोषणा गरिएको भए पनि उक्त समूहले हालसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । उल्टै संस्थापन इतर पक्षका सभापतिहरूको फरक अभिव्यक्तिले साझा उम्मेदवार तय नहुने हो कि भन्ने आशंका उब्जाएको छ । संस्थापन इतरपक्षबाट मुख्यगरी चारजना सभापति पदका आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा.कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला । उनीहरू सबै सभापति पदका तीव्र आकांक्षी छन् । उनीहरूले साझा उम्मेदवार तय गरेर प्रतिष्पर्धा गर्दा पनि सभापति देउवालाई पराजित गर्न त्यति सजिलो छैन । अझ सबैले उम्मेदवार बन्ने वा उक्त समूहबाट दुई जना मात्रै उम्मेदवार बन्ने स्थितिमा पनि देउवाको जित सहज हुने अनुमान गर्न सकिन्छ । त्यसलाई चारैजना आकांक्षीले राम्रोसँग बुझेका छन् । साझा उम्मेदवार तय गर्ने घोषणा गरेका नेताहरूले आफू सभापतिको दौडबाट कुनै हालतमा पछाडि नहट्ने घोषणा गरिरहेका छन् । केही दिनअघि पूर्वमहामन्त्री सिंहले सभापतिमा संस्थापन इतर पक्षबाट आफ्नो विकल्प नभएको दाबी गरेका थिए । त्यस्तै, महामन्त्री डा. कोइरालाले पनि देउवालाई पराजित गर्न सक्ने एक्लो उम्मेदवार आफू भएको पटक–पटक दोहोर्‍याइरहेका छन् । त्यस्तै बिहीबार वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले डडेलधुरामा जुनसुकै हालतमा वडा अधिवेशन दोहोर्‍याएर गर्ने माग गरिरहँदा उनीहरूकै खेमाका महामन्त्री डा.शशांक कोइरालाले वडा अधिवेशन दोहोरिने विश्वास नभएको भनिदिए । यसबाट पौडेलको माग माग कमजोर हुने र यसले अन्ततः रणनीतिक रूपमा देउवालाई नै फाइदा पुग्ने विश्लेषण गरिएको छ । त्यसैले संस्थापन इतर पक्षका नेताहरूको घोषणाविपरीत साझा उम्मेदवार तय नहुने हो कि भन्ने कार्यकर्ताहरूमा आशंका बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०३:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP