Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले सुप इन्चार्ज : डा.रावल कि भट्ट ?
एमाले सुप इन्चार्ज : डा.रावल कि भट्ट ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३०, २०७८
rawal and bhatta
Hardik health
काठमाडौं– नेकपा एमालेमा तेस्रो पक्षसँग भएको १० बुँदे सहमति कार्यान्वयनको विषयमा मतभेद् कायम छ । पार्टी विभाजनमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिई एमालेमै बसेको तेस्रो धारका नेताहरूले उक्त सहमति अक्षरसः पालना हुनुपर्ने मत राखिरहेका छन् । तर, संस्थापन पक्षले भने उक्त सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताइरहेको छ । यस्तैबेला एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज डा.भीम रावल कि लेखराज भट्ट हुन् भन्ने विवाद सतहमा आएको छ । १० बुँदेमा एमालेको सांगठानिक संरचना २ जेठ ०७५ अघिको अवस्थामा लैजाने उल्लेख थियो । तर, पार्टीभित्र आन्तरिक संघर्ष चर्किरहेका बेला संस्थापन पक्षले आफ्नो ढंगले संगठन विस्तार र जिम्मेवारी बाँडफाँट गरेको थियो । तर, अब सांगठानिक संरचना पुरानै अवस्थामा फर्कँदा कतिपय ठाउँमा विवाद देखिएको छ । मूलतः अध्यक्ष केपी ओलीलाई नेकपा माओवादी केन्द्रबाट आएका नेताहरूलाई दिएको जिम्मेवारी खोस्न अप्ठ्यारो परिरहेको छ । विवादका बेला ओलीले वाग्मती प्रदेशको इन्चार्जको जिम्मेवारी रामबहादुर थापा र सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भट्टलाई दिएका थिए । तर, १० बुँदे सहमति कार्यान्वयन गर्दा वाग्मतीमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिममा डा. रावल इन्चार्ज हुनेछन् । उक्त दुई प्रदेशको इन्चार्ज फेर्ने विषयमा भने ओली अनिच्छुक रहेको बताइन्छ । वाग्मतीकी साविक इन्चार्ज शाक्य हाल मुख्यमन्त्री रहेकाले खासै असन्तुष्टी व्यक्त नगरिहाले पनि सुदूरपश्चिमका रावलले भने सहमति कार्यान्वयनमा जोड दिइरहेका छन् । केही दिनअघि अध्यक्ष ओलीले आफ्नो निवास बालकोटमा डा.रावल, भट्टसहित अन्य शीर्ष नेताहरूलाई बोलाएर सुदूरपश्चिमको इन्चार्ज भट्ट नै कायम रहने भन्दै डा.रावललाई उपाध्यक्षको हैसियतमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । तर, सोही बैठकमा रावलले असहमति प्रकट गर्दै आफूमाथि अन्याय भएको गुनासो गरेका थिए । ‘अध्यक्ष कमरेड म माथि अन्याय हुँदै छ, अन्य सबै ठाउँमा सहमति कार्यान्वयन हुँदा मेरो हकमा मात्र लागू नहुनु पर्ने कारण के हो ?’ उनले ओलीसँग प्रश्न गरेका थिए । जवाफमा ओलीले हिजोका साथीहरूलाई पनि जिम्मेवारीविहीन बनाउने कुरा न्यायोचित नहुने बताए । बैठकपछि असन्तुष्ट बनेका उपाध्यक्ष डा.रावलले आफूनिकट नेताहरूसँग छलफल गरेका थिए । अध्यक्ष ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै आएका तेस्रो धारका नेताहरू पछिल्लो समय असन्तुष्ट बन्दै गएका छन् । यद्यपि सार्वजनिक रूपमा अधिकाशंले अहिलेसम्म मुख खोलिसकेका छैनन् । इन्चार्ज मै हुँ : भट्ट एमाले स्थायी कमिटी सदस्य भट्टले एमाले सुदूरपश्चिमको इन्चार्ज आफू नै भएको बताएका छन् । पार्टी उपाध्यक्ष भिम रावलसँग आफ्नो कुनै मतभेद नरहेको पनि उनले स्पष्ट पारे । प्रेस चौतारी कञ्चनपुरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले एमाले अध्यक्ष ओलीले आफूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको उल्लेख गरे । ‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठकमा मात्रै होइन अध्यक्षले हामीलाई बालकोटमा बोलाएर सुदूरपश्चिमको इन्चार्ज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा डा.रावलले सहजीकरण कार्यदलको नेतृत्व गर्न भन्नु भएको हो,’ भट्टले भने, ‘हामीले त पार्टी अध्यक्ष र कमिटीले गरेको निर्णय मान्ने हो ।’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै भट्टले एमालेमा २ जेठ हुबहु लागू हुन नसक्नेसमेत दाबी गरे । ‘जेठ २ हुबहु हुनुपर्छ भन्ने उहाँको माग थियो, तर एकीकरणको भावना समेटेर लैजानु पर्छ, जेठ २ हुबहु हुन सक्दैन भन्ने अध्यक्षको भनाइ छ । अहिले कार्य विभाजनको प्रश्न हो,’ भट्टले भने । उनले उपाध्यक्ष डा.रावल र आफूबीचमा कुनै मतभेद अथवा भिन्न मत नभएको भन्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् । सद्भावपूर्ण व्यवहारका साथ र एक–अर्कालाई बुझेर सहकार्य गरेर जाने उनको भनाइ छ । एमाले सुदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टीभित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला भट्टले सो प्रष्टोक्ति दिएका हुन् । त्याग गर्न तयार छुः रावल उपाध्यक्ष डा. रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । मंगलबार धनगढी एमालेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले रक्षाका लागि आफू पछि हट्न पनि तयार भएको बताएका हुन् । ‘मलाई नेकपा एमालेको रक्षाका लागि कसैले पछि हट्दिनुहोस् भने जुनसुकै त्याग गर्न पनि तयार छु,’ उनले भने ‘एमाले बचाउनका लागि म मात्र हैन, सबै कार्यकर्ताले त्याग गर्न तयार हुनु पर्दछ ।’ ‘१० बुँदे सहमति कार्यान्वयन हुनुपर्छ, सबै पार्टी कमिटी २ जेठमा फर्किनु पर्छ,’ उनले भने ‘एकता प्रक्रियामा माओवादीबाट आउनु भएकाहरूलाई सम्मानजनक स्थान लिने कुरामा दुईमत छैन ।’ भट्ट र डा.रावलको पछिल्लो अभिव्यक्तिले एमालेमा १० बुँदेको हुबहु कार्यान्वयन नहुने प्रष्ट भएको छ । उपाध्यक्ष रावलले आफूले सुदुरपश्चिमको इन्चार्ज पद नपाउने लगभग बुझेका छन् । यद्यपि ओलीको यो निर्णयमा उनको चित्त दुखाइ भने प्रष्ट भएको छ । पछिल्लो समय पार्टीमा भूमिकाविहीन बनाइएका नेताहरूले फेरि एमालेबाट विद्रोह गर्न सक्ने संभावना रहेको पनि जानकारहरूको भनाइ छ । पाण्डे र भट्टले एस रोज्न पाउने सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाउने गरी अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सो अदोश दिएको हो । पाण्डे र भट्टले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए । अदालतले निवेदकले नेकपा एसमा आबद्ध हुने गरी ८ भदौमा निर्वाचन आयोगमा निवदेन दिएको भन्दै उनीहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न÷नगराउन आदेश अन्तरिम आदेश दिएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०३:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP