Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वर्तमान सत्ता लोभी पापीको गठबन्धन : रायमाझी
वर्तमान सत्ता लोभी पापीको गठबन्धन : रायमाझी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १, २०७८
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरूको गठबन्धनको संज्ञा दिएका छन् । उनले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय खेर फालेको टिप्पणी गरे । बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सत्ता गठबन्धन चुनावमा जानका लागि डराएको पनि बताए । उनले अब कुन पार्टी सही र कुन पार्टी गलत ? भनेर जनताले मूल्यांकन गर्ने बेला आइसकेको भन्दै संविधान र लोकतन्त्र रक्षाका लागि पनि चुनावमा जानुपर्ने बताए । उनले संसद औचित्यविहीन भएकाले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरूको माग भएको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टीले उठाएका माज पूरा नभएसम्म संसद अवरुद्ध कायमै रहने पनि स्पष्ट पारे । उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे । उनले एमसिसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछि मात्रै आफूहरूको धारणा आउने बताए । उनले भने, ‘एमसिसीबारे हामीले बोल्नुपर्छ जस्तो लाग्दैन ।’ उनले एमाले र माओवादी केन्द्रबीच हतारमा एकता गरिएको भन्दै गुनासो पोखे । तर, सत्ता स्वार्थमा लागेकाहरू मात्रै नेकपाबाट बाहिरिएको भन्दै अहिले पनि आफूहरू नेकपाकै निरन्तरताको अवस्थामा रहेको सुनाए । नेकपा हुँदा सहमतिमै पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी ओलीलाई बनाइएको र तीन वर्षसम्म सबै ठीकठाक चलेको पनि स्मरण गराए । संविधानको पालना नहुने अवस्था आएपछि संसद विघटन गरेर नयाँ ताजा जनादेशमा जाने कुरा संविधानको रक्षा भएकाले तत्कालिन प्रधानमन्त्री ओलीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेको पनि रायमाझीले स्मरण गराए । उनले भने, ‘ताजा जनादेशमा जाने कुरा त लोकतन्त्रको रक्षा हो ।’ हिजो केपी ओलीले संसदीय दल र केन्द्रीय कमिटीमध्ये एक मात्र ४० प्रतिशत हुने प्रावधानसहित अध्यादेश ल्याउँदा विरोध गर्नेहरूले आज २० प्रतिशतमा झारेर अध्यादेश ल्याएको भन्दै उनले आक्रोश पोखे । उनले अहिले पनि मुलुक प्रतिगमनतर्फ जाने देखिएको खतरा औँल्याए । उनले भने, ‘अहिलेको गठबन्धन लोभी पापीहरूको गठबन्धन हो । यो त जसरी पनि सत्तामा पुग्ने मात्रै गठबन्धन हो । जनादेशको खिलाफमा चरम अराजकवादी चिन्तनको आधारमा सरकार चलाउन खोजिएको छ ।’ उनले अहिले मुलुकमा राजनीतिक एजेन्डा नभएको भन्दै अब विकास र समृद्धिको एजेन्डा नै रहेको पनि बताए । उनले आफूहरू एमालेमा गएको भनेर प्रचार गरिएको भन्दै आफूहरू नेकपाकालिन निरन्तरतामै रहेको पनि स्पष्ट पारे । वर्तमान सरकारले अर्को बजेट ल्याएकोमा पनि उनले दुःखेसो पोखे । उनले भने,  ‘यसअघि केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटले जलन भएर अहिले प्रतिस्थापन विद्येयक ल्याइएको छ, विकासका एजेन्डा काट्न मिल्छ ? साथीहरू नाँग्गिदै गएका छन् । कार्यकर्ता थेग्ने, पोषण गर्ने, यस्तो प्रकारको कार्यकर्तामुखी बजेट ल्याउनुहुन्छ ? देश र जनताको हितमा बजेट ल्याउनुपर्छ । यसले देशको हित गर्दैन ।’ उनले मुलुकमा अब राजनीतिक क्रान्तिका एजेन्डा तत्काल नभएको भन्दै अब विकास र समृद्धिको एजेन्डालाई बोकेर हिँड्नुपर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP