Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आजदेखि सरकार बेखर्ची
आजदेखि सरकार बेखर्ची
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ३१, २०७८
janardhan sharma
Hardik health
काठमाडौं– संघीय संसदबाट चालु वर्षको बजेट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा सरकार बेखर्ची भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २३ भदौदेखि सुरु भएको संसदको नवौँ अधिवेशन लगातार अवरुद्ध गर्दै आएपछि विधेयक पारित हुन नसक्दा बुधबार मध्यराति १२ बजेदेखि सरकार खर्चविहीन बनेको हो । संसदमा २५ भदौमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट प्रतिष्थापन विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयक पारित हुन सकेको छैन । अधिकांश सञ्चारमाध्यम र आर्थिक क्षेत्रका विज्ञहरूले यो अवस्थालाई ‘बजेट होलिडे’ कै संज्ञा दिएका छन् । अहिलेसम्म सरकारले नै राज्यकोष खर्च गर्न नसक्ने अवस्था खासै ननिम्तिएको र बजेट कार्यान्वयनका सन्दर्भमा नयाँ स्थिति निम्तिएकाले विज्ञहरू नै अलमलमा परेका हुन् । नेपालमा अहिलेसम्म ‘प्लान होलिडे’ मात्रै भएको छ । आवधिक योजनाविहीन वर्षलाई ‘प्लान होलिडे’ भनिन्छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले १९९० सालबाट योजनावद्ध विकास थाले पनि नेपालको पहिलो योजना भने १ असोज ०१३ देखि कार्यान्वयनमा आएको थियो । यसबीचमा आर्थिक वर्ष ०१८ र ०४७÷४८ मा गरी दुईपटक नेपाल ‘प्लान होलिडे’ मा रह्यो । नेपालमा आवधिक योजनाभन्दा पहिले नै बजेट कार्यान्वयन भएको हो । तत्कालीन प्रधानमन्त्री सुुवर्णसमशेर राणाले २१ माघ ०८ मा पहिलो बजेट पेस गरेका थिए । अहिलेसम्म नेपालले ७० वटा बजेट ल्याइसकेको छ । अहिलेसम्म नेपालमा ‘बजेट होलिडे’ को अवस्था भने निम्तिएको छैन । चालू आर्थिक वर्ष ०७८÷७९ का लागि पूर्ववर्ती सरकारले गत १५ जेठमा अध्यादेशमार्फत बजेट ल्याएको थियो । पूर्वप्रधानमन्त्री केपी ओलीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाटै अध्यादेश बजेट जारी गरेका थिए । पौडेलले ल्याएको बजेट कार्यान्वयन हुन आर्थिक वर्ष सुरु भएको ६० दिन अर्थात ३० भदौभित्र संसदका दुवै सदनबाट पारित हुनुपथ्र्यो । यसबीचमा राजनीतिक घटनाक्रमले फरक मोड लियो । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनस्र्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । देउवा सरकारले ओली सरकारद्वारा जारी बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न चाहे पनि संसदमा जारी अवरोधका कारण प्रतिस्थापन विधेयक पारित हुन नसकेको हो । प्रतिस्थापन विधेयक ल्याउन सरकारले अघिल्लो सरकारले अघि सारेका अध्यादेश स्वीकृत गराउनुपर्ने थियो । ती विधेयक स्वीकृत भएपछि मात्रै सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्थ्यो । अर्थमन्त्री शर्माले २५ भदौमा एमाले सांसदहरूको नाराबाजीका बीच प्रतिनिधिसभामा अघिल्ला सरकारका पालामा जारी गरिएका अध्यादेश पेस गरेका थिए । प्रतिनिधिसभाले त्यसलाई स्वीकृृत गरिसकेको छ । अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस संसदमा प्रस्तुत गरिसकेका छन् । अर्थमन्त्रीले सदनमा पेस गरेको प्रतिस्थापन विधेयकमाथि छलफल गर्ने प्रस्ताव स्वीकृत मात्रै भएको छ । तर, पास भएको छैन । प्रतिस्थापन विधेयक दुवै सदनबाट पास भएर राष्ट्रपतिले प्रमाणीकरण गराउनुपर्छ । बजेट रिक्तताको अवस्था आउन नदिन प्रतिस्थापन विधेयक पनि सरकारले ३० भदौ स्वीकृत गराउनुपर्ने हो । तर, २९ भदौमा बसेको प्रतिनिधिसभा बैठक पनि एमालेले अवरुद्ध पारेपछि संसद बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । ४ असोजमा पनि एमालेले संसद बैठकमा जारी अवरोध कायमै राख्ने छ । यदि सहज परिस्थिति निर्माण भएर विधेयक पारित हुने अवस्थामा सरकारले दुई दिन मात्र राज्यको ढुकुटी चलाउन पाउने छैन । ३१ भदौ र १ असोजमा सरकार बेखर्ची हुनेछ । २ असोजमा शनिबार र ३ असोजमा संविधान दिवस परेकोले सार्वजनिक बिदा परेको छ । यद्यपि ४ असोजमा एमालेसँग सहमति नभएको अवस्थामा पनि बलपूर्वक प्रतिस्थापन विधेयक पारित गर्ने सत्तापक्षको तयारी छ । अर्थमन्त्री शर्माले सो कुरा व्यक्त गरिसकेका छन् । तर, उत्तः दिन प्रतिस्थापन विधेयक पास नभए यो स्थिति लम्बिन सक्छ र अर्थतन्त्रमै खराब असरहरू देखापर्ने विज्ञहरू बताउँछन् । प्रभावित हुने क्षेत्र नेपाल सरकारको सबै निकायको खर्च एउटै खाताबाट हुन्छ । त्यसलाई एकल कोष खाता भनिन्छ । त्यो खाताबाट हुने खर्च बजेट पास नहुन्जेल अब रोकिने छ । पहिले हरेक कार्यालयसँग अलिकति नगद हुन्थ्यो । केही दिनसम्म त्यसैबाट काम चल्थ्यो । अहिले त्यो अवस्था छैन । यद्यपि सरकारी कार्यालयले आकस्मिक खर्च भने सापटी र धरौटीमार्फत चलाउन सक्छन् । बजेट होलिडेको अवस्थामा नियमित सरकारी खर्चहरू खासगरी सञ्चित कोषबाट गरिने खर्च गर्न पाइँदैन । सञ्चित कोषमा व्ययभार भएको रकम खर्च गर्न भने पाइन्छ । त्यो भनेको विदेशी ऋणको सावाँ र ब्याज, स्वदेशी ऋणको सावाँ र ब्याज, संवैधानिक निकायहरूको नियमित खर्च भुक्तानी हुन्छ । संसदको नियमित खर्च पनि भुक्तानी हुन्छ । सभामुखको पनि तलब भुक्तानी गर्न पाइन्छ । र कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री लगायत कसैको पनि तलबभत्ता भुक्तानी गर्न पाइँदैन । विदेशमा रहेका नियोगहरूले पनि खर्च भुक्तानी गर्न मिल्दैन । नगरपालिका र प्रदेश सरकारलाई अनुदान गइसकेको रकमको आधारमा उनीहरूले नागरिकहरूले पाउने आधारभूत सुविधाको निमित्त गर्ने खर्चका कामहरू गर्न पाउँछन् । तर, संघीय सरकारले नागरिकलाई प्रदान गर्ने सुविधा रोकिन्छ । जस्तै सामान्य नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वितरण रोकिन्छ । निर्माण व्यवसायीले, ठेक्का लिएको व्यक्तिले काम गरिरह्यो भने उसले आफ्नो खर्चबाट गर्न सक्छ । जस्तै, हरेक सरकारी अस्पतालमा बिरामीहरूको सेवाको काममा लगाइएको ठेक्काको रकम भुक्तानी गर्न बाँकी रहेछ भने भुक्तानी रोकिन्छ । यस्तो अवस्थामा ठेकदारले आपूर्ति बन्द गरिदिएमा बिरामीहरू प्रभावित हुन सक्छन् । ठेकेदारले नेपाली सेना, प्रहरीको रासन पनि आपूर्ति बन्द गर्न सक्छ । तर कतिपय ठाउँमा सरकारले पछि दिइहाल्छ नि भन्ने विश्वासमा ठेकेदारले उधारोमा काम गरिदिएमा भने सेवा प्रभावित नहुन पनि सक्छ । वैदेशिक सहायताअन्तर्गत नेपाल सरकारले नै रकम प्राप्त गरेर, नेपाल सरकारले नै चेक काटेर दिनुपर्ने भुक्तानी पनि रोकिन्छ । तर दातृ निकाय स्वयंले भुक्तानी गर्ने गरी वस्तुगत सहायता जस्तै खोप, औषधि चाहिँ बजेट नभए पनि रोकिँदैन । सरकारी खर्च गर्न रोक लागे पनि राजस्व संंकलन गर्न भने बाधा पुग्नेछैन । तर विनियोजन विधेयकमा परिवर्तन गरेको कर भने संकलन गर्न पाइने छैन । भ्रम छरियो : एमाले प्रमुख प्रतिपक्षी एमालेले संसद अवरोधको कारणले बजेट समयमा पारित नभएको भनेर भ्रम छरिएको बताएको छ । सरकारले आफ्नो असक्षमता लुकाउनका लागि एमालेलाई दोष दिएको आरोप पनि लगाएको छ । महासचिव ईश्वर पोखरेलले बुधबार प्रेस वक्तव्य जारी गर्दै बजेट सरकारकै प्राथमिकतामा नरहेको उल्लेख गरेका छन् । ‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिररहेको छ । जबकि प्रतिनिधिसभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन,’ वक्तव्यमा भनिएको छ । ३० भदौभित्रै बजेट पारित गर्नुपर्ने बिर्सेर संसद बैठक ४ असोजमा सारिएको भन्दै एमालेले आपत्ति जनाएको छ । ‘आफूलाई इच्छा लागेको विजनेस स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले ३० भदौभित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो ?’ वक्तव्यमा उल्लेख छ । सरकार र सभामुखका कारण नै प्रतिनिधिसभा बैठक अवरोध गर्नुपरेको एमालेले प्रष्टीकरण दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानूनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको छ ।’
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०३:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP